आगामी मंसिर १० गते र २१ गते हुन प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा प्रदेश न. १ मा नेपाली काँग्रेस बलियो बन्दै गएको छ । प्रदेश नं. १ का १४ जिल्लामध्ये सात जिल्लामा मंसिर १० गते निर्वाचन हुँदैछ भने बाँकी ७ जिल्लाको निर्वाचन मंसिर २१ गते हुने भएको छ ।
उमेद्वार छनौटमा नेपाली कँग्रेसले राम्रा मान्छे अर्थात प्रजतन्त्र पुनः स्थापनाका लागि आजीवन संघर्ष गर्ने, सर्वस्व गुमाएका, तत्कालीन राज्यसत्ताबाट याताना र पीडा भोगेका कार्यकर्तालाई पाखा लगाएर अवसरको खाजीमा काँगेसमा प्रवेश गरेका, नेतृत्वको वरिपरि घुमेर चाकडी बजाउने हुक्के र ढोकेहरुलाई टिकट दिएर भूल गर्दा केही समय अन्यौल सिर्जना भएको
थियो ।
जसका कारण असन्तुष्टहरुले बाध्य भएर क्षेत्र नं. १ का धेरैै स्थानमा पार्टीभित्रै विद्रोह गरी उमेद्वारी दिएपनि लोकतन्त्रको
रक्षाका लागि उनीहरुले आफ्नो मनोनयन फिर्ता गरेका छन् । निर्वाचन प्रचार प्रसारमा जानुपर्ने समय अन्तुुष्टहरुलाई मिलाउनमै धेरै समय व्यथित हुनुप¥यो । पूर्वाञ्चलका अर्थात प्रदेश नं. १ का अधिकांश स्थानमा यतिबेला नेपाली काँग्रेसका कार्यकर्ताहरु विगतका तीता यथार्थलाई पन्छाएर नेपाली काँग्रेस जिताऔं अभियानमा जुटिसकेका छन् । उनीहरु त्यसरी जुट्नुको प्रमुख कारण वाम गठबन्धनका नेताहरुको पछिल्ला अभिव्यक्तिले समेत काम गरेको हुनुपर्छ ।
झापाको दमकमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र निर्विकल्प व्यवस्था नभएको भन्दै दिएको अभिव्यक्तिले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई राम्रैसँभ झस्काएको छ । राणा–पञ्चायतका विरुद्धमा लडेको नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई राम्रैसँग झस्काएको छ । राणा–पञ्चायतका विरुद्ध लडेको नेपाली काँग्रेस अब कुनै प्रकारको अभिनायकवाद चाहँदैन । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनावपछि मुलुकमा नयाँ व्यवस्था आउने संकेत गर्नुलाई नेपाली काँग्रेसले मात्र नभएर अन्य लोकतन्त्रवादी शक्तिहरुले पनि त्यो नयाँ व्यवस्था भनेकै साम्यवाद हुने बुझेका छन् । उनले चुनावपछि नयाँ सरकार बन्ने र उक्त सरकारले मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने बताएका थिए । उनले संसदीय व्यवस्था अचुक अस्त्र नभएको समेत बताएका थिए ।
ओलीको भनाईले संसदीय व्यवस्थामा विश्वास गर्ने नेपाली काँग्रेसमात्र हैन अन्य स–साना दलहरु समेत वाम गठबन्धन विरुद्ध देखिएका छन् । एकातिर राजनैतिक कारण बाम गठबन्धनसँग संसदवादी दलहरु एकातिर देखिएका छन् भने अर्कोतर्पm गठबन्धनभित्र निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर चरम असन्तुष्टि देखिएको छ । प्रदेश नं. १ मा गठबन्धनबीचमै घात, प्रतिघात र अन्तरघात हुने देखिएको छ । काँग्रेस र अन्य संसदवादी दलहरुभन्दा वागठबन्धनमा विद्रोही उमेद्वार ज्यादा देखिनु पनि त्यसैको परिणाम हो । गठबन्धनको नाममा एमाले र माओवादी केन्द्रले गाउँ, नगर, जिल्ला, क्षेत्रमा बसेर संगठन गरेको मेहनतलाई उपेक्षा गरेको दुवै पक्षका कार्यकर्ताको आरोप रहेको छ । यसले पनि नेपाली काँग्रेसलाई प्रदेश नं. १ मा अझ ससक्त र बलियो बनाउदै लगेको छ ।

