दुर्गम पहाडी जिल्लामा स्वाथ्यको पहुच नपुग्दा अझै सर्वसाधारणले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । मुलुकमा राणा शासन, पञ्चायती व्यवस्था तथा संवैधानिक राजतन्त्रको अन्त्य भई संघीय गणतान्त्रिक मुलुक भइसक्दा पनि दुर्गम गाउमा बसोबास गर्नेहरुले अहिलेसम्म त्यसको महसुस गर्न पाएका छैनन् ।
महालक्ष्मी गाउ पालिका वडा नं. ४ का हेमकर्ण जिमीले १९ बर्षीया छोरी पूजा जिमी ५दिन देखि ज्वरोले थला बनाएपछि सोही वडाको बुधबारेमा रहेको चानुवा हेल्टपोष्टमा उपचारका लागि ल्याउनुभयो ।
यातायातको साधन नचल्ने त्यस ठाउमा अस्पतालसम्म ल्याउन गाउलेको सहयोगमा ४ घण्ट लाग्यो । दशैमा अस्पताल बन्द भएपछि अस्पतालमै काम गर्ने अहेव मिना अधिकारीको क्लिनिकमा चेकजाच गर्नुभयो । गाउमा गतिलो अस्पताल नहुदा गम्भीर प्रकृतिका विरामी धरान वा विराटनगरका ठूला अस्पतालमै लानुपर्ने बाध्यता भएको हेमकर्ण बताउनुहुन्छ ।
पूजा मात्र हैन यस नगरपालिकाका सर्वसाधारणको सबेको हविगत उस्तै
रहेको छ । सरकारले पूर्वाधार विकास नगरीकन नै भटाभट नगरपालिका घोषणा गरे पनि सर्वसाधारणले राज्यबाट पाउने सुविधा अझ सम्म पाउन सकेका छैनन् ।
धरानदेखि १ सय ५० किमीको
दूरीमा धनकुटाको लेगुवा पुगेपछि त्यस स्थानमा पुग्न ८ घण्टाभन्दा बढी दूरी पैदलै हिड्नुपर्ने बाध्यता रहेको छ । सडकले नछोएको यो स्थानमा रहेको चानुवा अस्पतालमा सामान्य उपचार बाहेक केही नहुने अस्पतालका कार्यरत अहेब मीना अधिकारी बताउनुहुन्छ । सरकारले निःशुल्क दिने औषधि सीमित आउने गरेकाले पनि उपचारमा समस्या भएको उहा बताउनु्ुहुन्छ ।
अस्पतालमा चार जना कर्मचारी रहेका छन् । अस्पतालमा एचए प्रेमबहादुर साह, अहेव मदन अधिकारी, तेजबहादुर धौलाकोटी र् अनमी मिना अधिकारी रहेका छन् ।
अहेव मिनाले अस्पताल छेउमा मेडिकल खोलेका कारण त्यहा आउनेलाई धेरै सहज भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भरत चापागाई सेवासुविधाका अभावकै कारण यहा धेरैले ज्यान गुमाउनुपरेको बताउनुहुन्छ । उहाले यहाको अस्पतालमा सामान्य ज्वरो खोकीबाहेक अन्य सामान्य उपचार हुने भएकोले गम्भीर प्रकृतिका विरामीहरु धरान तथा विराटनगरमै पु¥याउनुपर्ने बाध्यता भएको बताउनुभयो । आफू निर्वाचित भएर आएपछि भने सुधारका लागि पहल गरिरहेको उहाले बताउनुभयो ।
राज्यले पूर्वाधार विकास नभएका स्थानमा समेत चार पाचवटा गाविस मिलाएर गाउपालिका तथा नगरपालिका घोषणा गरेपनि सर्वसाधारणले अझै त्यस्तो महसुस गर्न सकेका छैनन् । देशले नया कोल्टे फेरे पनि जनताले त्यसको महसुस गर्न पाएका छै्र्रनन । यसतर्फ सरकारले बेलैमा सोच्न जरुरी छ ।

