२० हजार घुससहित तीन कर्मचारी प्रक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीर्य कार्यालय
इटहरीले इलाका प्रशासन कार्यालय
धरानका तीन जना कर्मचारीलाई सोमबार २० हजार घुस लिदालिदै रंगे हात प्रक्राउ गरेको छ ।
प्रशासन कार्यालयका नासु
हर्कराज राई, नासु युवराज पोख्रेल र नासु मोहन सुवेदीलाई अख्तियारका डिएसपी मुकुन्द रिजालको टोलीले कार्यालयबाटै रंगेहात प्रक्राउ गरेको हो ।
बराह क्षेत्र गाविसका एक सेवाग्राहीले सर्टिफिकेट र नागरिकतामा जन्म मिति एक महिनाको फरक भएपछि मिलाउन कार्यालय जाने क्रममा सेवाग्राहीसंग २० हजार माग गरेपछि उनले अख्तियारमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा डिएसपी रिजालको टोलीले रंगेहात प्रक्रास गरेको हो ।
सर्टिफिकेट र नागरिकताको जन्म मिति फरक पर्दा भविष्यमा अफ्ठ्यारो पर्ने भन्दै तिहार अगाडि नै नागरिकता सच्याउन गएका ती सेवाग्राहीलाई २० हजार माग गरेको र ती सेवाग्राहीले अख्तियारमा उजुरी दिएका कारण छापा मार्ने क्रममा तीनै जनालाई रंगेहात प्रक्रास गरिएको टोलीमा खटिनु भएका डिएसपी मुकुन्द रिजालले बताउनुभयो ।
प्रक्राउ पर्ने तीनै जनालाई कानुनी कारबाही अगाडि बढाइने उहाले बताउनुभयो । उनीहरुलाई मंगलबार टंगालस्थित अख्तिष्यार दुरुपयोग अनुसन्धान कार्यालय पु¥याइने र प्रक्रिया अनुरुप कारबाही अगाडि बढाइने उहाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया