प्रहरीले अब विप्लब माओवादीको नेता, कार्यकर्ता्विरुद्ध आक्रामक नीति अपनाउने भएको छ । सुरक्षा संयन्त्र असफल हुँदा चुुनावविरोधी हिंसा बढेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई आक्रामक रणनीति अपनाउन निर्देशन दिएका हुन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई दर्जनभन्दा बढी स्थानमा हिंसात्मक आक्रमण गरिसकेको छ । एउटा सुरक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका बल प्रयोग गरेर विप्लव नेतृत्वको नेकपालगायत चुनावविरोधी समूहलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।
उम्मेदवारहरूको जिउज्यानकै जोखिम भएपछि गृह मन्त्रालयले कठोर नीति बनाएको हो । विप्लव नेतृत्वको नेकपाविरुद्ध आक्रामक कारबाही गर्न निर्देशन प्रधानमन्त्री देउवाको निर्देशनलगत्तै गृहले ७७ जिल्लाकै प्रशासन र प्रहरीलाई विप्लव नेतृत्वको नेकपाका नेता र कार्यकर्तामाथि आक्रामक कारबाही गर्न परिपत्र गरेको छ । सोहीअनुसार सोमबारदेखि नै प्रहरीले सो पार्टीका नेता–कार्यकर्तामाथि खोजी सुरु गरिसकेको छ ।
प्रहरी महानिरीक्षक अर्याल
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले कारबाही बढाउने वेला आइसकेको बताएका थिए । शान्तिसुरक्षा कायम गर्न नसक्नेलाई कारबाही गरिने उनको भनाइ थियो । सुरक्षा बैठकमा गुण्डागर्दी र मदिरालाई समेत सुरक्षा चुनौतीका रूपमा औँल्याइएको थियो ।

