मोरङ्गमा कोइराला बलियो

विराटनगर÷टुरिस्ट उमेद्वारको रुपमा सबैले चिन्ने गरेका बाम गठबन्धनका उमेद्वार लालबाबु पण्डित र कोइराला परिवारभित्रका इमान्दार एवम् जुझारु नेताका रुपमा स्थापित डा. शेखर
कोइरालाबीचमा मोरङ्ग क्षेत्र नं. ६ मा यतिबेला चुनावी प्रतिष्पपर्धा चलेको छ ।
सबै मतदाताको ध्यान मोरङ्गमा यतिबेला क्षेत्र नं. ६ मा केन्द्रित भएको छ । त्यसैले पनि सबैले यस क्षेत्रलाई चासोका रुपमा लिएका छन् । डा. शेखर
कोइरालालाई परिवारको राजनीति विरासत थाम्ने नेताको रुपमा मतदाताले बुझेका छन् । वाम गठबन्धनका पण्डितलाई इमान्दार नेताको रुपमा प्रचार गरिए तापनि उनको पकड नरहेको मतदाताको बुझाई छ ।
सोमबार धरान साप्ताहिकले मोरङ्ग क्षेत्र नं. ६ को कोचाखाल, विशाल चौक, जामुनगाछी, पुलचौक, दमाबन्दी, चाँदनी चौक लगायतका स्थानमा पुगेर मतदाताहरुको मनोभाव बुझेको थियो । सो क्रममा मतदाताहरुले क्षेत्र न.ं ६ मा काँग्रेस नेता शेखर कोइरालाको विकल्प नरहेको बताएका थिए । एक लाख ५४ हजार मतदाता रहेको मोरङ्ग क्षेत्र नं. ६ कोचाखाल वडा नं ५ का श्रवण पासवान भन्छन्, शेखर कोइरालालाई यो क्षेत्रबाट चिठ्ठा नै परेको मान्नुपर्छ । निर्वाचनको बेला लोकान्त्रिक फोरम नेपाली काँग्रेसमा विलय हुँदा चौधरी समुदायको वाहुल्यता रहेको यस क्षेत्रका चौधरीहरुको मत कोइरालालाई नै आउँछ । अझ प्रदेशसभामा क्षेत्र नं. ख बाट चुम
नारायण चौधरी र क बाट केदार कार्कीलाई प्रत्यासी बनाएपछि कोइरालाका पक्षमा जनलहर देखिन थालेको पासवान बताउनुहुन्छ ।
स्थानीय तहको कुल मत
परिणामलाई केलाउदा वाम गठबन्धनको मत भन्दा नेपाली काँग्रेसले १५ सय मत ज्यादा ल्याएको देखिन्छ । स्थानीय निकायको निर्वाचनमा फोरम लोकतान्त्रिक नेपाली कँग्रेसमा समाहित भइसकेका थिएन । यसैलाई अधार बनाएर ढुक्क हुने अवस्थाचाहिँ छैन भन्छन् जामुनगाछीका सुरज चौधरी । वाम गठबन्धनका लालबाबु पण्डित वाकडविल्ला नै हुन् । कहिले साइकल चढेर हिड्ने, घाम धुलो केही नभनी मतदाताको घरभित्र पसेर पानी मागेर खाइदिने, परिचितै नभएपनि परिवारको बारेमा सोधी खोजी गर्ने गर्छन् । नेपाली कँग्रेस र फोरम लोकतान्त्रिकको मात्र यस क्षेत्रमा विगतमा समेत प्रभाव
रहेको थियो । यसै क्षेत्रबाट डा. शेखर कोइरालाले दुई पटक निर्वाचन जितिसक्नु भएको छ । एमालेका पण्डित २०४८ र २०५६ सालको संसदीय निर्वाचनमा मोरङ्ग क्षेत्र नं. ३ बाट विजयी भएका थिए । वाम गठबन्नले भोलिका दिनमा निर्वाचनमा वहुमत ल्याएमा एकदलीय शासन लाद्ने, आदिवासी जनजाति, मधेशी, पिछडा वर्ग, पहिचानवादीको पक्षमा एमालेले काम नगर्ने गरेको भनाइले कोइरालाको विजय सुनिश्चित रहेको मोरङ्गका सञ्चारकर्मी सुनिल पोख्रेलको कथन छ ।

तपाईको प्रतिक्रिया