झापामा डेंगु रोगको संक्रमण बढ्यो

झापा । झापामा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश शाह रहेका छन् ।
केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता हेल्थ क्लिनिकमा आएका थिए । त्यहाँबाट उनलाई थप उपचारका लागि वी एण्ड सी अस्पतालमा लैजादै गर्दा बाटौ मै मृत्यु भएको क्लनिकका सञ्चालक ब्रजेशकुमार मेहताले बताए ।
यता, जिल्ला जनस्वाथ्य कार्यलयले भने शाहको डेंगले नभई अन्य कारणले नै मृत्यु नभएको जनाएको छ । झापामा हालसम्म डेंगुका कारण कसैको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ । कार्यलयले उनको डेंगुको कारण मृत्यु भएको हो भन्ने बारे पुष्टि नभएको जनाएको छ ।
असोज पहिलो सातादेखि देखा
परेको डेंगुको संक्रमण झापामा तीब्र रुपमा फैलिदै गरिरहेको छ । झापाका बिर्तामोड, मेचीनगर, कांकरभिट्टा , दमक , कन्काई, अर्जुनधारा तथा बुद्धशान्ति लगायतमा संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ ।
हालसम्म झापामा एक सय २० जनामा यो रोगको संक्रमण देखा परेको छ । जनस्वास्थ्यका प्रमुख कोइरालाले डेंगु एक प्रकारको भाइरल इन्फेक्सन भएकोले पूर्णरुपमा नियन्त्रण नुहने हँुदा आफै सचेत रहन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया