मादलको विक्री घट्यो

गोविन्द बस्नेत
धरान/ आधुनिक बाजा र आधुनिक देउसी भैलोको कारण अहिले मादलको विक्रीमा कमी आएको छ ।
समय परिवर्तनसंगै विभिन्न आधुनिक बाजा गाजाको आविस्कार हुनु र देउसी भैलोमा बढी मात्रामा आधुनिक बाजागाजा प्रयोग हुनुले पनि मादलको मागमा कमी आएको व्यापारीहरुको भनाई छ ।
केही बर्ष अगाडि देउसी भैलो खेल्दा आफ्नो परम्परालाई जोगाउदै मादल बजाएर खेल्ने गरेको भए तापनि आधुनिक युगसंगै देउसी भैलोमा मादल भन्दा पनि टेप रेकर्ड गरेर हिन्दी गीतमा नृत्य देखाउने, ड्रमसेट, गितार आदि बाजाको प्रयोग गरिने भएकोले पनि मादलको विक्रीमा कमी आएको मादल व्यापारीहरु बताउाछन् ।
उनीहरुका अनुसार विगतमा
तिहारको सिजनमा ५ देखि ७ सय मादल विक्री गर्ने भए पनि यसपटकको
तिहारमा भने मुस्लिकले २० वटा मादल समेत विक्री नभएको उनीहरुको भनाई छ ।
विगत ३५ बर्षदेखि धरान ६ देशीलाइनमा मादल व्यापार गर्दै आउनु भएका धरान १५ का टेकनाथ घिमिरेले बुढापाकाहरुले देउसी खेल्दा आफ्नो
परम्परा अनुसार देउसी खेल्ने र देउसी खेल्दा मादल अनिवार्य रुपमा चाहिने हुनाले यसको प्रयोग गरे पनि युवापुस्ताले भने मादलको प्रयोग नगर्दा विक्री
वितरण कम हुन गरेको बताउनुभयो ।
यस्तै २० बर्षदेखि धरान ६ स्थित देसी लाइनमा मादलको विक्री गर्दै आउनु भएकी धरान ३ की लालकुमारी अधिकारीको पनि टेकनाथको जस्तै भनाई रहेको छ । उहाको अनुभवमा चाहिं युवा पुस्ताले हरेक चाडपर्वमा मादलको प्रयोग कम गर्ने र बिक्री कम भए पनि मादलको पसल भने बढ्नुले पनि मादल विक्रीमा कम आएको बताउनुभयो ।
यी दुई व्यापारी जस्तै मादल व्यापारी रविन्द अधिकारी, शैलेश श्रेष्ठ लगाएका एक दर्जन मादल पसलका व्यापारीहरुको समेत यस्तै भनाई रहेको छ । उनीहरुलाई विस्तारै यो पेशाबाट विस्थापित हुने डर समेत रहेको छ ।
खासगरी मादल खरिद गरेर पूर्वी पहाडी जिल्लाको भोजपुर, खोटाङ तथा भारत लगायतका स्थानबाट मादल खरिद गरी विक्री वितरण गर्दै आएका यी व्यसायीहरु मादल विक्री नहुदा आफूले किनेको साउ समेत नउस्किने बताउछन् ।
धरानका विभिन्न स्थानमा अहिले करिब २० वटा जति मादल पसलहरु छन् । ती सबै मादल पसलेहरुको पसलमा अहिले ग्राहकको कमी छ । एउटा बाजाको भन्दा मादलको मूल्य कम भएपनि यसको प्रयोगकर्ता कम हुदै गएको व्यापारीहरुको भनाई  छ ।
उनीहरुका अनुसार एउटा मादलको डूमसेटको मूल्य २० हजार सम्म पर्ने तर एउटा ६ हजारभन्दा माथि नपर्ने भएपनि मादलको विक्री कम हुदै जानुमा आधुनिक परिवेशलाई नै उनीहरु मान्छन् । तर उनीहरु पुन: नेपाली संस्कृतिको जगेर्ना गर्नसबै पक्ष एक हुने र मादलको विक्री भविष्यमा बढी हुने आशावादी रहेका छन् ।

तपाईको प्रतिक्रिया