धरान÷दशैको मुखमा आएर खसी बोकाको मूल्य आकासिएको छ । बर्षेनी दशैको समयमा खसी बोकाको काराबोर बढे पनि मूल्य भने आकासिदा उपभोक्ताहरु हैरान भएका छन् ।
धरान १३ स्थित रहेको कृषि उपज बजारमा खसी बोकाको कारोबार धेरै हुने गरेकोछ । तर यसपटक दशैंको मुखमा विगतमा ७ देखि ८ हजारमा पाइने खसी बोकाको मूल्य दोब्बर भएको त्यहा खरिद गर्न जाने उपभोक्ताहरु बताउछन् ।
दशैंको लागि खसीबोका किन्न पुग्नु भएकी धरान–१५ की मैया कार्की खसीबोकाको दाम सुनेरै अचम्मित बन्नुभयो । विगतमा ५ देखि ६ हजारमा गब्बजको खसी आउने सोचेर यसपटक बढेकै भएपनि ७ देखि ८ हजारमा आउला भन्ने सोच्नुभएकी उहाले यसपटक उत्तिनै तौल भएको खसीलाई १२ देखि १३ हजार रुपैया भन्दा व्यापारीले नछोडेपछि उहा अचम्मित बन्नुभएको हो । दशैमा प्रत्येक बर्ष खसी काटेन भने घरमा दशैको रौनक नै नथपिने बताउने उहाले अन्त्यमा सोही मुल्य बराबरको खसी किन्न बाध्य हुनुप¥यो ।
खसी किनेर तरहरा लादै गनुभएकी शान्ति श्रेष्ठले खसीबोकाको मूल्य सोचे भन्दा बढी नै भएको बताउनुभयो । उहाले व्यापारीले दशैको मुखमा मनपरी मूल्य तोक्ने गर्दा पनि सम्बन्धित निकायको ध्यान नगएको बताउनुभयो ।
शान्ति र मैया त उदाहरण पात्र मात्र हुन यहा दशैको लागि खसी बोका किन्न आउनेहरुसबैको भनाई यस्तै रहेको छ । विशेष गरी दशैंको फुलपातिदेखि नवमीसम्म नेपालीहरुले ‘मार’ हान्ने प्रचलन रहेको छ । धरानमा एउटै मात्रै बजार भएका कारण पनि महंगोमा किन्न बाध्य हुने गरेको खरिदकर्ताहरु बताउछन् । विगतमा कृषकहरु आफैले कृषि बजारसम्म खसी बोका ल्याएर बेच्ने गर्दथे । जसले उपभोक्ताले सस्तोमा खसी किन्न पाउथे । तर दशैको मुखमा खरिदकर्ताहरुले कृषकहरुको घर घरमा गएर खसी उठाउने र धरानको कृषि बजारमा महंगोमा खसी बोका बेच्ने गरेका कारण पनि खसी बोकाको मूल्य आकासिएको हुन सक्ने कषि उपज बजार सञ्चालक समितिले जनाएको छ ।

