दशै लगत्तै तिहारको रमझम बढेसँगै गोरखा डिपार्टमेन्ट स्टोरमा अत्याधिक भीड खाद्यान्न, पेय पदार्थ, बेबी आइटम, सर्टि·, सुटि·मा भारतसम्मका ग्राहक

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय बन्दै
धरान÷विगत १८ बर्षदेखि ग्राहकको मनमस्तिष्कमा सकारात्मक छाप छोड्न सफल गोरखा डिपार्टमेन्ट स्टोरको स्वादिष्ट बेकरी उत्पादन यतिबेला पूर्वाञ्चलमै लोकपिय बन्दै गएको छ ।
प्रारम्भमा आफनो डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुलाई लक्षित गरी शुद्ध घ्यु, दूधबाट उत्पादन थालेको बेकरी उद्योगले इटहरी, विराटचौक र दमकस्थित रहेको शाखाहरु बाहेक खुल्ला बजारमा समेत माग बढ्दै गएपछि गोरखाले उत्पादन गरेकोे वेकरी बााहिर पनि बिक्री गर्न शुरु गरेको हो ।
इटहरी ४ हलगडास्थित
गोरखा बेकरी उद्योगका सहायक म्यानजर प्रेम केसीका अनुसार गोरखाका बेकरीको यतिबेला पूर्वमा उच्च माग रहेको छ । ग्राहकहरुको माग बमोजिम उत्पादन पु¥याउन नै हामीलाई धौ धौ परेको छ । हरेक दिन उद्योग परिषरमै साइकल, मोटरसाइकल, साना सवारी साधनहरु लिएर व्यवसायीहरु विहानैदेखि आइपुग्छन । दर्जनौ प्रकारका स्वादिष्ट बेकरीका आइटम लिएर उहाँहरु धरान, हाँसपोसा, इटहरी, इनरुवा, खनार, दुहवी, विराटनगर, बेलबारी, गछिया, मंगलबारे, उर्लाबारी, दमकसम्म पुग्ने गर्छन् ।
मोटरसाइकलबाटै गोरखा बेकरीको व्यवसाय गर्दै आउनु भएका विराटनगरका श्याम गिरी भन्नुहुन्छ गोरखाकै बेकरीका लागि ग्राहकहरु पर्खिबसेका हुन्छन् । स–साना पसल र घर घरमा सामान पु¥याउदै आएको बताउने गिरीले गोरखाका उत्पादनलाई आÏनो व्यवसाय नै बनाएका छन् । गोरखाका उत्पादन विक्री वितरण गरी जीविकोपार्जन गर्नेहरु यतिबला दर्जनभन्दा बढी रहेका छन् । सहायक म्यानेजर प्रेम केसीका अनुसर हाल गोरखा बेकरी उद्योगबाट मिल्क ब्रेड, मिनि मिल्क व्रेड, वन वे्रड, डुनट, सप्ट रोल आदि बे्रडतर्फका उत्पादन हुन भने विस्कुटका आइटममा क्रिमरोल, वर्फि पप, तिल पप, राउन्ड स्विट, नास्ता नमकिन विस्कुट, वटर विस्कुट, बदाम विस्कुट, ओरेन्ज कोकोनट विस्कुट, गोरखा कोकोनट विस्कुट, चकलेटी विस्कुट, नमकिन विस्कुट, स्विट पिनट, सुजि विस्कुट, क्रिम कोकोनट विस्कुट, खजुरी विस्कुट काजु विस्कुट तिल विस्कुट, वर्फी विस्कुट रहेका छन् ।
यसैगरी कुकिज आइटमम आरेन्ज कुकिज, वटर कुकिज, हनि कुकिज, नमकिन कुकिज, काजु कुकिज र वटर कुकिज रहेका छन । टोस्टमा इलाइची टोस्ट, सुजि टोस्ट, केक आइटममा भेनेला Ïलेवर, चकलेट Ïलेबर, ओरेन्ज Ïलेवर, किवी Ïलेर, लेमनी एलो, स्टेबरी, ब्लाक फरेस्ट, पाइनापल, म्याङ्गो, ब्लु बेरी, ह्वाइट फरेस्ट र मोडल केक उत्पादन भइरहेका छन् ।
सहायक म्यानेजर प्रेम केसी भन्नुहुन्छ, चोको डेनिस, क्रिम विस्कुटको बजारमा अत्याधिक माग रहको छ । अरु उत्पादित आइटमको माग छैन भन्ने हैन, बजारमा सबै उत्पादन राम्रोसँग गइरहेका छन् । यसका अलावा खुवा, कालाकन्द, रसबरी लालमोहन लगायत विभिन्न स्वादका दर्जनौ मिठाइमा समेत पूर्वीली ग्राकहहरु लोभिएका छन् ।
ग्राउण्ड फ्लोर र गोरखा गल्लीमा पनि उस्तै
गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउन्ड फ्लोर र अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन
गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । ग्राउन्ड Ïलोरको उत्तरपट्टि रहेको
बेकरी पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका
छन् ।
ब्राण्डेड कम्प्युटर तथा ल्यापटपमा आकर्षण
हरेक उमेरका अहिलेका पुस्ताका लागि अनिवार्य जस्तै भएको कम्प्युटर र ल्यापटप खरिदका लागि ग्राहकको पहिलो रोजाईमा परेको छ गोरखा डिपार्टमेन्ट स्टोर । जुनसुकै साइजका ब्राण्डेड ल्यापटप र कम्प्युटर बजारमा पाइने मूल्य भन्दा कम मूल्यमा पाइएपछि पनि यसप्रति ग्राहकको रुची बढेको हो ।
एप्पल, डेल, एच.पी, लेनेर्वा, एसर जस्ता ब्राण्डेड ल्यापटपले प्रयोगकर्तालाई नलोभ्याइरहन सक्दैन । यसका अलावा अलइन वान कम्प्युटर (जसमा छुट्टै सिपियुको झन्झट नहुने र बर्षौसम्म टिक्ने) का कारण पनि कम्प्ुटर सेक्सनमा ग्राहकको सधै भिडभाड देखिने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, दैनिक सरदर १० वटा ल्यापटप र त्यतिकै अनुपातमा अलइन वान कम्प्युटरहरु बिक्री हुने गरेका छन् । मनिटरमा डेल, सामसुङ्ग, आसुस, एक्सज सिरिज, प्रोसेसर, प्रोजेक्टरहरुसमेत फिक्स प्राइसमा उपलब्ध छन् । प्रिन्टरहरुमा सामसुङ्ग, ब्रदर, क्यानन,ब्लाक एण्ड ह्वाइट र कलर दुवैमा उपब्ध छन् । कम्प्युटरका लागि चाहिने सम्पूर्ण पार्टहरु समेत एकै ठाउँमा उपलब्ध छन् ।
डिपार्टमेन्ट स्टोरका कर्मचारी रन्जित मालाकारका अनुसार अहिलेका पुस्तामा इलेक्ट्रोनिक्स सामान खरिदमा आकर्षक नै बढेको छ । डिपार्टमेन्ट स्टोरको दोस्रो तलामा उपलब्ध सम्पूर्ण इलेक्ट्रोनिक्स सामान खरिदका लागि स्थानीयदेखि भारतको सिलगुढी, दार्जीलिङ्ग, सिक्किम , आसामसम्मका ग्राहकहरु आउँछन् ।
बेवि आइटममा अभिभावकस“गै बालबच्चा
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलाको विशेषता नै बेग्लै छ । नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक कपडाले अभिभावक र बच्च दुवैको मन लोभ्याउँछ । खास गरी भर्खर जन्मिएका बच्चादेखि १५ बर्ष उमेरका बच्चाहरुका कपडा, आकर्षक खेलौना, स्टेशनरीका सामान, स्कुल व्याग आदि खरिद गर्न उक्त तलामा विहानैदेखि ग्राहकको भीड लाग्ने गरेको छ । जाडोका समयमा न्याना लुगा र गर्मीका लागि अत्यन्तै हलुका कपडा छान्नेहरु तँछाडमछाड गरिरहेका हुन्छन् । झापाको सुरुङ्गा २ बाट आएकी अस्मिता शिवाकोटीले सोमबार झण्डै दुई घण्टा लगाएर दुई जना नानीका लागि कपडा किनेको बताइन् । जुन हे¥यो त्यही राम्रो लाग्छ, हल्का र सस्तो समेत भएपछि नकिनी त मनै थामिएन । उनीसँगै रहेका पति अर्जुन उप्रेतिले भने श्रीमति लिएर हिँड्नै अप्ठेरो । जे देख्यो त्यही किन्छन् । पतिले यसो भन्दा उनी खित्का छाडेर हाँस्दै थिइन् ।

तपाईको प्रतिक्रिया