क्षेत्र नं. १ मा राई अगाडि

धरान÷निर्वाचन आयोग सुनसरीले आइतबार अन्तिम नामावली प्रकाशन, निर्वाचन चिन्ह वितरणसँगै उमेद्वारहरुलाई अनुशिक्षण दिएपछि आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका उमेद्वारहरु चुनाव प्रचारपंसार अभियानमा लागेका छन् ।
चुनावी रन्कोले सुनसरी क्षेत्र नं. १ लाई समेत गाँजेको छ । प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका नेता अशोक
राई चुनावी मैदानमा उत्रनु भएको छ भने नेपाली काँग्रेसले क्षेत्र नं. १
बाट युवा नेता तथा पूर्व धरान उपमहानगर समितिका सभापति किशोर राईलाई (क) बाट र ख बाट बुद्धी कटुवाललाई अगाडि सारेको छ ।
प्रदेशसभा (क) बाट प्रत्यासी बन्नु भएका किशोर राईको पक्षमा विस्तारै मतदाताहरु आकर्षित हुन थालेका छन् । विगतमा उहाँले पार्टी संगठनमा पु¥याउनु भएको योगदान, खेलकुदका माध्यमबाट युवाहरुलाई गर्नुभएको सहयोग, सुकुम्बासीहरुका लागि भौतिक सामाग्री उपब्ध
गराउने कार्यमा देखाउनु भएको सक्रियता जस्ता कारणले मतदाताहरु यसपटक राई जिताऔ अभियनमा लागि सकेका छन् । सुनसरी क्षेत्र नं. १ क मा जम्मा ७० हजार ९ सय ३७ मतदाता रहेका छन् । जसमा महिला मतदाताहरुको संख्या २८ हजार ७ सय ८ र पुरुष मतदाताको संख्या ३२ हजार २ सय ३४ रहेको छ । प्रदेशसभा क का प्रत्यासी राई भन्नुहुन्छ, मतदाताहरुले यसपटक नेपाली काँग्रेसप्रति उत्साह देखाएका छन् । आजसम्म एमालेले बर्चस्व कायम
गरेपनि विकासका कुनै काम नभएकोले पनि मतदाताहरु राईलाई जिताऔं अभियानमा लागेको धरान १५ का दिपेश लिम्बु बताउँछन् ।
प्रदेशसभा १ मा २१ मतदान केन्द्र रहेका छन् । उद्योग वाणिज्य संघको वडा नं. १ मा १४११, सेकेन्डरी बोर्डिङ्ग स्कुलमा १५२७, वडा नं. २ को पुरानो शारादा बालिका स्कुलमा १०२७, शिक्षा निकेतनमा १०२६, वडा नं. ३ को भानु मृति माविमा २९२१, वडा नं. ४ को कालिका विद्यालयमा ९४१, पञ्चकन्या माविमा ५५६, वडा नं. ५ को जनता विद्यालय ठिंगाबारीमा ५३८२, वडा नं. ६ को सरस्वती मावि पानबारीमा ४४६८, वडा नं. ७ को सिद्धिनेवा परिषद्मा १९८४, वडा नं. ८ को ल्याबोरेटरी माविमा ४१४४, सहिद स्मृति माविमा ३१८०, वडा नं. ९ को सुनसरी खेलकुद भवनमा २३६०, वडा नं. १० को पञ्चायत माविमा ३२३४, वडा नं. १२ को गीता मन्दिरमा ६७३, पब्लिक माविमा १८३८, वडा नं. १३ को अमर सेवा समाजमा ५५९९, वडा नं. १४ मा २७५८, वडा नं. १५ को पूर्वाञ्चल ज्ञान चक्षुमा ५७२२, शिक्षा सदन माविमा ६७९४ र वडा नं. १९ को किराँतेश्वर माविमा ३५५९ मतदाताले उक्त दिन मतदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया