विगतका बर्षका तिहारजस्तो यस बर्ष कृषहरुले फूलबाट आम्दानी गर्न सकेनन्

विगतमा यो गाउमा गाउ नै ढकमक्क हुने गरी फूल फुल्ने गर्दथ्यो । तिहारको समय गाउलेहरुको फूल बेच्ने समयको रुपमा लिइने गरिन्थ्यो । तर यस बर्ष गाउमै फूल नफुलेपछि बर्षौदेखि तिहारको समयमा फूल विक्री गरेर गर्जो टार्दै आएका किसानहरु यस बर्ष भने फूल विक्रीबाट आम्दानी भएन् ।
नेपालीहरुको दोस्रो ठूलो चाडको मौका छोपी सयपत्री, गोदावारी तथा मखवली फूल रोपेर विक्री गर्दै आएका धरान ५ देउराली, ठिंगाबारीका किसानहरु यसपटक फूल नफुल्दा आफूलाई तिहारको गर्जो टार्न मुस्किल भएको बताउछन्
विगतमा तिहार र फूल फुल्ने समय मिल्ने गरे पनि यसपटक तिहार फूल फुल्ने समय भन्दा अगाडि नै भएका कारण विगत बर्षजस्तो फूल पर्याप्त नफुलेको रोपे पनि रोपेका फूलहरु समेत भर्खर कोपिला लागेको अवस्थामा छन् ।
विगतदेखि नै तिहारको समयमा फूल बेचेर गर्जे टार्दै आएकी ठिंगाबारीकी ६५ बर्षीय छत्रशिला राईले विगतको जस्तो आम्दानी गर्न नपाएको बताउनुभयो । फूल लाउने समय एउटै भए पनि फुल्ने समय ढिला भइदिदा विगतको जस्तो आम्दानी गर्न नसकेको उहाको गुनासो छ ।
विगतका बर्षहरुमा यही समयमा फूल बेचेरै १० हजार भन्दा बढी आम्दानी गर्ने सोही स्थानका सन्तबहादुर मगरको भनाई पनि उस्तै छ । ढकमक्क फूल फुल्ने समयमा चिचिलामात्र लागेका कारण यो बर्ष फूल विक्रि गर्न नसकिएको उहाको भनाई छ ।
यस्तै भनाई धरान ५ देउरालीकी देवी माया आचार्यको समेत रहेको
छ । फूल नफुलेकै कारण यस बर्ष भनेजस्तो फुल विक्री गर्न नसकेको उहाको भनाई छ । विगतमा जस्तै फुल लिन व्यापारीहरु घरमै पुग्ने गरे पनि फूल नफुलेकै
कारण व्यापारीहरु समेत फर्केर जाने गरेको उहा बताउनुहुन्छ ।
छत्रशिला, सन्तबहादुर र देवीमाया मात्र हैन यस समयमा फूल विक्री गरेर गर्जो टार्ने कृषकहरु यसपटक फूल रोप्न
धेरै मेहनत खेर गएको छ । विगतमा यही गाउबाट धरानलाई मात्र पूर्वाञ्चलकै ठूला सहरमा फूल धान्ने गरेको भए पनि यस बर्ष शून्य प्राय ः भयो । विगतका बर्षहरुमा तिहारमा समयमा ५० लाख भन्दा बढीको फूल कारोबार हुने यस गाउबाट यसपटक भने कारोबार प्रायः शून्य नै रहयो । फुल बेचेर पनि तिहारका समयमा घरमा समेत प्रयोग गर्दै आएका उनीहरुले यस बर्ष भने घरमा फूल पु¥याउन समेत मुस्किल भएको स्थानीय कृषकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया