कविलाई देशको चिन्ता

धरान÷ विगत २७ बर्षदेखि लगातार रुपमाधरानमा राष्ट्रिय कविता महोत्सव हुदै आइरहेको छ । कवि विमल गुरुङ्गको स्मृतिमा स्थापना भएको विमल गुरुङ स्मृति पुस्तकालयले नेपालभरिका कविलाई यो अवसर जुराइदिने गरेको हो ।
महोत्सवको मुख्य उद्देश्य नव कवि तथा कवियत्रीको आगमन बढोस् भन्ने नै हो । यसैलाई मध्यनगर गरी पुस्तकालयले आइतबार धरानमा २७ औं राष्ट्रिय कविता महोत्सवको आयोजना गरेको हो ।
महोत्सवमा काभ्रेपलाञ्चोक, उदयपुर, तनहुँ, वाग्लुङ, अर्घाखाची, खोटाङ, दाङ, मोरङ, झापा, संखुवासभा, पोखरा, बाकेका १५ जना नवआगन्तुक कवि तथा कवियत्रीहरुले आफ्नो कविता वाचन गरे ।
देशभरिका १ सय ६५ कविता प्रतियोगिताका लागि आएको भएपनि उत्कृष्ट १५ वटा कविता प्रतियोगितामा समावेश गरिएको थियो ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गएको अवस्थामा समावेश गरिएका कविताहरु अधिकांश देशको विसम्
परिस्तिथि र लोकतन्त्रको स्थायित्व, जातीय छुवाछुत विषयमा केन्द्रित रहेका थिए । कविता प्रस्तुत गर्ने कविहरुले देशको विकासमा गम्भीर भएर लाग्नुपर्ने, जनमुखी, दीगो सरकार आउनुपर्ने भाव भएका कविता प्रस्तुत गरेका थिए ।
देशमा ठूला ठूला परिवर्तन आए तर देश विकासमा कोही गम्भीर भएनन् । राष्ट्रिय अस्तित्व जोगाउन कोही लागेनन् भने जातीय भेदभाव कहिल्यै हटेन भन्ने भाव समेत कविताका प्रतियोगीहरुले स्पष्ट रुपमा प्रस्तुत गरेका थिए ।
त्यस्तै प्रतियोगी कविहरुले जुनसुकै पार्टी, जाति, धर्म, लिङ्ग जे भएपनि सबै नेपाली र सदियौदेखि एकतावद्ध भएर बसेका नेपाली नेपाली भएर जुगौ जुगसम्म बस्नुपर्छ, बाच्नुपर्छ भन्ने भाव समेत कविहरुले कवितामा प्रस्तुत गरेका थिए ।
दुर्घटनामा परी निधन भएका आफ्ना छोरा विमल गुरुङको स्मृतिमा बाबु पूर्णबहादुर गुरुङले स्थापना गर्नुभएको स्व. विमल गुरुङ पुस्तकालयले प्रत्येक बर्ष यसरी नै विभिन्न समयमा विभिन्न प्रकारका साहित्यिक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । साहित्यिक क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिदै आएको यस्तो कविता महोत्सवबाट प्रथम दोस्रो र तेस्रो हुने कवि तथा कवियत्रीलाई
पुरस्कृत समेत गर्दै आइरहेको छ । यसै क्रममा आज भएको प्रतियोगितामा अर्घाखाँचीका अस्मिन सागर प्रथम, तनहुँका प्रकाश रमघाती दोस्रो र मोरङका मनोज मुस्किल तेस्रो हुदै क्रमशः नगद २०, १५ र १० हजार प्राप्त गरेका थिए ।
२७ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा निर्णायकको भूमिकाका कवि मनु मञ्जिल र बद्री भिखारी रहनु भएको थियो । बरिष्ठ साहित्यकार अनिल पौडेलेको प्रमुख आतिथ्य तथा पूर्णबहादुर राईको अध्यक्षतामा सम्पन्न कविता महोत्सवमा धरानका अग्रज कवि बम देवान र उर्लाबारी मोरङ्गकी कवियत्री मिश्र वैजनीलाई साहित्यमा पु¥याएका योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो भने पुराना कवि तथा कवयित्रीहरुले समेत कविता वाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया