डेढसय वर्षदेखि मन्दिरको सुरक्षा गरिरहेको छ

गोहीले जनावरको शिकार गर्न छाडेर शाकाहारी बनेको र मन्दिरको प्रसाद खान थालेको घटना सायद तपाईंले सुन्नुभएको छैन होला ।
यस्तो कुरा सुन्दैमा अनौठो र अपत्यारिलो पनि लाग्नसक्छ । तर, यो कुनै काल्पनिक कथा होइन । भारतको केरलास्थित अनन्तपुर लेक मन्दिरको यथार्थ घटना
हो ।
मन्दिरको वरिपरि रहेको तालमा बस्ने बबिया नामक गोहीको आनीबानीले जो कोहीलाई पनि अचम्ममा पार्दछ ।
मन्दिरलाई घेरेको तालमा विगत डेढसय वर्षदेखि गोही बस्दै आएको
छ । गोहीले डेढसय वर्षदेखि
मन्दिरको सुरक्षा गर्दै आएको
बताइन्छ । एउटा गोही मरेसँगै अर्को नयाँ गोही आफैं देखापर्दछ । हाल मन्दिरको तालमा रहेको बबिया गोही निकै शान्त छ र शाकाहारी छ ।
बबियाको खाना खाने समय निश्चित छ, हरेक दिन । दिउँसोको पूजा पश्चात बबियालाई भात तथा गुडबाट बनाइएको कसार जस्तो प्रसाद खान दिइन्छ ।
त्र

तपाईको प्रतिक्रिया