नेपाल अग्रवाल सभाद्वारा बृद्धाश्रमलाई सहयोग

धरान÷नोल अग्रवाल सभा इटहरीले पकलीस्थित रहेको राम जानकी वृद्धाश्रमलाई भौतिक सहयोग उपलब्ध गराएको छ ।
सभाले अगवाल मारबाडीहरुका शिरोमणि महाराज अग्रसेनको ५१४१ औं जन्म जयन्तिका अवसरमा साविकको पकली गाविस हाल इटहरी उपमहानगरपालिका वडा नं. १७ मा रहेको राम जानकी वृद्धाश्रमलाई भौतिक सहयोग उपलब्ध गराएको हो । सुनसरीकी पूर्व साँसद शारदा पोखेलले तीन दशक अगाडि निर्माण गरिदिनु भएको उक्त आश्रम हाल ७ जना वृद्धाहरुले आश्रय लिइरहेका छन् । सभाले आश्रमको चाहिँ भुईमा सुत्न बाध्य बृद्ध बृद्धाहका लागि सात वटा कोठामा पुग्ने कार्पेट, वृद्धवृद्धाले तातो पानीमा नुहाउन सकून भन्ने उद्देश्यले सिलिण्डर सहितको ग्याँस गिजर, तीन थान सिििल पंखा, हरेक कोठा र बाहिर एलइडी बल्बहरु समेत जडान गरिदिएको छ । बृद्धाश्रमलाई आर्थिक सहयोग पुगोस भन्ने उद्देश्यले नेपाल अग्रवाल सभा इटहरी कार्य समितिका पदाधिकारीहरु आश्रमको आजीवन सदस्य समेत बन्नु भएको थियो । सभाका अध्यक्ष विनोद अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार डाँगी, मारवाडी सेवा समिति धरानका अध्यक्ष तथा नेपाल अग्रवाल सभा इटहरीका उपाध्यक्ष अनिल सिंघल, नवोनित रतेरिया, इटहरी वडा न. १७ वडाअध्यक्ष दिपनारायण चौधरी लगायतले बोल्नु भएको थियो भने सञ्चालन नरेन्द्रकुमार अग्रवालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया