उमेद्वारका आकांक्षीको उचित समायोजन नहुँदा वाम गठबन्धनभित्र चरम असन्तष्टि प्रारम्भिक मत सर्भेक्षण अनुसार सुनसरीका चार क्षेत्रमध्ये तीनमा नेपाली का“ग्रेस अग्रस्थानमा

धरान÷आगामी मंसिर २१ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरीका चार क्षेत्रमध्ये तीन क्षेत्रमा प्रारम्भिक मत सर्भेक्षण अनुसार नेपाली काँग्रेस अग्रस्थानमा देखिएको छ ।
दोस्रो चरणको निर्वाचनका लागि दलका उमेद्वारहरुले भोलि विहीबार मनोनयन दर्ता गराउँदैछन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीचमै यसपटक प्रतिष्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धनभित्र भन्दा पनि वाम गठबन्धनभित्र उमेद्वारका आकांक्षी ज्यादा देखिनु र उनीहरुको उचित समायोजन हुन नसक्दा वाम गठबन्धनभित्रका कार्यकर्ता बीचमा चरम असन्तुष्टि देखिएको छ ।
सुनसरी क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा ६१७५५ मतदाता रहेका छन् । जसमा पुरुषको संख्या २९००७ र महिलाको जनसंख्या ३२७४९ रहेका छन् । यस्तै प्रदेशसभा एकको (ख) मा ७०९२७ मतदातामा पुरुषको संख्या २८७०२ र महिलाको संख्या ३२२३४ रहेका छन् । यता प्रतिनिधि सभाको लागि क्षेत्र नं. १ मा एक लाख २२ हजार ७ सय ९१ मतदाता मध्ये पुरुष ५७७०८ र महिला ६४९८३ ले मतदान गर्नेछन् । उता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ (क) मा ७९८२० मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या ३१७७९ र महिलाको ३७०४१ छन् भने सोही क्षेत्रको (ख) मा ६१९१३ जम्मा मतदातामा पुरुषको संख्या ३२०४० र महिलाको संख्या २९८७३ छ । प्रतिनिधि सभाका लागि उक्त क्षेत्रमा १ लाख ३० हजार ७ सय ३३ मतदाताले मतदान गर्नेछन जसमा पुरुषको संख्या ७३८१९ र महिलाको संख्या ६६९७४ रहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को (क) मा जम्मा ५३५१० मतदाता छन् । जसमा पुरुषको संख्या २७४३५ र महिलाको संख्या २७०७५ रहेको छ । यसैगरी (ख) मा ५६४०७ जना मतादात रहेका छन् जसमा पुरुषको संख्या २९७८८ र महिलको संख्या २७७१९ रहेको छ भने प्रतिनिधिसभा क्षेत्र नं. ३ को जम्मा मतदाता संख्या १ लाख ९ हजार ९ सय १७ रहेकोमा पुरुषको संख्या ५६२२३ र महिलाको संख्या ५३७९४ रहेको छ । यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ को (क) मा ५९५३२ मतदाता रहेका छन् । जसमा पुरुषको संख्या ३० हजार ७ सय ६८ र महिलाको संख्या २८५८४ रहेको छ । यस्तै उक्त क्षेत्रको (ख) मा ५२१३८ मतादाता रहेका छन् । जसमध्ये पुरुषको संख्या २८४७७ र महिलाको संख्या २३७७१ रहको छ भने प्र्रतिनिधिसभाका लागि १ लाख ११ हजार ४ सय ९० जनाले मतदान गर्नेछन् । जसमा पुरुषको संख्या ५९२४५ र महिलको संख्या ५२२४५ रहेको छ । सुनसरी जिल्लाको कुल मतदाता संख्या ४ लाख ७४ हजार ८ सय ३१ रहको छ । जिल्लामा पुरुषष मतदाताको संख्या २ लाख ३७ हजार ९ सय ९५ र महिलाको संख्या २ लाख ३७ हजार ८ सय ३६ रहेको छ ।
सुनसरी क्षेत्र नं. १ बाट नेपाली काँग्रेसले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य तथा वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा, प्रदेशसभा (क) को लागि किशोर राई र प्रदेश सभा (ख) मा लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका ध्यानबहादुर
राईलाई प्रत्यासी बनाउने निश्चित भएको छ । उता एमालेले प्रतिनिधिसभाका लागि प्रकाश राई, जय राई, मोति सुनुवारमध्ये एकजनालाई प्रत्यासी बनाउने भएको छ । धरान नगर समितिका इन्चार्ज प्रदिप भण्डारीलाई प्रदेश सभा (क) मा र (ख) मा एमाले सचिव एवम् पूर्व मन्त्री मीम आचार्यलाई प्रत्यासी बनाउने पक्का भएको छ । प्रतिनिधि सभा र प्रदेश नं. २ बाट नेपाली काँग्रेसले इटहरी उपमहानगर समितिका सभापति हेमकर्ण पौड्याल र विद्यार्थी नेता राजीव ढुंगानालाई प्रत्यासी बनाउने भएको छ भने प्रतिनिधि सभाका लागि पार्टी सभापति राजीव कोइरला र पूर्र्व राज्यमन्त्री सीताराम मेहतामध्ये एक जनालाई प्रत्यासी बनाउने भएको छ । नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले टेलिफोनमा दिनुभएको जानकारी अनुसार सीताराम मेहतालाई अन्यत्रै व्यवस्थापन गरेर कोइरालालाई नै उमेद्ेवारी दिने पक्का भएको बताउनभयो । क्षेत्र नं. २ बाट एमालेले रेवतीरमण भण्डारीलाई अगाडि सार्ने भएको छ । निवर्तमान सांसद समेत रहनु भएका भण्डारीसँगै बाम गठबन्धनबाट हिमालको चर्चा समेत
रहेको छ । यस्तै प्रदेश सभामा धर्मराज निरौला, सर्र्वध्वज साँवा, लिलम बस्नेत, रामप्रसाद चौलागाईमध्ये दुई जनालाई अगाडि सारेको छ ।
सुनसरीको राजनीतमा क्षेत्र नं. ३ र क्षेत्र नं. ४ सबैको सर्वाधिक चासोको क्षेत्रका रुपमा रहेको छ । यी दुई क्षेत्रमा नेपाली काँग्रेसका हेभिवेट भनेर चिनिनु भएका उपप्रधान, संघीय मामला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री एवम् परराष्ट मन्त्रालको समेत जिम्मेवारी सम्हाल्नु भएका ज्ञानेन्द्रबहादुर कर्कीले उमेद्वारी दिँदै हुनुहुन्छ । विजय गच्छदारले केही समय अगाडि आफूले नेतृत्व गर्नुभएको फोरम लोकतान्त्रिकलाई नेपाली काँग्रेसमा समाहित गराउनु भएपछि उहाँ त्यस क्षेत्रमा अत्याधिक वहुमतले जित्ने मतदाताहरु बताउँछन् । आजसम्म क्षेत्र नं. ३ बाट पराजय नभोग्नु भएका गच्छदारको पार्टी प्रवेशले सुनसरीका अन्य क्षेत्रका नेपाली काँग्रेसको कार्यकर्ताहरुसमेत उत्साहित भएका छन् । उहाँको आगमनले क्षेत्र नं. २, ३, ४ नेपाली कँग्रेसका लागि आगामी निर्वाचनमा सुरक्षित देखिएको
छ । यस्तै भोजपुरबाट आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेर सुनसरीको विकास र समृद्धिका लागि आउनु भएका कार्यकर्ताहरुमाझ लोकप्रिय ज्ञानेन्द्रबहादुर कार्कीको विजय सुनिश्चित रहेको छ । प्रदेश नं. ३ बाट एमालेले भगवती चौधरीलाई अगाडि सार्ने भएको छ भने क्षेत्र नं. ४ बाट वामगठबन्धधनबाट माओवादीलाई छाडने सहमति एमालेले गरिसकेको छ ।

तपाईको प्रतिक्रिया