काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले चौथो अभ्यास खेलमा हार व्यहोरेको छ ।
सोमबार भएको खेलमा नेपाल सेन्टर फर स्पोर्टस् साइन्सको टिमसँग ५ रनले पराजित भएको हो ।
२१६ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा २१० रन जोड्दा सबै विकट गुमायो । नेपालको सुरुवात भने राम्रो थियो । ओपनिङमा आएका पारस खड्काले सागर पुनसँग ८४ रनको साझेदारी गरे । खड्का मात्र १ रनले अर्धशतक बनाउन चुके ।
तर, तेस्रो नम्बरमा आएका आरिफ शेख मात्र ७ रनमा आउट भए । तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीले ६१ रनको साझेदारी गरेका सागर ६९ रनमा आउट भए । दिपेन्द्रले विनोद भण्डारीसँग १५ रनको साझेदारी गरे । भण्डारी चौथो विकेटका रुपमा १५ रनमै आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।
थप ३५ रन जोड्दा बाँकी ६ विकेट गुमायो र २१० रनमा अलआउट हुन पुग्यो । दिपेन्द्रले ४५ रन बनाए भने सोमपाल कामी ५, सुशन भारी र सन्दिप लामिछानेले ४(४ रन बनाउँदा करण केसीले ३ रन जोडे । बसन्त रेग्मी शून्यमै आउट भए भने सुशील कँडेल शून्यमै अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको सेन्टर फर स्पोट्र्स साइन्सको टिमले ५० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनाएको थियो । उसका विल्किन्स भिक्टरले ७४ रन बनाए भने अनन्थले ४५ रनको पारी खेले ।
नेपालका सुुशन भारीले ३ विकेट लिँदा करण केसी र सन्दिप लामिछानेले २(२ विकेट लिए । सोमपाल कामी र सागर पुनको नाममा १(१ विकेट रहृयो ।

