नेपाली काग्रेस वडा नं. ११ द्वारा वृहत चियापान कार्यक्रमको आयोजना

धरान/नेपाली कााग्रेसका संस्थापक नेता बीपी कोइरालाले
प्रारम्भ गर्नुभएको चियापान कार्यक्रम अब केन्द्रमामात्र सीमित नरही जिल्ला, क्षेत्र, नगर र वडाहरुसम्म फैलिएको छ । विजयादशमीको पूर्व सन्ध्यामा नेपाली कााग्रेस केन्द्रीय समितिले वि.सं. २०३९ साल अर्थात बीपीको निधनपश्चात चियापानलाई परम्परागत रुपमै आयोजना गर्दे आएको भए तापनि जिल्ला, नगर,, क्षेत्र र वडाहरुले आफ्नो अनुकूल दशै र तिहारका अवसरमा आयोजना गर्न थालेको छ ।
शनिवार नेपाली कााग्रेस ११ नं. वडा समितिले वृहत चियापान कार्यक्रमको आयोजना गरी एक अर्कामा शुभकामना आदानप्रदान गरेका छन् । नेपाली कााग्रेस सुनसरीका जिल्ला सह सचिव विकास आचार्यको आथित्यमा सम्पन्न उक्त चियापान कार्यक्रममा धरानका २३ वटै वडाका सभापति, नगर, क्षेत्र तथा भातृ संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै प्राज्ञ एवम् बीपी चिन्तन प्रतिष्ठान सुनसरीका अध्यक्ष आनन्द आचार्यले नेपाली कााग्रेसका संस्थापक नेता बीपी
कोइरालाले प्रारम्भ गर्नुभएको परम्परालाई आम कार्यकर्ताको पार्टीको् तल्लो इकाईसम्म पुर्‍याउनु सुखद भएको बताउनुभयो । उहााले भन्नुभयो, नेपाली कााग्रेस जब जब सत्तामा आउाछ तव तव विकासले तिबता पाउने गरेको छ । हालैमात्र प्रधानमन्त्री सुशिल कोइरालाको निर्देशनमा धरानमा मालपोत कार्यालयको शाखा खोल्ने निर्णय मन्त्री परिषद्को वैठकले गरेको छ । यसले धरानको विकासमा थप टेपा पुर्‍याउाछ, उहााले भन्नुभयो । नेपाली कााग्रेसका नगर उपाध्यक्ष शैलेश कोइरालाले उपस्थित सवैप्रति शुभकामना व्यक्त गर्दै भन्नुभयो, लोकतन्त्रको संरक्षण गर्दे विकास गतिविधिलाई अगडि बढाउने एउटैमात्र  पार्टी नेपाली कााग्रेस भएको प्रष्ट पार्दै विगतका लोकतन्त्र प्राप्तिका लागि जे जति आन्दोलन भए ती सबैको नेतृत्व कााग्रेसले नै गरेकोले अन्य दलले कााग्रेसलाई यथास्थितिवादी भन्नु लज्जास्पद भएको प्रष्ट पार्नुभयो ।
नेपाली कााग्रेस वडा नं. ११ का सभापति लोकेन्द्र फागोको अधयक्षतामा वडा समितिकै कार्यालयमा सम्पन्न उक्त चियापान समारोहमा वडा नं. १६ का सभापति गोविन्द बस्नेत, युवा नेता तिलक राई, वडा नं. १५का सभापति गणेश सुब्बा, वडा नं. १८ का सभापति नविनराज श्रेष्ठ, वडा नं. १९ का सभापति भीम चेम्जोङ्ग, वडा नं. ३ का सभापति सुरेश  श्रेष्ठ, वडा नं. ८ का सभापति उत्तम राई लगायतले बोल्नुभएको थियो भने सञ्चालन प्राज्ञ एवम् समितिका सचिव ललित फोम्बोले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया