धरान÷पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा प्रत्यक्षतर्फको निर्वाचनका लागि प्रदेश नं. १ का १३ जिल्लामध्ये ७ जिल्लामा आइतबार उत्साहका साथ शान्तिपूर्ण रुपले मनोनयन दर्ता भएको छ ।
सातजना प्रतिनिधि सभा र १४ जना प्रदेश सभाका लागि नेपाली काँग्रेस र संघीय समाजवादी फोरमबीचमा तालमेल भएको छ भने वाम गठबन्धनमा एमाले र माओवादी रहेका छन् । निर्वाचन आयागले मौसम अनुकूलतालाई ध्यानमा राखेर हिमाली तथा पहाडी जिल्लाको निर्वाचन पहिलो चरणमा मंसिर १० गते र बाँकी भित्री मधेश तथा तराईका जिल्लामा मंसिर २१ गते गर्ने निर्णय
गरेको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला रहेका छन् । जसबाट ३७ जना प्रतिनिधिसभा र ७४ जना प्रदेश सभाका लागि निर्वाचित हुने भएका छन् । प्रदेश नं. १ का सात जिल्लामा हुने मंसिर १० को निर्वाचनमा यतिबेला वाम गठबन्धन भन्दा नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धन अगाडि देखिएको छ । प्रदेश नं. १ को पहिलो चरणमा ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु रहेका छन् । पहाडका यी सातै जिल्लाबाट सात जना प्रतिनिधि सभामा र १४ जना प्रदेश सभाका लागि निर्वाचित हुने भएका छन् । प्रदेश नं. १ बाट पहिलो चरणमा हुन लागेको निर्वाचनमा नेपाली काँग्रेसले भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बुबाट प्रतिनिधि सभाका लागि नेपााली काँग्रेसबाट प्रत्यासी बन्नु भएका उमेशजंग रायमाझी भन्नुहुन्छ बाम गठबन्धनले नेपाली काँग्रेसलाई कुनै प्रभाव पार्दैन । विगतमा भएको स्थानीय निर्वाचनमा केही प्राविधिक त्रुटीका कारण नेपाली काँग्रेसले पराजय भोग्नु परेको थियो । तर अब काँगेसले त्यस्ता त्रुटीलाई सच्याइसकेको छ ।
उता ओखलढुंगाबाट नेपाली काँग्रेसले प्रभावशाली युवा नेता
रामहरि खतिवडालाई प्रत्यासी बनाएपछि बाम गठबन्धन हच्किएको छ । ओखलढुंगा पञ्चायतकालदेखि नै नेपाली काँगेसको प्रभाव र आधार क्षेत्र हो । पञ्चायतका विरुद्धमा लड्दा ओखलढुंगामा धेरै युवाहरुले सहादत प्राप्त गरेका थिए । काँग्रेस भित्रकै आपसी कलहले यस भन्दा अगाडि केही कमजोर जस्तो देखिएइको भएपनि परिस्थिति अब त्यस्तो छैन ओखलढुंगा रात्माटेका उद्धव कोइरालाको कथन छ । नेपालका सम्पूर्ण वामपन्थीहरु एकजुट भएर आएपनि ओखलढुंगामा नेपाली काँगेसलाई कसैले हराउन नसक्ने माम्खाका धिरज पोख्रेल बताउनुहुन्छ । खोटाङ्गबाट नेपाली काँगेसले सरस्वती बजियम र लोखुलुम्बुबाट प्रभावशाली व्यक्तित्व बलबहादर केसीलाई उमेद्वार बनाएपछि चुनावी माहोल काँग्रेसको पक्षमा तातिएको छ । ताप्लेजुङ्गमा समेत नेपाली काँग्रेसले केशव दाहाललाई उमेद्वारी बनाएपछि एमालेका सचिव योगेश भट्टराई फिक्का देखिएका छन् । दाहाल नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति हुन् । उता पाँचथरमा नेपाली काँग्रेसले प्रभावशाली युवा नेता भिष्मराज आङ्गदेम्वेलाई उमेदेवारी बनाएपछि बाम गठबन्धनका बसन्तकुमार नेम्वाङ्ग कमजोर देखिएका छन् । पाँचथरमा माओवादीको प्रभाव शून्य प्रायः देखिनु र संघीय लिम्बुवान पार्टीले उमेद्वारी नदिनुले पनि संघीय लिम्बुवान पार्टीको मत आङ्गदेम्बेलाई आउने आंकलन स्थानीय मतदाताले गरेका छन् । संखुवासभाबाट काँग्रेसले स्थानीय प्रभावशाली व्यक्ति दिपक खड्कालाई उमेद्वारी बनाएको छ भने एमालेले विराटनगरका राजेन्द्र गौतमलाई उमेदवार बनाएपछि एमालेका कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

