देखिएन शुभसंकेत
कहिले काँग्रेसको बुई चढेर
छोरीलाई ठाउँमा पु¥याउने कहिले झालेमालेको बुई चढेर ठाउँमा पुगौला भनेर दौडिने प्रचण्डाउ यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा पाहा पछारिएझै पछारिएलान जस्तो पो देखियो । उनलाई पछार्न राप्रपाका नेता विक्रम पाण्डे अजंगको रुप धारण गरेर भरतपुर चितवनमा ठिंग उभिएका छन् । विचरा पचण्डाउलाई यतिबेखर कम्ता आपत प¥या छैन । यस भन्दा अगाडि सिरहाबाट लाखे लाखे हुँदै झण्डै चिप्लिएका कारण यसपटक भरतपुर जाँदा पनि पाण्डेको भुतले नछोडने भयो । दश हजार भन्दा बढी मतले जित्छु भनेर पाण्डेले हुँकार गरिसके । काँग्रेसको ज्यादा मत रहेको त्यस ठउँमा अझ राप्रपाको समेत थपिँदा प्रचण्डाउको हविगत के होला ? त्यसैले होला हिजो आज प्रचण्डाउ निन्द्रामै बर्बराउन थाल्या छन् रे । विचराले शुभ संकेत नदेखेरै त बर्बराएका होलान् ? तर प्रचण्डाउले यसका लागि गतिलो उपाय भने निकालिसकेका छन् रे । झण्डै दुई दर्जन कार्जेकर्तालाई मत्रपत्र कसरी च्यात्ने, कसरी चपाउने भन्ने तालिम धमाधम दिइँदैछन् रे । कुरो त साँच्चै पो हो कि क्या हो ?
उखान टुक्केलाई चेताउनी
परिवार पाल्न विदेशिएका युवाहरु नेपालका बरिष्ठ उखान टुक्के बाजे खप्रओसँग भित्रभित्रै मुर्मरिएका रै’छन् । नमुर्मुराउन पनि किन ? कोही भने उखान टुक्का सुनाएर नेपाली जनतालाई पेट मिची मिची हँसाएर राइँदाई गर्ने अनि यहाँका युवाहरु कामै नपाएर विदेश गएर तर्तरी पसिना बगाउँदा पनि सधै दुःखी हुनुपर्ने । अब हेरै न अस्तिका दिन विदेशमा बस्ने युवाहरुले खप्रओलाई लिखितै पठाएछन् उखान टुुक्काले देश बन्ने भए हामीहरु फुइøयाँ खान विदेसिनु पथ्र्र्याे ? विचराहरुको कुरा त ठीकै हो । ओली वाले उखान टुक्का अहिलेदेखि भन्या हुन र ? यत्तिका बर्ष उखान टुक्का भन्दा पनि देश नबनेपछि विचाराहरुलाई खप्रअे बा नै अपाच्य भएछ । हुन पनि हो । कहिले के भनेर गलल्ल हँसाएको छ कहिले के भनेर हँसाएको छ । जे होस् खप्रओ वाको उखान टुक्का भन्ने कलालाई चाहिँ मान्नैपर्छ ।
सर्पको गोडो सर्पले देख्छ
सर्वको गोडो माने खुट्टा सर्पले मात्र देख्छ भन्थे हो कि क्या हो ? अब हेरौ न माउवादी केन्द्रका नेता जनार्जन शर्माको घर उनकै पहिलेका यार विप्लव काजीको पार्टीले कब्जा गर्देछ । देउवाको मन्त्री मण्डलमा बिना विभागीय मन्त्री भएर पनि लिपिक्क टाँसिएर बसेका शर्मालाई विप्लव काजीको पार्टीले दह«ै आरोप लगाएको रै’छ । विदेशीको दलाल, संसदीय भासमा जाकिएको भनेर
आरोप लगाउँदै घरै कब्जा गरेछन् । हिजो एकै ठममा थे पछि छुट्टिए । अहिले त भनाभनै शुरु मात्र भएको छैन शर्माको घर कब्जा गरेको भन्दैछन् । हुन त शर्मालाई जाबो त्यो रुकुमको घर के काम ? राजधानीमै आलीशान ठड्याइसक्या छन् । कि कसो हौ ?
लालपूर्जा दिन्छम्
झालेमाले र माउवादी केन्द्रको समिश्रणबाट तयार भएको वाम गठबन्धनका नेताहरुले आगामी निर्वाचनमा जित्न यतिबेला गजबैको
नारा तयार गरेछन् । सडक किनार, खोला किनार, बन र सार्वजनिक जग्गामा दुःखपूर्ण जीवन विताइरहेका सुकुम्बासीका लागि वाम गठबन्धनले लालपूर्जा दिन्छम भोट देउ भनेर भोट माग्न थाल्या रै’छन् । वाम गठबन्धनले समायनुकूल नाराचाहिँ बनाउने नै हो, मान्नैपर्छ वा † अब जो एउटा भोट दिँदा लालपूर्जा पाइन्छ भने किन नजदिने ? मज्जाले दिनुपर्छ । बरु भोटसँगै लालपूर्जा पनि दिने हो कि ? यसो गरे टन्टै साफ । हुन त पहिले पहिले झालेमालेले त्यस्तै नारा लगाएको थियो । घर दिन्छम्, जग्गा दिन्छम्, हलगोरु दिन्छम् । पछि दिने बेलामा त उही गुएँलाको फूल ।
मन्त्री चम्पट
चुनाउका बेला थुतुनो ज्यादा नै बर्बराउने रोगले नेपालका दलका नेता र मन्त्रीहरुलाई सताउने गरेको त सबैलाई थाहै छ । विचाराहरुले गरुँन पनि के ? ढाँट्न, ठग्न, छल्न, डकार्न नजाने यो देशाँ नेता नै भइदिने । नेता नभई सत्तामा पुगिदैन । नेपाली जन्ता नि ढाँट्ने, ठग्ने, छल्ने, डकर्नेलाई नै नेता मान्छन् । तर अस्तिका दिन पोखरामा उल्टो दृश्य देखियो । कानुनमन्त्री बडो ठाँटका साथ एउटा कार्जेक्रममा प्रमुख अतिथि भएर गएछन् । उन्को काम भाषन ठोक्नु न हो । भाषन ठोक्न थालेछन् । अलि पछाडि एक युवाले जुरुक्क उठेर दनक दिएछन् किन भोट दिने ? मन्त्रीको जवाफ आएछ युवाहरुलाई रोजगारीको लागि , पहिला पनि देकै हो त ? मन्त्री नाजावाफ । अरु पनि धारावाहिक प्रश्नको पहरो छुट्न थालेसी’ मन्त्रीका निधाराँ चिटचिट पसिनामात्र आएनछ उनी त्यहाँबाट चम्पटै ठोकेछन् ।
ठण्डाराम पा¥यो रे
नेपालका हाँस्य कलाकार पनि कम्ता मुखाले छैनन् । मन्त्री, दलका नेता भेट्टाए भने त तिनका धोती नै खोलिदिन्छन् । अब हेरौ न नेपालक चर्चित गाइका कोमल ओली झलेमालेमा प्रवेश गरिन् । झालेमालेबाट राम्रै पोको झर्ने ओलीको अनुमान थियो । उन्ले वडो फुइँ लगाउँदै दाङबाट मैले नै टिकट पाउँछु भनेर डंकार नै पिटिन् । अन्तेमा झालेमालेले ओलीलाई नराम्रोसँग लोप्पा खुवाइदियो । हाँस्य कलाकार जितु नेपालले ओली र झालेमालेको कनेक्सन राम्ररी नियालि
रा’थे । उनले प्वाक्क बोलिदिए भुवन केसीलाई झै कोमल ओलीलाई झालेमालेले हरियो घाँस देखाएर ठण्डाराम बनाइदियो । कुरा त ठीकै हो । झलेमालेले कलाकारहरुलाई गाउन र नाच्न पो भिœयाउने हो त । टिकट दिएर नेता बनाउने हो र ? कि कसो हौ ?
बाउरामको घरमा कालो झण्डा
माउवादी केन्द्रका आयाराम गयाराम नेता लारायन काजी हिजो आज अलि क्रान्तिकारी हुन थाल्या छन् । जिन्दगीमा कहिल्यै लौरो नि नबोकेका लारायनकाजी नेपालका समरस्वाँठ तर यसो बन्दुक पड्काउन जान्या बाउरामसँग गोरखा पुगेर चुनाउमा भिड्दै छन् । बाउरामलाई हराउनै बाम गठबन्धनले लारायन काजीलाई गोरखा पठा हो । चुनाउमा स्वच्छ प्रतिष्पर्धा गुर्न नि † काजीले त अहिल्यै देखि आÏनो सन्काहापन देखाउन थालिहालेछन् । यस भन्दा अगाडि तनुवा सांसद भएका काजीका बाँदरे कार्जेकर्ताले बाउरामको घरमा पुगेर कालो झण्डा समेत देखाएनन मात्र झण्डै गाडेर हिडेछन् । काजीको दामले स्यान्तराम धोकेर विचारा बाउरामको घराँ कलो झण्डा गाँडेर हिडेछन् । अर्काको घराँ कलो झmण्डा गाडेर के बहादुरी ग¥या होलान् लारायनले । खै के खै के पुत्त भनेजस्तो ।
अन्तेमा
यसपाली त गजबै भो । आश्चर्य नमाने हुन्छ नेपालमा जहिल्यै पनि गज्जब मात्र हुन्छ । अब हेरौ न बाम गठबन्नले लगत्तै झालेमालेले खप्रओलाई आगामी प्रधानमन्त्री घोषणा ग¥यो भने प्रचण्डाउलाई राष्ट्रपति । यता नेपाली काँग्रेसका अहिलेसम्म त्यसको सुरसार सम्म गरिएको छैन । किन मुलाको साग ओइलाएझै ओइलाएको होला काँग्रेस ? बाम गठबन्धन र उसको हावादारी चुनावी घोषणापत्रले काँग्रेसको सातो गयो कि क्या हो ? हुन त काँग्रेसले बुझेरै पर्धानमन्तरीको नाम घोषणा नग¥या होला । तै घोषण गर्दा त हुन्थ्यो नि † कस्का बाजेको के विग्रन्थ्यो र ? वहुमत नआउने लक्षण दखेर पो हो कि ? त्यसमा पनि टेन्सिन लिनुपर्ने जरुरी थिएन । सर्लक्कसँग रामचन्द्र पौड्याललाई पर्धानमन्तरीको उमेद्वार भनेर घोषणा गर्दिदा हुन्थ्यो नि † आखिरी पौड्याल बाजे नहुने पर्धानमन्तरी त हुन नि † उदारो घोषणा गर्दिए कमसेकम पौड्याल बाजेलाई अलिकति राहत मिल्ने थियो ।

