दोस्रो चरणको निर्वाचन पश्चात स्थानीय सरकारको रुपमा कार्यकाल सम्हालेको १ सय दिन पुगेको अवसरमा धरान उपमहानगरपालिकाले १ सय दिनको प्रगति विवरण सोमबार सार्वजनिक
गरेको छ ।
सुनसरी उद्योग वाणिज्य संघका हलमा एक कार्यक्रमको आयोजना गरी धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
कार्यभार सम्हालेको तीन महिना पछि अर्थात ०७४ असोज ८ गते पारित गरेको ा आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक निित, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुका साथै हालसम्म गरेका कार्यहरु र आगामी गर्नु पर्ने कामहरु सार्वजनिक गरेको हो ।
जसअनुसार बर्षौदेखि धरानको समस्याको रुपमा रहेको अव्यवस्थित सुकुम्बास समस्या समाधानलाई मुख्य एजेन्डाको रुपमा लिएको नगरपाालिकाले बसपार्कलाई व्यवस्थित गर्न धरान ८ तीनकुनेमामा रहेको सुन्दरबस्तीमा बसपार्क बनाउने योजनासहित उपप्रमुख मञ्जु भण्डारीको संयोजकत्वमा समिति गठन, जथाभावि गरिने गरिएको जग्गा प्लटिङमा नियन्त्रण गरिएका छ भने बर्षौदेखिको फोहोर व्यवस्थापनका लागि विभिन्न उपायहरु अवलम्बन गरिनुका साथै
फोहोरलाई ऊर्जामा परिणत गर्न प्रयास भइरहेको एकसय दिनको प्रगति
विवरणमा उल्लेख गरिएको छ । यस्तै धरानको पर्यटन विकासमा वृहत गुरुयोजना अभियान शुरु गरिएको तथा धरानमा रहेका जीर्ण सडकको मर्मत सम्भारमा १ करोड रुपैया कोषमा
राखी काम सुचारु गरेको लगायतका कुराहरु प्रगति विवरणमा उल्लेख गरिएका छन् ।
यस्तै धरानमा बर्षौदेखिको खानेपानी समस्या समधानका लागि सर्दु जलाधार क्षेत्रको संरक्षणका लागि काम शुरु गरेको, एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा एकीकृत सहरी विकास आयोजना अन्तर्गत खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको जानकारी
गराएको छ । यस्तै सामुदायक विकास कार्यक्रम अन्तर्गत धरान ११ सगरमाथा टोल, कुविर्ता संगम टाजल, विष्णुचौकमा ढल निर्माण गरिनुका साथै नगरबासीलाई स्वास्थ्यकाृ पहुच पु¥याउन स्वास्थ्य व्यवस्थापन समिति गठन गरी काम अगाडि बढाइएको छ भने धरानको समग्र खेलकुदको विकासका लागि बजेट तर्जुमा गरी धरानलाइ स्पोर्ट सिटीको रुपमा विकास गर्ने सम्मको लक्ष्य धरान उपमहानगरपालिले लिएको छ ।
त्र

