बाम गठबन्धनले मतदातामा उल्टो प्रभाव

स्थानीय निर्वाचनमा केही बढी सिट ल्याएर हौसिएको एमाले र माओवादी केन्द्रबीचमा अप्राकृतिक गठबन्धन भएपछि दुवै पक्षका मतदाता त्यसमा हौसिनुको सट्टा उल्टो प्रभाव देखिन थालेको छ ।
कमजोर संगठन, दश बर्षको दौरानमा उसबाट भएका ज्यादति एमाले कार्यकर्ताका लागि अझसम्म पाच्य हुन सकेको छैन । सांगठनिक हिसाबले एमाले तुलनात्मक हिसावले अन्य दलहरु भन्दा बलियो भएपनि निर्वाचन पश्चात सत्ता हत्याउनै लागि उसले माओवादी केन्द्रसँग अप्राकृतिक गठबन्धन गरी स्थानीय नेता तथा कार्यकर्ताको राजनैतिक लगानी नै ध्वस्त बनाउन खोजेको एमाले कार्यकर्ताको बुझाई छ ।
एमाले माओवादी केन्द्रबीच ६०÷४० को आधारमा उमेद्वारी भागबण्डा गरिँदा बर्षौदेखि संगठनका लागि झोला बोकेर हिडेका कार्यकर्ता निराश भएका छन् । माओवादी केन्द्रको एकलौटी वर्चस्व भएको क्षेत्र कही नभए पनि उसलाई एमाले नेतृत्वले आÏना कार्यकर्ताको राजनेतिक हत्या गरी उमेद्वारको टुंगो लगाएपछि एमालेका कार्यकर्ताहरु निर्वाचनकै समयमा बद्ला लिदने योजनामा रहेका छन् । नेतृत्वको निर्णयप्रति उनीहरुले असन्तुष्ट व्यक्त गरेपनि तत्काल पार्टी छोडिहाल्ने अवस्था नभएपछि उनीहरु निर्वाचनबाटै बदला लिने भित्री योजनमा रहेका छन् ।
उता माओवादी कार्यकर्ताहरु समेत निर्वाचनमा नेतृत्वले आफूहरुमाथि अन्याय गरेको निष्कर्षमा पुगेका छन् । द्वन्द्वको समयमा आफूहरुमाथि सुराकी गरी राज्यबाट हदैसम्मको याताना भोग्न बाध्य बनाउने एमालेलाई भोट दिन नसक्ने अभियक्ति दिन थालेका छन । यसले प्रष्ट बनाउँछ बाम गठबन्धन केवल केन्द्रीय स्तरका नेताहरुबीचमा भएको तर तल्लो स्तरसम्म आइपुग्दा हिजोको अवस्थामा तात्विक असर केही पारेको छैन । उनीहरु हिजो जुन रुपमा एक अर्काप्रति कटाक्षे गर्थे आज पनि अवस्था त्यस्तै छ । नेतृत्वले गरेको निर्णय मान्न नसक्ने स्थानीय स्तरमा प्रभावशाली मानिएका एमाले–माओवादी केन्द्रका कार्यकर्ताहरु यतिबेला धमाधम पार्टी परित्याग गरी हिड्न थालेका छन् । केही दिन अगाडि मात्र सुनसरीको रामधुनी नगरपालिका, भोक्राहा गाउँ पालिका, इनरुवा नगरपालिकाका दर्जनौ एमाले–माओवादी केन्द्रका कार्यकर्ता विना शर्त नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
सुनसरीको इनरुवास्थित नेपाली काँग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले नेपाली काँग्रेसका प्रभावशाली नेता तथा उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले टीका लगाएर स्वागत गर्नुभएको थियो । नेपाली काँग्रेसमा प्रवेश गरेका एमाले–माओवादी केन्द्रका कार्यकर्ताहरुले माओवादी एमाले गठबन्धनले मुलुकको समृद्धि असम्भव रहेको बताएका थिए । वर्तमान अवस्थामा लोकतन्त्रको विकल्प वाम गठबन्धन हुन नसक्ने आम मतदाताहरुले मनन गरेका छन् । वाम गठबन्धनबाट नेपाली कँग्रेसले आत्तिनु पर्ने कुनै कारण समेत रहेको देखिदैन । तर नेपाली काँग्रेसले क्षेत्र तथा प्रदेश सभाको निर्वाचनमा उमेद्वारी घोषणा गर्दा पार्टीमा लगानी गरेको, स्थानीय, विवादरहित व्यक्तिलाई अगाडि सार्नुपर्ने हुन्छ । विगतका गल्तिहरु दोहो¥याएमा वाम गठबन्धनका कारण नभएर नेपाली काँग्रेसले आफ्नै कारणले पराजय भोग्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया