लोकतन्त्र जोगाउन का“ग्रेसको विकल्प छैन

संसद भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने स्थान हो भनेर संसारका कम्युनिष्टहरुले अलाप्ने मुल जड हो । नेपालका कम्युनिष्टहरुले पनि औपचारिक रुपमा नभए पनि आन्तरिक रुपमा यही मन्त्र जप्ने गरेका छन् ।
अर्थात संसदीय व्यवस्थालाई भरपुर उपयोग गर्दै साम्यवादको मिशनमा नेपालका कम्युनिष्टहरु अगाडि बढे्का छन् । यो तीतो यथार्थ कतिपय आफूलाई कम्युनिष्ट भन्नेहरुले तत्कालका लागि पचाउन नसक्लान्, उनीहरु आफूलाई बाह्य र आन्तरिक
परिस्थितिको मुल्यांकन गर्दै सबैभन्दा ठूलो लोकतन्त्रवादीको डम्फू बजाउलान् तर उनीहरुको मिशन र वास्तविकता अन्ततः साम्यवाद नै हो ।
अहिले नेपालका कम्युनिष्टहरु बाम गठबन्धनको आवरणमा यही लक्ष्यका साथ अगाडि बढेका छन् । नेपालमा कम्युनिष्टहरुको बढ्दो प्रभाव प्रजातान्त्रिक शक्तिहरुको कमजोरी नै हो । प्रजातन्त्र स्थापनाका लागि २००३ सालमै स्थापना भएको र प्रजातन्त्र स्थापना पश्चात सबैभन्दा लामो समय मुलुकको शासनभार सम्हालेको नेपाली काँग्रेस सदैव लोकतन्त्रको पर्यायवाची रहँदै आएको छ । नेपाली काँग्रेस र लोकतन्त्र बीचको सम्बन्ध नै एक अर्काका परिपुरक हुन् । लोकतन्त्र रक्षार्थ नेपाली काँग्रेसले कसैसँग हिजोपनि कसैसँग सम्झौता गरेको थिएन र आज पनि गर्दैन ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो । आगामी मंसिर १० र २१ गते दुई चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा मुलुक अगाडि बढिसकेको छ । यसभन्दा अगाडि भएको स्थानीय तहको निर्वाचन परिणामले नेपाली काँग्रेस केही पछाडि परेको भएपनि मत संख्याको आधार हेर्दा काँग्रेस पहिलो स्थानमै छ सिट संख्यालाई आधार मानी हौसिएको हालको बाम गठबन्धन आगामी निर्वाचनमा जसरी भएपनि एकलौटी कब्जा जमाउने ध्येयका साथ अगाडि बढेको देखिन्छ । तर लोकतन्त्रलाई परास्त गर्न उसका लागि सहज भने छैन । नेपालका हरेक नागरिक अब सचेत भइसकेका छन् । वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार कुण्ठित हुने र मुलुक कैयौ बर्षसम्म अनिर्णयको बन्दी हुनेछ ।
त्यसैले पनि प्राप्त उपलब्धी रक्षा गदेै लोकतन्त्र जोगाउन नेपाली काँग्रेसको विकल्प छैन । अब झिनामसिना कुारहरुमा लोकतन्त्र पक्षधरहरु अल्मलिनु हुँदैन । यो समय स–साना कुरामा अल्मलिने समय पनि होइन । नेपालको राजनीतिमा अर्थात बाम धु्रविकरणमा नेपालको उत्तरी छिमेकी चीनलाई सर्वाधिक चासो देखाउन थालेको छ । यो दुर्भाग्यपूर्ण अवस्था हो । ्वाम
धुविकरणमा चिनिया राजदुतको सबैभन्दा ठूलो भूमिका रहेको वास्तविकता बाहिर आइसकेको छ । नेपालको राजनैतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दे आएको चीन एकाएक सक्रिय हुनु भित्र ठूलै रहस्य लुकेको हुनुहुपर्छ । विगतमा उसले एउटा असल छिमेकी मुलुकको दायित्व निर्वाह गरे पनि पछिल्ला दिनमा उसले हस्तक्षेपकारी भूमिकाको यहाँका लोकतान्त्रिक शक्तिहरुले विरोध जनाउनै पर्छ ।

तपाईको प्रतिक्रिया