धरान/धरान ६ भानुचौकमा रहेको घण्टाघरबाट झरेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरैचा ९ मोरङकी २१ बर्षीया हेमन्ती मगर रहेकी छन् । मध्यान्ह १२ बजे श्रीमान टोमबहादुर मगरसंग घण्टाघरबाट धरानको दृश्य हेर्न रु ४० को टिक काटी चढेका उनीहरु एक्कासी श्रीमति हेमन्ती घण्टाघरको माथिबाट झरेपछि घण्टाघरमा एकएक हेर्नेहरुको भीड बढेको थियो ।
घण्टाघरका चौकीदारका अनुसार श्रीमान श्रीमति दुवैले टिकट काटेर माथि चढेको १० मिनेट पछाडि श्रीमति हेमन्ती झरेपछि श्रीमान अत्तालिएर तल आएको देखेको बताएका छन् । उनले आफूले कुदेर हेर्न जादा श्रीमति हेमन्तीको लास भुईमा छट्पटाइरहेको अवस्थामा पाएपछि तुरुन्त प्रहरीलाई खबर गरेको बताएका छन् ।
यता श्रीमान टोम बहादुर मगरले दुवैजना धरानको दृश्य हेर्नका लागि टिकट काटेर माथि चढेपछि तिर्खा लाखेर पानी लिन तल झर्दा एक्कासी श्रीमति तल खसेको देखेको बताएका छन् । उनले विहे भएको तीन दिनमात्र भएकोले
हैरचाबाट धरान घुम्न आएको बताउदै आफूलाई समेत यस घटनाले दुखित तुल्याएको बताएका छन् ।
उनका अनुसार टोमबहादुर र हेमन्तीले असोज ३० गते मात्र विवाह गरेको बताउदै पारिवारिक खटपट समेत नभएको बताएका छन् ।
घटनापश्चान घट्ना स्थलमा पुगेको प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय धरानमा
राखेको थियो । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी निरीक्षक मुकुन्द रिजालले घण्टाबारे अनुसन्धान भइरहेकोलेले यो कर्तव्य ज्यान हो वा आत्माहत्या हो भन्न नसकिने बताउनुभयो । उहाले विवाह भएको तीन दिनमै श्रीमान श्रीमतिबीच खटपट भयो भन्न पनि नसकिने र श्रीमतिले पनि आत्माहत्या गर्नुकै कारण के हो भन्न भन्न नसकिने भएकोले अनुसन्धानपश्चात रहस्या खुल्ने बताउनुभयो । उहाले पोष्टमार्टमको रिपोर्ट पश्चात अझ खुलस्त हुने बताउनुभयो ।
