व्यवरायी आतंकित प्रहरी असुली धन्दामा

विगत केही समय यता पूर्वाञ्चलका व्यवसायीहरु विभिन्न राजनैतिक समूहको चन्दाका लागि दिइने धम्कीबाट आतंकित भएका छन् । दिनदहाडै राजनैतिक दलहरुको आवरणमा व्यवसायिक घरानामा प्रवेश गर्ने, औद्योगिक क्षेत्रमा प्रवेश गर्ने चन्दाका लागि धम्क्याउने, हातपात गर्ने गर्न थालेका छन् ।
तर शान्ति सुरक्षाको जिम्मा लिएर बसेको प्रहरी त्यस्ता समूहको गतिविधिबाट अनविज्ञ जस्तै भएर केवल असुली धन्दामा मग्न हुन थालेको छ । चन्दाका लागि आतंक फैल्याउने समूहले एक हप्ता अगाडि मात्र समाजसेवी एक प्रतिष्ठित व्यवसायी सीताराम अग्रवालमाथि सांघातिक आक्रमण गरे । सुनसरी इटहरी स्थित नेपाल टिम्बर इण्डष्ट्रिजका सञ्चालक अग्रवाल माथिको आक्रमण सहतमा आएपछि थाहा भयो । अन्यत्र पनि यस्ता घट्नाहरु भएका छन् । कतिपय यस्ता घटनाहरु बाहिर आएका छैनन् ।
व्यवसायीहरुलाई मात्र नभएर राजनैतिक आवरामा
सरकारी कार्यालमै प्रमखमाथि समेत त्यस्ता समूहबाट अपमान र दुव्र्यवहार भएा छन् । पूर्वी राजस्व अनुसन्धान कार्याल्य इटहरीका प्रमुखमाथि समेत राजनैतिक आवरणभित्रकै केही मानिसहरु जबरजस्ती कार्यालयमा प्रवेश गरी कार्यालय प्रमुख र अन्य कर्मचारीहरुमाथि अभद्र व्यवहार गरे । यि त केवल एउटा प्रतिनिधि पात्र मात्र हुन् । प्रहरी प्रशासन यस्ता गतिविधिबाट खासै चनाखो भएको पाइदैन । एक आद्य ठाउँमा त्यस्ता घटना भएपछि प्रहरीले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन निगरानी बढाउनुपने हो । यस्ता समूहको पहिचान गरेर उनीहरुलाई शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने हो ।
यतिबेला प्रहरी सडक, जुवा, तास, भन्सारका झोलेपोकेबाट असुली धन्दामा लागेको छ । सडकका नाकाहरुमा उभिएर मालवाहक ट्रक रोक्ने, सामानको विल भौचर हेर्ने, शंका लाग्यो भन्दै सडकमै अनलोड गर्न दिर्नेशन दिने, मोटर साइकलको लाइसेन्स चेक गर्ने, ब्लुबुक लाइसेन्स नभएको भन्दै जरिवाना काट्ने उसको दिनचर्या नै भएको छ । भन्सार तिरेर सवारी साधनमा ल्याएको सामान, एक व्यापारीले अर्के व्यापारीलाई पठाएको सामान शंका लाग्यो भने सिधै आन्तरिक राजस्व,
राजस्व अनुसन्धान कार्यालयमा पठाउनुपर्छ । फेरि सामानको भ्याट विल सम्बन्धमा प्रहरीलाई के जानकारी हुन्छ । हवल्दार जवान, अईले भ्यान सम्बन्धी कहाँ तालिम लिएका हुन्छन् ? वस्तवमै भ्याट विल हेर्ने, चेकजाँच गर्ने अधिकार प्रहरीलाई हुँदैन तर पनि असुलीका लागि ज्यादति गरिरहन्छन् । चेकजाँचको वहानमा लोड भएको ट्रकलाई सडकमा अनलोड गर्नु भन्ने अधिकार प्रहरीलाई कसले दियो ?
प्रहरीले यतिबेला वस्तवमै आफ्नो कर्तव्य विर्सिएको छ । उसको काम कर्तव्य र अधिकार समाजमा शान्ति सुव्यवस्था कामय गराउने मात्र हो । दिनप्रतिदिन गुण्डागर्दी बढिरहेको छ, समाज अशान्त बन्दै गएको छ तर प्रहरी सडक असुलीमा मग्न भएको छ । प्रहरीको यस्ता गतिविधिका सम्बन्धमा बेला बेला चौतर्फी आवाज उठे तापनि उसले आफ्नो व्यवहारमा सुधार गरेको छैन । झन अहिले त दशै लागेको छ सीमावर्तीै बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गरेर फर्किएकाहरुलाई बीच सडकमै सामान अँठ्याउने, पोकाहरु खोस्ने जस्ता तान्डव नै देखाउन थालेको छ । अन्तमा दुई चार सय दिएपछि सामान फिर्ता गर्ने, छोरी चेलीलाई जथाभावि मुख छाड्ने प्रहरीको आचरणभित्रकै कार्य हो त ?

तपाईको प्रतिक्रिया