प्रदेश नं. १ का करातेका खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदै

धरान÷ सधै राजधानीबाटमात्र अन्तर्राष्टिूय प्रतियोगितामा करातेका खेलाडीहरु भिड्न जाने गरेपनि यस पटक भने प्रदेश नं. १ अन्तर्राष्टिूय प्रतियोगिता भिड्न खेलाडीहरु जादैछन् ।
आगामी ११ अक्टुबरदेखि १४ अक्टुबर अर्थात असोज २५ देखि २८ गतेसम्म भारतको जयनगरमा हुन लागिरहेको अन्तर्राष्ट्रिय प्रतियो्गितामा प्रदेश नं. १ अन्तर्गतको झापा, मोरङ, धनकुटा र सुनसरीबाट विभिन्न तौल समूहका ९ जना कराँते खेलाडी र प्रशिक्षणसहित १५ जनाको टोली भोलि त्यसतर्फ प्रस्थान
गर्दैछ ।
प्रस्थान गर्नु अगाडि नेपाल कराते सितोरियो कराते संंघ धरानले विदाई कार्यक्रमको आयोजना शनिवार ग¥यो । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, खेलसम्बन्ध सम्पूर्ण पदाधिकारी तथा पूर्व खेलाडीहरुले खेलाडीहरुलाई विदाइ गरे ।
४ दिनसम्म हुन लागेको यस प्रतियोगितामा माल्द्रिभ्सबाहेक सार्क
राष्ट्रका सम्पूर्ण खेलाडी र इरान, इराक, साउदी अबर, दुवई तथा मलेसियाका खेलाडीहरुले जयनगरमा हुने प्रतियोगितामा भाग लिएका छन् ।
विगतको इतिहासलाई दोहो¥याउने दाउमा आफूहरु रहेको प्रशिक्षण कुवेर राईले बताउनुभयो । यसपटक तयारी राम्र्रो भएको हुनाले जित सुनिश्चितसंगै नेपालको झण्डा फहराउने विश्वास समेत व्यक्त गर्नुभयो ।
अहिले जान लागेका खेलाडीहरु समेत विगतमा राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय खेल खेलेर विभिन्न उपाधि हासिल गरेका अनुभवि खेलाडी भएका कारणले पनि नेपालको जीत सुनिश्चत हुने उहाले बताउनुभयो ।
यता खेलाडीहरुले समेत खेलप्रेमीहरुले दिएको हौसला र आफूले गरेको अभ्यासले थप ऊर्जा प्राप्त भएकोले जित सुनिश्चित हुने र नेपालको नाम राख्ने बताएका छन् ।
त्र

तपाईको प्रतिक्रिया