बिराटनगर / आफूलाई लोकतन्त्रको दुहाइ दिने कााग्रेस र एमाले नेतृत्वको
सरकारले महिला हिंसाको घटनामा कस्तो रुप अपनाउँछ भन्ने उदाहरण बिराटनगरमा देखिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालासँग फोटो खिचाउने कााग्रेस नेताले आÏनै घरमा काम गर्न राखेकी धर्मपुत्रीमाथि यौनजन्य हिंसा गरे पनि उनलाई प्रहरीले अहिलेसम्म समातेको छैन ।
अभियुक्तले पीडितलाई अढाइ लाख रुपैयाँ दिएर घटना ढिसमिस पार्ने प्रयास गरे पनि पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेकी छन् । पीडित किशोरी अहिले माइती नेपालको संरक्षणमा छिन् । अभियुक्त कााग्रेस नेता शर्मा बिराटनगरमै लुकेर बस्दा पनि प्रहरीले भेटेको छैन । उनका पछाडि कााग्रेस नेताहरुको संरक्षण छ ।
बिराटनगर–१० हाटखोलामा घर भएका ५३ वर्षीय कााग्रेस नेता गोपाल शर्माले आÏनो घरमा पालेकी धर्मपुत्रीलाई मुख मैथुन गर्न लगाउनेदेखि अनेकन प्रकारका यौनजन्य कार्यमा लगाउने गरेको र कसैलाई भनेमा मारिदिन्छु भनेर धम्काएको उजुरीमा उल्लेख छ ।
‘०६९ सालदेखि घरमा कोही नभएको अवस्थामा अन्यायीले मलाई कपडा किनिदिन्छु भनी लोभ देखाई मेरो शरीरको सम्वेदनशील अंगहरुमा छुने, चलाउने, समाउने गरेको र कसैलाई नभन्नु, भनेमा तेरो जीबन बर्बाद पारिदिन्छु भनेकाले कसैलाई भन्न सकेकी थिइँन,’ पीडितको जाहेरीमा भनिएको छ,’मलाई पटकपटक करणी गर्न खोज्दा पनि भाग्न सफल हुँदै आएकी थिएँ ।’
धर्मछोरीमाथि यौन दुराचार
पीडित किशोरीलाई कााग्रेस नेता गोपाल शर्मा र उनकी श्रीमतीले धर्मपुत्रीका रुपमा सानैदेखि पालेका हुन् । उनले एससलसीसम्म पढेकी छन् ।
आमा सानैमा बितेकी र बुबाले अर्की आमा ल्याएपछि यी किशोरी अर्काको घरमा बस्न बाध्य भएकी हुन् । धर्मपुत्री बनाएर आफूले लालन–पालन गरेको भनिए पनि उनलाई शर्मा परिवारले घरेलु बाल श्रमिकका रुपमा श्रम शोषण गर्दै आएको थियो ।
उनी किशोरी अवस्थामा पुगेपछि श्रमका अतिरिक्त उनी कााग्रेसका मजदुर नेताबाट यौन शोषणमा समेत परिन् । पीडित किशोरी शर्मापत्नीकी नातेदारसमेत हुन् ।
पैसाको धम्की
कााग्रेस नेता शर्माले सुरुमा पैसा दिएर केसलाई लुकाउने प्रयास गरेको बुझिएको छ । केटीलाई अध्ययनका लागि भन्दै अढाइ लाख रुपैयाँ दिइए पनि केटीले आफूलाई अन्याय भएको भन्दै प्रहरीमा उजुरी गरेपछि यो केस अहिले मोरङ जिल्ला अदालतमा पुगेको छ ।
बाबुको योगदान वीर्य मात्रै
पीडित किशोरीका वास्तविक बाबु अहिले ललितपुरमा कान्छी श्रीमतिसँग बस्छन् । तर, उनले छोरीमाथि अन्याय हुँदा उनलाई सहयोग गर्नुको साटो उल्टै फोन गरेर छोरीलाई नै थर्काएका छन् ।
‘पावर भएको मान्छेसँग यसरी जोरी खोजेर हुन्छ ? तिमीहरुले केही पनि नाप्दैनौ, म पनि हेरौंला,’ आÏनी छोरी बलात्कृत भएपछि बाबुले फोनमा यसरी धम्क्याएको स्रोतले बताएको छ ।
सुशील कोइरालाले झण्डै अपहरण गरे
यसैबीच पीडित किशोरीका दाजुलाई अघिल्लो साता बिराटनगरको ट्राफिक चोकबाट कााग्रेस कार्यकर्ता सुशील कोइरालाको टोलीले अपहरणको प्रयास गरेको छ । उनी उम्किएर काठमाडौं आइपुगेका छन् ।
अभियुक्त गोपाल शर्माकी पत्नीले काठमाडौं आएर पीडित किशोरीका दाजुलाई ५० हजार रुपैयाँ थपिदिन्छु, मिलौं भन्ने प्रस्ताव राखेकी छन् । तर, पीडितका दाजुले केस दर्ता गर्ने बताएपछि उनले आफूले पनि ‘किडन्यापिङ’को केस हाल्ने बताएकी छन् ।
काँग्रेसको लोकतन्त्रमा टुहुरालाई न्याय
उनले वर्षदिनसम्म बाहिर व्यक्त गर्न सकिनन् । बल्ल तल्ल उनले आÏनो दाजुलाई फोन गरेर घटना सुनाइन् ।
तर, यति हुँदा पनि शर्माकी पत्नीले ‘मेन घटना’ नभएको भन्दै मेडिकल
गरेर हेर्न भनिन् । मुद्धा चलेपछि मेडिकल जाँच पनि भयो । रिपोर्टमा ‘गुप्ताङग
पुरानो च्यातिएको’ भन्ने उल्लेख भयो ।
रगत वा वीर्य नपाइएको रिपोर्ट आएपछि शर्मापत्नीले मेडिकलबाटै ‘मेन घटना’ पुष्टि नभएको र शर्मा निर्दोष रहेको भनिरहेकी छन् । शर्मालाई उनैले लुकाएर राखेको बताइन्छ ।
तर, यौन हिंसालाई मेडिकल रिपोर्टले मात्रै पुष्टि नगर्ने जानकारहरु बताउँछन् । महिलाको संवेदनशील अंग चलाएको वा मुखमैथुन गर्न लगाएको रिपोर्ट पीडितको गुप्ताङग जाँचेर पत्ता नलाग्ने अधिकारकर्मीहरुको तर्क छ ।
तर, नेपालको अदालतमा कागजी रिपोर्टका आधारमा पावरफूल व्यक्ति उम्कने गरेको पाइन्छ । अझ मोरङ जिल्ला अदालतमा कााग्रेस नेताहरुको बढी नै प्रभाव पर्ने गरेको स्रोत बताउँछ ।
यो स्थितिमा प्रधानमन्त्री सुशील कोइरालासँग नारिएर फोटो खिच्ने गोपाल शर्मा ‘मेन घटना’मा संलग्न रहेको मेडिकलबाट पुष्टि भएको भन्दै उम्किए भने यसलाई अनौठो नमान्दा हुन्छ ।
तर, के लोकतन्त्रमा गरीव, टुहुरा एवं आवाज विहीनहरुले न्याय कसरी पाउने प्रधानमन्त्रीज्यू ?
गोपाल शर्माले अन्याय गरेको भन्दै अदालतको ढोकासम्म पुगेकी अवला टुहरी किशोरीलाई यतिबेला कााग्रेसजनहरुले पैसाका लागि यस्तो अभियोग लगाएर ब्ल्याकमेलिङ गरेको आरोप लगाइरहेका छन् ।
बहिनीको इज्जतका लागि न्याय माग्ने टुहुरो दाजुलाई शर्मा परिवारले घटना बाहिर ल्याएर बहिनीको इज्जत बर्बाद पारिस् भन्दै हप्काइरहेका छन् ।
