पालु·वाको उमेद्वारीले एमाले संसदीय दलका उपनेता नेम्बा· इलाममा कमजोर बन्दै

इलाम÷राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष एवम् नेपालको राजनीतिमा प्रभावशाली व्यक्तित्वको रुपमा रहनु भएका केपी पालुङ्गवा (खड्गप्रसाद पालुङ्गवा)ले गत बुधबार आÏनो उमेद्वारी घोषणा गर्नुभएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीको पूर्वी इन्चार्ज, केन्द्रीय उपाध्यक्ष हुँदै अध्यक्ष बन्नु भएका धरान उपमहानगरपालिकाका पूर्व मेयर समेत रहनु भएका पालुङ्गवाले आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाका लागि इलाम क्षेत्र नं. २ बाट उमेद्वारी घोषणा गर्नुभएपछि एमाले संसदीय दलका उप नेता तथा पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ्ग अप्ठेरोमा पर्नुभएको छ ।
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं. २ बाट पालुङ्गवाले उमेद्वारी घोषणा गरेपछि बाम गठबन्धनका सुभाषचन्द्र नेम्बाङ्गको स्थिति विग्रने मतदाताहरु बताउँछन् । पालुङ्गवाले गत बुधबार झापाको अर्जुनधारामा एक पत्रकार सम्मेलन गरेर आÏनो उमेद्वारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै पालङ्गवाले भन्नुभयो–मलाई सामाजिक लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय समाजवादी, संघीय लिम्बुवान पार्टी, संघीय लिम्बुवान राज्य परिषद्को समर्थन रहेको छ । पहिचानवादी दलहरुको भोट आफूलाई आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको नाममा भएको ध्रविकरणले मतदाताहरु असन्तुष्ट रहेका छन् । स–साना पहिचानवादी दलहरुको भोट समेत आफूलाई आउने उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा पश्चिम र पूर्वमा गरी १३ जिल्लामा उमेद्वारी दिएको छ ।
इलाम क्षेत्र नं. २ मा किराँतहरुको प्रसिद्ध धार्मिक स्थल लारुम्बा समेत रहेको छ । लारुम्बाको विकास, त्यहाँको भौतिक संरक्षण्का लागि राष्ट्रिय जनमुक्ति पार्टीले उल्लेखनीय कार्य गर्दै आएको हुनाले
किराँत धर्मालम्बीहरु यसपटक पालुङ्गवालाई जिताउने अभियानमै लागेका छन् । वि.सं. २०४८ सालदेखि एमालेका नेता सुभाषचन्द्र नेम्बाङ्गले इलाम क्षेत्रं. २ बाट निर्वाचन जित्दै आउनु भएको छ । तर उक्त क्षेत्रको विकासका लागि नेम्बाङ्गले कुनै काम नगरेको, धार्मिक असष्णिुता फैल्याउने स्थानीय ८२ बर्षीया मतदाता बीरबहादुर राईको कथन छ । यसपटक हामी नेम्बाङ्गलाई भोट दिँदैनौं उहाँले भन्नुभयो । पालुङ्गवाले चुलाचुली, माङ्गसेवुङ्गमा चुनाव प्रचार प्रसार कार्यालय समेत गठन गरिसक्नु भएको छ । यस भन्दा अगाडि नेम्वाङ्गको प्रचार प्रसारमा हिडेका युवाहरु यसपटक पालुङ्गवा जिताऔं अभियानमा स्वस्फूर्त रुपमा कमिटी बनाएर प्रचारपसारमा जुटिसकेका छन् ।
यहाँ स्मरणीय कुरा के छ भने इलाम क्षेत्रं. २ बाट नेपाली काँग्रेसले इलाम नगरपालिका पूर्व प्रमुख एवम् युवा नेता केशव थापालाई अगाडि सारेको छ भने अन्य कुनैपनि पहिचानवादी दलहरुले त्यहाँबाट उमेद्वारी दिएका छैनन् । इलाम क्षेत्र नं. २ मा ८५ हजार मतदाता रहेका छन् । चुलाचुली गाउँ पालिका, माङ्गसेवुङ्ग गाउँ पालिका, अथोक गाउँपालिका, इलाम नगरपालिकाको वडा नं. १०, माइ नगरपालिकाको वडा नं. ६,७ र ८ वडालाई समेटिइएको छ । स्रोतले दिएको जानकारी अनुसार एमालेका सुभाषचन्द्र नेम्बाङ्गले पालुङ्गवाको उमेद्वारीप्रति चिन्ता व्यक्त गर्दै क्षेत्र परिवर्तन गर्न समेत पार्टीभित्र कुरा राखेको बताइएको छ । यता
राष्ट्रिय जनमुक्ति पार्र्टीका प्रत्यासी तथा केन्द्रीय अध्यक्ष केपी पालुङ्गसँग मंगलबार सम्पर्क राख्दा उहाँले भन्नुभयो मेरो उमेद्वारीले स्थानीय उत्साहित हुनुभएको छ । उहाँले ठोकुवा गर्नुभयो म चुनाव जित्छु । त्यस क्षेत्रमा मैले गरेको कार्यको साथीहरुले राम्रो मुल्यांकन गर्नुभएको छ त्यसबाट म उत्साहित छु ।

तपाईको प्रतिक्रिया