सुनसरीमा मनोनयन दर्ता उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
मूख्य ठुला दलहरुले उम्मेदवारी दर्ताका लागि दिउँसो १२ देखि २ बजेसम्को समय निर्धारण गरेपनि निर्धारित समयमा उम्मेद्वारी दिन नआउँदा साझँ ५ बजे सम्म एकै पटक उम्मेदवारी दर्ता गर्न ४ वटै निर्वाचन कार्यालय प्रस्ताव, समर्थक लिएर उम्मेद्वारहरु पुगेका थिए ।
सुनसरीमा मनोनयन दर्ता गराउनकालागि उपप्रधान तथा संघीय मामिला तथा स्थानीय बिकास मंत्री बिजय कुमार गच्छदार, अर्थ मंत्री ज्ञानेन्द्र बहादुर कार्की, वाणिञ्य मंत्री मिन विश्वकर्मा, एमाले केन्द्रिय सचिव भीम आचार्य, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई सुनसरीका निर्वाचन कार्यालयमा पुगेका थिए ।
सुनसरी क्षेत्र नम्वर १ बाट संघीय समाजवादी फोरम नेपालका अशोक राईले प्रतिनिधि सभा सदस्य तर्फ उम्मेद्वारी दिए । उनको प्रस्तावका वाणिज्य मंत्री विश्वकर्मा र प्रस्ताव हरिनाथ वास्तोला समर्थक रहेका थिए ।
त्यसैगरी १ नम्वरमा बाम गठबन्धनको तर्फबाट एमालेका जयकुमार राईले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्वर १ को प्रदेश सभा क बाट नेपाली काँग्रेसका किशोर राई, एमालेका प्रदीप भण्डारी, प्रदेश सभा ख बाट एमालेका भीम आचार्य र काँग्रेसका बुद्धि कट्वालको उम्मेदवारी परेको छ ।
त्यसैगरी सुनसरी क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका सीताराम मेहताले मनोनयन दर्ता गराउँदा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डम्मरु सुवेदी हिमालले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्वर २ प्रदेश सभा क मा नेपाली काँग्रेसबाट हेमकर्ण पौडेल, एमालेबाट सर्वध्वज साँवा र ख बाट काँग्रेसका राजिब कोइराला र एमालेका रामप्रसाद मेहताको उम्मेदवारी परेको छ ।
त्यसैगरी सुनसरी क्षेत्र नम्वर ३ को प्रतिनिधि सभा सदस्यकालागि नेपाली काँग्रेसका तर्फबाट वर्तमान मंत्री मण्डलका उपप्रधान तथा संघीय मामिला तथा स्थानीय बिकास मंत्री बिजय कुमार गच्छदारले मनोनयन दर्ता गराएका छन् । सोही क्षेत्रबाट एमालेको तर्फबाट भगवति चौधरीले प्रतिनिधी सभा सदस्यको उम्मेदवारी दर्ता गराएकी छिन् ।
प्रदेश सभा क तर्फ बाम गठबन्धनको तर्फबाट लिलम बस्नेत र ख बाट रामदेव यादवले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी सो क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा क तर्फ कुमार थापा र ख बाट अगमलाल चौधरीले मनोनयन दर्ता गराएका छन् ।
सुनसरी क्षेत्र नम्वर ४ मा बाम गठबन्धनको तर्फबाट एमालेका रमेश श्रेष्ठले प्रतिनिधि सभा सदस्य तर्फको मनोनयन दर्ता गराएका छन् । भने काँग्रेसको तर्फबाट अर्थ मंत्री ज्ञानेन्द्र कार्कीले मनोनयन दर्ता गराउनु भएको छ ।
क्षेत्र नम्वर ४ को प्रदेश सभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका जगदिश प्रसाद कुसैत र ख मा माओवादी केन्द्रका जाकिर हुसेनले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी ४ नम्वर क्षेत्रको प्रदेश सभा क मा काँग्रेको तर्फमा रेवत दुलाल र ख बाट ताहिर अन्सारीको उम्मेद्वारी परेको छ ।
सुनसरीमा नेपाली काँग्रेसका ३ जना उम्मेदवार बागी उठेका छन् । निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा क बाट मदन ढकाल , क्षेत्र नम्वर २ प्रदेश सभा क बाट विपी कोइरालाका नाती सिद्धार्थ कोइरालाको बागी उम्मेद्वारी परेको छ । क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बिजय गच्छदार विरुद्ध गोमा पराजुली अन्सारी बागी बन्ने भनेपनि उनि निर्धारित समय भन्दा पछी मनोनयन दर्ता गराउन पुगेकी थिइन् ।

