आयो गोर्खा’ स्मारक निर्माण शुरु

वृटिश सेवामा कार्यरत रही अवकाश प्राप्त गरेका गोरखाली सैनिकहरुले आफ्नो इतिहासलाई कायम राख्न र एक समय गोरखालीले पाएको बीर उपनामलाई नामेट हुन नदिन धरान २० माछामारामा गोरखा स्मृति पार्कको निर्माणसंगै इतिहास बचाउने अभियानमा लागेका छन् ।
पूर्वलाई पर्यटकीय स्थलको रुपमा परिचित गराउदै धरान आएका आन्तनरिक तथा वाह्य पर्यटकलाई लोभ्याउने र वृटिश गोर्खालीहरुको पहिचानलाई कायम राख्नकै लागि अहोरा खटिएका छन् । उनीहरुको सांठनिक संस्था वृटिश गोरखा भूतपूर्व सैनिक संघले वृटिस सेनामा
कार्यरत हुदा ‘विश्वलाई आयो गोर्खा’ भनेर चिनाएको आफनो बहादुरीलाई नामेट हुन नदिन धरानका पुर्व वृटिस गोर्खा सैनिकहरु कम्मर कसेर लागि परेका छन् ।
विगतमा गोर्खालीहरुले गोला बारुद्ध भन्दा पनि गोर्खालीको पहिचान बोकेको कुखुरीकै माध्यमबाट विश्वमै बहादुरीलाई भावी पुस्ताले पनि बुझ्न पाउन भन्ने उद्देश्यले गोर्खा स्मृति पाक निर्माणसंगै ‘आयो गोर्खा’ स्मारक निर्माण शुरु गरिएको वृटिश गोर्खा भूतपूर्व सैनिक सुनसरीका अध्यक्ष गजेन्द्र इस्बो बताउनुहुन्छ ।
पार्कसँगै निर्माण भएको शालिकमा लडाइका समयमा विगतमा पुर्खाहरुले एउटा हातमा राईफल अर्को हातमा खुकुरी उज्याएर अघि बढेको संकेत दिएको छ ।े यसैलाई बृटिस सैनिकहरुले आयो गोर्खा भनेर चिन्छन् । पल्टनमा भएको समयमा लडाइको बेला सेनामा कार्यरत नेपालीहरु बन्दुकको गोली सकिएको अवस्थामा आफूले कम्मरमा भिरेकोे खुकुरी निकालेर दुस्मनलाई आक्रमण गर्दथे । यसरी आक्रमणमा जादा आयो गोर्खा भनेर कराउदै दुस्मन सामु जाइलाग्दा उनीहरु डराउदे । यही वीरगाथालाई
हराउन नदिन पुर्वको धरानमा वसोवास गर्ने पुर्व वृटिस सेनामा कार्यरत भुपु लाहुरेहरुले विश्वकै ठुलो पुर्ण कदको आयो गोर्खाको सालिक निर्माण गरेको बताउनुहुन्छ गोर्खा स्मृति पार्क निर्माणका परिकल्पनाकार रमेश राई ।
२०६५ साल बैशाख १ गतेवाट सुरु गरेको यो बृटिस गोर्खा स्मृति पार्क निर्माण क्रममै रहेको छ । यो पार्कको मुख्य आर्कषणनै यहाँ रहेको शालिक परिकल्पनाकार राई बताउनुहुन्छ ।
बृटिस गोर्खा स्मृति पार्कमा घुम्न आउनेले बृटिस सेनाको वारेमा थुप्रै जानकारी पाउनसक्ने उनीहरुको भनाई छ ।
१२ विघा क्षेत्रफलमा निर्माण हुदै गरेको यो पार्कमा विश्वकै ठुलो पुर्व कदको आयो गोर्खाको शालिक, चमेना गृह, सा साना होलिडे होम, भिसि भिलेज, बृटिस गोर्खा सम्वन्धी संग्राहलय, बाल उद्यान, स्वीमिङ पुल, १२ विघा जमिन वरी परि फुटपाथ र १३ जना भिसिहरुको शालिक र उनीहरुको जिवनी समेटिएको वस्तु यहा राख्ने गजेन्द्र ईस्वो बताउनुहुन्छ ।
समुन्द्र सतहवाट ७ सय १० मिटरको उचाईमा रहेकोले यो पार्क धरानको रमणीय स्थलको अवलोकन गर्न सकिने उहाको भनाई छ ।
गोर्खा स्मृति पार्कको निर्माण सम्पन्न गर्न १ करोड ४५ लाख अनुमान गरिएको छ र हालसम्मे सम्म ६० लाख जति खर्च भईसकेको छ ।
यसले गोर्खा सैनिकहरुको इतिहासलाई कायम राख्नुका साथै धरानलाई पर्यटकीय हवको रुपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया