धरान÷सडकको दुरावस्था, सवारी साधनको अत्याधिक चाप, सडकमै छाडा घरपालुवा जनावर, ट्राफिक नियमप्रति सर्वसाधारणको अनविज्ञताको वेवास्ता गर्दै प्रदेश नं. १ लाई हर्न निषेधित क्षेत्र घोषणा गर्दा विगत तीन महिना यता सवारी दुर्घटना अत्याधिक बढेको भन्दै यातायात व्यवसायीहरुले हर्न बजाउन नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सार्वजनिक सिद्धार्थ यातायात व्यवसायी संघले सोमबार एक विज्ञप्ती प्रकाशित गरी हर्न निषेधित क्षेत्रको नाममा ट्राफिक प्रहरीले व्यवसायीहरुसँग लुट मच्चाएको आरोप लगाएकोे छ । संघका अध्यक्ष
धु्रवराज घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ प्रदेश नंं १ का सबै स्थानमा हर्न बजाउन निषेध गर्दा तीन महिना यता सवारी दुर्घटनामा ४० प्रतिशतले वृद्धि भएको छ । विज्ञप्तीमा भनिएको छ यस भन्दा अगाडि क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख
सौरभ राणा छँदा मुख्य सहरमामात्र हर्न निषेध गर्ने सहमति भएको थियो । तर हाल आएर सबैतिर ट्राफिक प्रहरीले यो नियम लागू गरेपछि एकातिर दुर्घटना बढेको छ भने अर्कौतिर ट्राफिक प्रहरीले व्यवसायीहरुलाई आतंकित बनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ मुख्य सहर भन्दा अन्यत्र अर्थात खुल्ला सडकमा हर्न बजाउन पाइने नियम बनाइए बाध्य भएर आन्दोलनमा उत्रनुको विकल्प
रहँदैन । यसै सम्बन्धमा संघका अध्यक्ष घिमिरेसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो ट्राफिक प्रहरीको अत्याचार अचाक्ली बढ्यो । जंगलमा गाइवस्तु बाटामा बसेका हुन्छन्, सडकमै मोटर साकइल रोकेर मोवाइलमा कुरा गरिरहेका हुन्छन्, पहाडमा साँघुरा र घुम्ती सडक हुन्छन् त्यसबेला हर्न नबजाई कसरी हुन्छ, उहाँको प्रश्न थियो । हर्न बजाएको नाममा ट्राफिक प्रहरीले मनपर्दो ढंगले एक हजार, पन्द्रसय, जरिवाना गर्छ । अध्यक्ष घिमिरेले थप्नुभयो यातायात व्यवस्था कार्यालयमा म्याद गुज्रेको ती महिनासम्म ब्लुबुक नविकरण गर्न पाइने, रुट परमिट र जाँचपासलाई १५ दिनको समय दिइएको छ । कागजात
नविकरणका लागि यातायात व्यवस्था कार्यालयमा बुझाएको भन्दा पनि ट्राफिक प्रहरीले १५ सय जरिवाना गर्छ । ट्राफिक प्रहरीको यो भन्दा ठूलो लुट के हुन
सक्छ ?
