धरान÷नेपालको उत्तरी छिमेकी चीनको छिन्छु प्रान्तका छान झि सोमबार इटहरीको अति व्यस्त सडकपेटीमा स्टल नै राखेर नक्कली सुनका गरगहना, वाला, सिक्री लगायतका सामान बेचिरहेका थिए ।
नेपाली भाषा बोल्न र बुझ्न नसक्ने उनी आफ्ना सामान ग्राहकहरुले देखाउँदा र छुँदा हतार हतार क्यालकुलेटर दबाएर मूल्य देखाउँथे । उनलाई एकजना नेपाली युवतीले सामान बेच्न सहयोग गरिरहेकी थिइन् । उनले आफ्नो परिचय दिन अन्काइन भने छान १५ दिनको पर्यटन भिषामा नेपाल आएको भने निक्कै बेरपछि उनले बताइन् ।
पन्द्र दिने पर्यटन भिषामा नेपाल आएका छानले त्यसरी सडक पेटीमा स्टल राखेर व्यापार गर्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरामा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली भन्नुहुन्छ, पाउँदैनन् त्यो
सरासर गलत हो । उहाँले भन्नुभयो प्रशासनलाई तपाईले महत्पूर्ण सूचना दिनुभयो । त्यसलाई रोक्न र ती चिनिया नागरिकको गतिविधि नियन्यण गर्न म तत्काल सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीलाई निर्देशन दिन्छु । इटहरीको अत्यन्तै व्यस्त सडकमा प्रहरीको आवत जावत समेत स्टल राखेको स्थानमा बाक्लो देखिन्थ्यो । तर कुनै प्रहरीले उनीप्रति वास्ता गरेका थिएनन् । छानमात्र हैन छानजस्ता दर्जन भन्दा बढी चिनियाँहरु यतिबेला इटहरी, धरान लगायतका मुख्य सहरका सडकमा त्यसरी निर्वाध व्यापार गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी पराजुलीले भन्नुभयो, अक्सर चिनियाँ नगारिकको अनुहार नेपालका मंगोलियनहरुसँग मिल्दोजुल्दो भएकोले पनि प्रहरीले वास्ता नगरेको होला अब हामी त्यस्ता गतिविधिमाथि निगरानी र नियन्त्रण गर्छौै ।
यहाँ स्मरणीय कुरा के छ भने स्थानीय तहको निर्वाचन पश्चात हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अगाडि बाम गठबन्धन भएपछि चिनियाँ नागरिकको गतिविधि कुनै न कुनै रुपमा पूर्वाञ्चलमा देखिन थालेको छ ।
