धरान÷भौगोलिक रुपले मात्र नभएर हरेक दृष्टिले प्रदेश नं. १ को राजधानी
धरानलाई बनाउन उपयुक्त हुने भन्दै यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
प्रवीणता प्रमाणपत्र तह मानविकी संकाय २०४४–०४६ व्याचका महेन्द्र वहुमुखी क्याम्पसका विद्यार्थीहरुको सहागितामा भएको अन्तरक्रिया कार्यक्रममा वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले भन्नुभयो, प्रदेश नं. १ को राजधानी बनाउन धरान धेरै दृष्टिले उपयुक्त छ । राजधानी बनाउनका लागि अन्तरदेशीय सीमाबाट ५० किमीको दूरी हुनुपर्ने, जलसाय, भौतिक निर्माणको पर्याप्त स्थान हुनुपर्ने लगायतका प्रावधान धरानले मिट गर्न सक्ने भएकोले यसका लागि चौतर्फी आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आफ्नो व्यक्तिगत पहलमा धरानलाई राजधानी बनाउन ज्ञापनपत्र प्रधानमन्त्री समक्ष बुझाइसकेको समेत मन्त्री विश्वकर्माले जानकारी गराउनुभयो ।
धरानलाई राजधानी बनाउन धार्मिक, साँस्कृतिक, भौगोलिक सबै दृष्टिले उपयुक्त भएकोमा मोहन प्रसाद ढकाल, पवन राई, संघीय लिम्बुवान पार्टीका जिल्ला सभापति अमर इजम, नेपाली काँग्रेसका धरान नगर समितिका सचिव श्याम पोख्रेल, अन्जना राई लगायतले जोड दिनुभएको थियो । सो अवसरमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले धरानलाई राजधानी बनाउन माग गर्दै मन्त्री विश्वकर्मालाई ज्ञापनपत्र बुझाउनु भएको थियो । उहाँले ज्ञापनपत्रमा भैगेलिक वनावट, स्वस्थ्य सेवा, शिक्षा, शान्ति सुरक्षा, यातायात, पर्यटकीय केन्द्र, मिश्रित बसोबासलाई मुख्य आधार बनाउनु भएको छ । वाणिज्य मन्त्री विश्वकर्मालाई बुझाइएको ज्ञापनपत्रमा े भनिएको छ ः
राष्ट्र संघीयतामा प्रवेश गरेसँगै आम नेपालीहरु विकेन्द्रित स्रोतहरुको परिचालन गर्दै संघीय संरचना अनुसार आ–आÏनो क्षेत्रको सर्वाङ्गिर्ण विकासको लागि सोच मग्न रहेको कुरा जग जाहेरै छ । प्रदेशहरुको निर्माण भएपश्चात यसका वहुपक्षीय विषय लगायत प्रदेश केन्द्र कहाँ र कसरी रहने भन्ने कुरामा सबैको आ–आÏनै प्रकारको मतमतान्तर रहँदै आएको छ । प्रदेश नं. १ पनि यसबाट अछुतो छैन । प्रदेश नं. १ का विभिन्न नगर÷क्षेत्रका जनताहरुले आ–आÏनो क्षेत्रलाई प्रदेशको राजधानी प्रस्ताव गरिरहेको कुरा यहाँलाई विद्धितै छ । तर जोसुकैले जस्तोसुकै दाबी पेश गरे तापनि कुन क्षेत्र सम्पूर्ण मापदण्डहरुलाई पूरा गर्दै राजधानी बन्न योग्य छ भन्ने कुराको सही निक्र्यौल हुनुपर्छ । सुनसरी उद्योग वाणिज्य संघ पनि धरान उपमहानगरपालिकालाई प्रदेश नं. १ को राजधानीको रुपमा प्रस्ताव गर्न चाहन्छ । यो प्रस्ताव यस मानेमा कि धरान उपमहानगरपालिका हाम्रो स्थानीय क्षेत्र मात्र नभएर अपितु प्रदेशको राजधानी बन्न सर्वपक्षीय अधारहरुलाई पूरा गर्न सक्ने योग्यताको आधारमा नै हामीले धरान उपमहानगरपालिकालाई प्रदेश नं. १ को राजधानी बनाउन प्रस्ताव गरेका छौं ।
ज्ञापनपत्रमा सुनसरी उद्योग वाणिज्य संघले प्रदेश नं. १ को राजधानी बन्न योग्य बन्ने मापदण्डहरु समेत मन्त्री विश्वकर्मालाई बुझाएको ज्ञापनपत्रमा स्पष्ट पारेको छ ।
१. भौगोलिक बनौट ः धरान उपमहानगरपालिका तराई र पहाडको संगम स्थल रहेको हुँदा सवै क्षेत्रका जनताहरुलाई पायक पर्ने केन्द्रको रुपमा रहेको छ । साथै भौगोलिक बनोट र मौसमको हिसबाले यो क्षेत्र कुनैपनि प्रकारका बाढी पहिरो जस्ता दैवी प्रकोपबाट मुक्त भई मौसम पनि सबैका लागि अनुकूल छ ।
२. स्वास्थ्य सेवा ः प्रदेश राजधानी बन्नका लागि त्यहाँको स्वास्थ्य सेवा पनि भर पर्छ । धरान उपमहानगरपालिकामा एसिया महादेश तथा नेपालकै उत्कृष्ट हस्पिटल बीपी को स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकोले स्वास्थ्य सेवाको दृष्टिकोणले
धरान राजधानी बन्न योग्य देखिन्छ ।
३. शिक्षा ः शिक्षाको दृष्टिकोणले पनि प्रदेश नं. १ मा धरान उपमहानगरपालिकाका अग्रणी क्षेत्रमा पर्दछ । यहाँ अन्तर्राष्ट्रिय स्तरको मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहन गएको छ भने नेपालको एक मात्र केन्द्रीय खाद्य प्रविधि क्याम्पस हात्तीसार यहाँ
रहेको छ । यसको अलावा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, सँस्कृत विद्या पीठ तथा विभिन्न प्राविधिक तथा प्राज्ञीक शिक्षण संस्थाहरु यहाँ रहेका छन् ।
४. शान्ति सुरक्षा ः प्रदेशको राजधानी बन्नको निमित्त शान्ति सुरक्षाको अति नै महत्वपूर्ण भूमिका रहन्छ । धरान उपमहानगरापालिका यस आधारमा प्रदेश नं. १ मा सबैभन्दा अगाडि पर्दछ । यस क्षेत्रमा संघीय इकाइ प्र्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, कालीबक्स गणहरुबाट पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति रहँदै आएको छ साथै धरान अन्तर्राष्ट्रिय सीमाना भन्दा ६० किमी टाढा रहेको हुँदा सुरक्षा र
सामरिक दृष्टिकोणले योग्य रहेको छ ।
५. यातायात ः प्रदेश नं. १ को केन्द्रको रुपमा रहेको धरान उपमहानगरपालिकाबाट प्रदेशको जुनसुकै भागमा पुग्न यातायातको व्यवस्था सुगम रहेको छ । नेपालकै सबैभन्दा उत्कृष्ट कोशी
राजमार्गले धरानलाई पूर्वको सम्पूर्ण पहाड तथा तराईलाई सहजतापूर्वक जोडेको
छ ।
६. पर्यटकीय केन्द्र ः पर्यटनको हिसाबले यो क्षेत्र प्रदेश नं. १ उत्कृष्ट क्षेत्रमा पर्दछ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले धरानको महत्व प्रदेशमा मात्र नभएर राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा रहँदै आएको छ । धरान उपमहानगरपालिका पूर्व क्षेत्रको पर्यटकीय गन्तव्यहरु जाने आधार क्याम्पको रुपमा रहेको छ । यहाँ बुढासुब्बा,दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, विष्णुपादुका,बराहक्षेत्र जस्ता धार्मिक महत्व बोकेका मठ मन्दिरहरु रहेका छन् । अर्कतिर पर्यटकीय दृष्टिकोणले ¥याफ्टिङ्ग,
प्याराग्लाइडिङ्ग, साइकलिङ्ग, हाइकिङ्ग जस्तासेवा सुविधाहरु पनि उपलब्ध रहेका छन् ।
७. मिश्रित बसोबास ः कुनै पनि प्रदेश राजधानी बन्नका लागि त्यो क्षेत्र सम्पूर्ण समुदायको भावनालाई समेट्न सक्ने हुनुपर्दछ । प्रदेश नं. १ सबै खाले समुदायको मिश्रित बसोबासको दृष्टिकोणले धरान सबैभन्दा अगाडि पर्न जान्छ ।
यी मापदण्डहरु प्रदेश नं. १ मध्ये धरानमामा रहेका कारण एक नं. प्रदेशको राजधानी धरानलाई बनाउन सुनसरी उद्योग वाणिज्य संघले मागसहित मन्त्री विश्वकर्मा समक्ष ज्ञापनपत्र बुझाएको हो ।

