धरान/आजभन्दा झण्डै २० बर्ष अगाडि तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले राजनैतिक बेइमान गरी अरुण तेस्रो जलविद्युतको विरुद्धमा पत्राचार गरेपछि स्थगित भएको अरुण तेस्रो जलविद्युत आयोजनाको पिडिए आगामी मंसिरको दोस्रो हप्ता हुने भएको छ ।
माधवकुमार नेपालले अरुण तेस्रोको विरुद्धमा पत्राचार गर्दा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने हाल कोइराला परिवार भित्रकै सुशिल कोइराला प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री सुशिल कोइरालाको सरकारले भारतीय कम्पनी सतलजसाग अरुण तेस्रोको आयोजना विकास सम्झौतको सम्पूर्ण तयारी गरेको छ ।
साउन दोस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणमा आउादा संसदलाई संवोधन गर्दा भन्नुभएको थियो–‘नेपालसाग अपार प्राकृतिक सम्पदा छ, पानीको समुचित प्रयोग गरी नेपालले ठूलो धनराशी आर्जन गर्न सक्छ । हामी आफै विजुली निकाल्छौं र किनेर लैजान्छौं त्यसै लैजादैनौ ।’ मोदीको उक्त सम्बोधनका केही महिनापश्चात नै भारतकै सतलज कम्पनीसाग मोदीकै समुस्थिति तथा आगमनका अवसरमा आगामी मंसिरको पहिलो साता पिडिए हुने भएको छ । आगामी मंसिर १० र ११ गते हुने २८ औं सार्कशिखर सम्मेलनमा मोदी नेपाल भ्रमणमा आउादै हुनुहुन्छ । भारत सरकारको लगानी रहेको सतलसागको समझौतामा दुवै देशका पदाधिकारीहरु यतिबेला जुटेका छन् ।
लगानी बोर्डले समेत भारतको सतलज कम्पनीसाग चााडै नै पिडिए हुने जानकारी दिएको छ । अरुण तेस्रोको पिडिए हुनासाथ धराको कायापलट हुने धरानका व्यवसायीहरु बताउाछन् । अरुण तेस्रोको वेश क्याम्प सम्भवत धरानमै रहने छ । जसका कारण
रोजगार लगायत अन्य अवसर धराने जनताले पाउनेछन् । लगानी बोर्डले आधारभूत खाका तयार भइसकेको पिडिएको खाका पनि तयार रहेकोले सम्झौतामा कुनै ढिलाई नहुने जनाएको छ । लगानी बोर्डाका निर्देशक राजेश पन्तले कृषि तथा ऊर्जा समितिको कार्तिक २ गते बसेको बैठकले मंसिर १४ गतथे भित्रमा पिडिए गर्ने तयारी भएको जनाएका थिए ।
९ सय मेघावाट क्षमताको अरुण तेस्रो बनाउने सम्बन्धमा ६ बर्ष अगाडि सतलजसाग प्रारम्भिक सम्झौता भएको थियो । पिडिएका लागि भारतीय पक्षबाट समेत तिब्र तयारी भइरहेको छ । उक्त
कुरा भारतबाट प्रकाशित हुने द इन्डियन एक्सप्रेसले आइतबारको संस्करमा विशेष प्राथमिकताका साथ प्रकाशित गरेको छ । उसले समाचारमा जनाएको छ, नेपाल–भारतबीचमा अरुण तेस्रोको पिडिए सार्क सम्मेलनमा हुने मोदी भ्रमणकै अवसमा हुने छ । भारतीय विद्युत सचिव पिके सिन्हा पिडिएकै लागि चाडै नेपाल आउने समचार स्रोतले जानकारी दिएको छ । उनी सम्भव त यही मंगलबार नेपाल आउादैछन् । यसभन्दा अगाडि उक्त प्रारम्भिक हस्ताक्षर भएको थियो । उक्त प्रारम्भिक हस्ताक्षरमा नेपाल र भारतको मन्त्री परिषद्ले स्विकृत गरिसकेकाले अब भारतका विद्यतु सचिव र नेपालका ऊर्जा सचिवलेले हस्ताक्षर गरी अन्तिम रुप दिने भएका छन् । मंगलबार भारतीय विद्युत सचिव सिन्हा नेपाल आएपछि उच्च तहमा वार्ता र समझदारी गर्ने कार्यमा संलग्न हुने समेत बताइएको छ ।
यहाा स्मरणीय कुरा के छ भने २०६४ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छादा सतलजलाई अरुण तेस्रो सर्भेक्षणको अनुमति दिएको थियो । यससागै बोर्डले २०६९ सालमा अरुण तेस्रो सतलजलाई बनाउन दिन समेत निर्णय गर्यो । यससागै सतलजले उद्योग विभागमा साढे ८२ अर्बलगानी ल्याउने प्रतिवद्धता सहित कम्पनी दर्ता गरिसकेको छ । अरुण तेसो नदीको बहाव अत्याधिक रकेको छ । यही वहावका आधारमा चारबर्ष अगाडि नै साढे ८२ अर्ब रुपैयाा लगानी हुने अनुमान गरेको थियो । अरुण तेस्रो निर्माण सम्पन्न भएपछि सतलजले नेपाललाई २१.९ मेघावाट विद्युत सित्तैमा दिनेृ निर्णय समेत गरेको छ ।
त्र
