चन्द्र नेपाल । वि.सं. २०२० साल माघमा धनकुटा चुङ्गवाङ्गमा जन्मनु भएका चन्द्र नेपालको प्रारम्भिक शिक्षा शिक्षा निकेतनमा भएको थियो । माध्यामिक स्तरमा अध्यनरत रहँदा स्कुलमा विद्यार्थी युनियनमा आवद्ध भएर काम गर्नुभयो । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि उहाँ पाटन क्याम्पस पुग्नुभयो । पाटन क्याम्पसमा अध्ययन गर्दा पनि उहाँले विद्यार्थी युनियनमै आवद्ध भएर विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने काम गर्नुभयो । अध्ययनकै क्रममा उहाँ दार्जीलिङ्ग पुग्नुभयो । दार्जीलिङ्गबाट व्याचलर गरेपछि उहाँ थप अध्ययन गर्न बनारस विएचु पुग्नुभयो । विएचुबाट उहाँले समाज शास्त्रमा मास्टर्स गर्नुभयो ।
बनारसमा बस्दा उहाँ प्रवासी नेपाली विद्यार्थी युनियनको अध्यक्ष बन्नुभयो । गोरखा दुःख निवारण संस्थाको सचिव बन्नुभयो । वि.सं. २०३६ सालको आन्दोलनमा उहाँ शरण विक्रम मल्लको नेतृत्वमा रही आन्दोलनमा सरिक हुनुभयो । उपेन्द्र यादव, चन्द्र नेपाल, केशव रिजाल, नायारण श्रेष्ठ प्रगतिशील विद्यार्थी युनियनमा आवद्ध हुनुहुथ्यो । मास्टर सकेर धरान आएपछि उहाँ नेपाली काँग्रेसमा आवद्ध हुनुभयो । विनोद राई त्यसबेला कावा सभापति हुनुहुन्थ्यो भने नगेन्द्र ढुंगेल क्षेत्रीय सभापति हुनुहुन्थ्यो । त्यसबेला नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका नेपालले पार्टीको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो । शुरुमा नगेन्द्र ढुगेले क्षेत्रीय सदस्यको जिम्मेवारी नेपाललाई दिनुभयो । त्यसपछि अर्थात विनोद राईले प्रतिनिधिसभाको उमेद्वार पाएपछि उहाँलाई निर्वाचित गराउन अहम् भुमिका निर्वाह गर्नुभएको थियो तर दुर्भाग्यपर्ण त्यसबेला पार्टीले पराजय भोग्नु परेको थियो ।
पार्टीको निर्देशन र पाएको जिम्मेवारी अनुरुप उहाँले धरान वडा नं. १३ को वडा समितिको काम सम्हाल्नु भएको थियो । उहाँले वडा समितिको काम सम्हाल्दा वडा नं. १३ मा पुष्प ढकाल, डा. गोपाल भण्डारी, श्याम ढकाल, भुपालजँग राणा, हरिकृष्ण आचार्य, मिनकुमारी पाख्रिन, डिबी सुब्बा मात्र काँग्रेस थिए । सँगठन विस्तारका क्रममा उहाँले ६० जना क्रियाशील सदस्य बनाउनुभयो । त्यसबेला संगठन गर्नु फलामको च्युरा चपाउनु सरह थियो । जनमुक्ति पार्टी, एमाले लगायतका दलका मानिसलाई कन्भिन्स गरेर उहाँले त्यतिका क्रियाशील सदस्य बनाउनु भएको थियो । विश्वराज शर्मा त्यसबेला हात्तीछाप काँग्रेसमा बसेर काम गर्दै हुनुहुन्थ्यो । पछि विनोद राई क्षेत्रीय सभापति हुँदा उहाँको कार्यसमितिको सदस्यको रुपमा समेत काम गर्नुृभएका नेपालले सहसचिवको रुपमा पनि काम गर्नुभयो । विनोद राई पश्चात चन्द्रप्रसाद श्रेष्ठ सुनसरी क्षेत्र नं. १ को सभापति हुँदा उहाँको कार्यसमितिको नेपाल सल्लाहकारको रुपमा सक्रिय रहनु भयो। पुनः चन्द्र प्रसाद श्रेष्ठ क्षेत्रीय सभापति हुँदा उहाँले कोषाध्यक्षको जिम्मेवारी पाउनुभयो । अधिवेशनबाट उहाँ जिल्ला कार्यसमितिको सदस्यमा निर्वाचित हुनुभयो ।
१३ औं अधिवेशनमा झिनो मतले जिल्ला सदस्यमा पराजित भएपनि पार्टीका लागि आवश्यक व्यक्तिको रुपमा ठानी उहाँलाई जिल्ला सभापति राजीव कोइरालाले जिल्ला सदस्यमा मनोनित गर्नुभयो । हाल उहाँ जिल्ला कार्यसमितिको सदस्यको रुपमा सक्रिय रहनु भएको छ भने नेपाल किशान संघको जिल्ला सभापति समेत हरनु भएको छ । धरानमा एउटा वौद्धिक व्यक्तित्वका रुपमा रहनु भएका पार्टीलाई तन,मन, धनले सहयोग पु¥याउँदै आउनु भएका अत्यन्तै सरल चन्द्र नेपालले हालै सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका प्रत्यासीहरुलाई असहयोग
गरेको भन्दै स्पष्टीकरण सोधेको छ । उहाँ लगायत अन्य केही व्यक्तिलाई समेत स्पष्टीकरण सोधेको प्रति धरानका प्रायः समपूर्ण कार्यकर्ता रुष्ट बनेका छन् । इमान्दारीपूर्वक पार्टीलाई सहयोग गर्नेहरुमाथि स्पस्टीकरण सोध्नुको औचित्य नरहेको र यसले वर्तमान अवस्थामा कार्यकर्ताको मनोवल गिराउने काम भएको कार्यकर्ताको ठहर रहेको छ । यसपटक हामीले सुनसरी क्षेत्र नं. १ को नेपाली काँग्रेसको साँगठनिक अवस्था, संगठन सुदृढ गर्न पदीय जिम्मेवारी लिएर बसेका व्यक्तिहरुले खेल्नुपर्ने भूमिकमा, स्पस्टीकरण सोध्नुपर्ने कारण आदिका बारेमा केन्द्रित रहेर यिनै बौद्धिक व्यक्तित्व चन्द्र नेपालसँग वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसांक्षेप ः–

