दिनेश न्यौपाने
नेपाली प्रजातान्त्रिक आन्दोलनका महानायक विश्वेश्वर प्रसाद कोइराला आज बाँचिरहेका हुन्थे भने उनि १०४ वर्षका हुन्थे । गत भाद्र २४ गते यिनै मनिषीको १०४ औं जन्मजयन्ती देशव्यापी रुपमा मनाईयो । मृत्युको दर्शकौपछि आज नेपाली समाज उनलाई सम्झिरहेको छ । भविष्यरुपता वि.पि. ले नेपाली समाजका विभिन्न आयामहरुमा हस्ताक्षेप गरेको कारणले आज उनलाई सम्झनु हामी बाध्य छौं । मूलत राजनीतिज्ञ वि.पि.ले. नेपालको सबै भन्दा ठुलो प्रजातान्त्रिक संस्था नेपाली कांग्रेसलाई स्थापना कालदेखि मृत्यु पर्यन्तसम्म नेतृत्व प्रदान गरे । नेपाली समाजलाई उदार, प्रजातान्त्रिक र सभ्य बनाउन उनले गरेको प्रयत्नले गर्दा वि.पि. नेपालका एक ऐतिहासिकक पुरुष बनेका छन् । २००७ सालको जहाँनिया राणा शासन विरोधी आन्दोलनलाई नेतृत्व प्रदान गर्ने कोइराला २०१५ सालमा नेपालको इतिहासमै पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि जेलजिवन र पछि भारतमा निर्वासित बनेका वि.पि. २०३९ सालमा यस लोकबाट विदा नहुन्जेलसम्म प्रजातन्त्रको स्थापनाको निम्ति लडे । राजाको हातमा एकत्रित शक्ति जनतामा बाड्न चाहने वि.पि. आधुनिक नेपालका एक महानायक थिए । जिवनमा जतिसुकै कष्ट आईलागेपनि आफुलाई कहिल्यै परेशानी नभएको बताउने उनी नेपाली युगको आत्मा थिए । विशेष गरेर दोस्रो विश्व युद्धपछिको बौद्धिक, दार्शनिक र साहित्यिक जागरुक र प्रयोगका अनुयायी उनको राजनीतिक जीवन भारतको स्वतन्त्रता संग्राममा भाग लिएर शुरु भएको थियो । प्रारम्भमा भारतिय समाजवादी नेताहरुबाट प्रभावित उनि माक्र्स र गान्धी दुवैबाट प्रभावित थिए । साहित्यमा पनि दखल राख्ने उनी नेपाली साहित्यमा फ्रायडीयन मनोविज्ञानका प्रयोक्ता थिए । लिओ टाल्सटाय, आन्तोन चेखव, अलवेयर कामु र जयपाल सात्रेबाट प्रभावित उनी एक अस्तित्वादी लेखक पनि थिए । मन, वचन, कर्मले एक मानवीय मूल्यमा समर्पित उनको कर्म भने नेपाली जनता र समाजको उन्नति नै थियो । वि.पि. हुर्केको नेपाली समाज सामन्ती र पुरतानवादी थियो । राणाहरुको जगजगी थियो भने वंशाणुगत रुपमा शासन गर्ने शाहवंशको परम्परा थियो । त्यस्तो समाजलाई आधुनिकीकरण र प्रजातान्त्रिकरण गर्ने अभियानमा लागेका वि.पि. कोइराला प्रजातान्त्रिक आन्दोलनको अन्य नायकहरु गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र सुर्वण शमसेर लगायत लाखौ प्रजातन्त्रवादीका सम्मानित नेता थिए । वि.पि. को व्यक्तित्वका अनेकौं आयामहरु छन् । यी आयामहरुमा उनी २०१७ सालको कु पछि शसस्त्र संघर्ष गर्न देखि २०३३ सालमा भारतको निर्वासन त्यागी
राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कदासम्म पुग्न सकिन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिलाई बुझेर राजनीति तथा साहित्य कर्म गर्न वि.पि. मुल्य र मान्यताका धरोहर थिए । समाजवादी दर्शनका प्रतिमुर्ति थिए । प्रजातन्त्र, समाजवाद र राष्ट्रियतालाई मुल ध्येय बनाई राजनीति गर्ने उनी नेपालका एक मात्र अन्तर्राष्टिूय स्तरका राजनेता थिए । विश्व समाजवादी आन्दोलनमा समेत योगदान दिने वि.पि.कोइराला खुला समाज र समतामूलक समाजको हिमायली थिए । राजाको निरंकुशताको विरुद्ध उनले आफ्नो जीवनको प्रवाह नगरी लडे । नेपाली राजनीतिको दाउपेच र षडयन्त्रलाई राम्ररी बुझेका वि.पि.
कोइरालाको नैतिक धरातल र आदर्श बलियो थियो । राजासँग सम्झौता गरेको भए जीवनभर प्रधानमन्त्री बन्न सक्ने अवसरलाई त्यागी मुल्य मान्यताको राजनीति प्रति उनी समर्पित भए । एक प्रजातनन्त्रवादी भएकोले प्रजातन्त्रको मुल्यमा उनले कसैसँग सम्झौता
गरेनन् । आफु प्रधानमन्त्री छँदाको छोटो अवधिमा पनि नेपालको प्रतिष्ठा कायम राखे । विश्वकै इतिहास उथल पुथलले भरिएको कालखण्डमा राजनीति गरेका नेपाल जस्तो पछौटे देशका नेता वि.पि. कोइरालाले भने जहिले पनि आफ्नो उचाई कायम राखे । तात्कालिन विश्वको राजनीतिसँगै आफ्नो चिन्तन तिर्खाने उनी जत्तिको बौद्धिक नेता आज सम्म नेपाली राजनीतिमा पाइएको छैन । साहित्य सिर्जना र राजनीतिक कर्मका मिलन व्यक्तित्व भएका वि.पि. कोइरालालाई नेकपा (एमाले) का महासचिव स्वर्गीय मदन भण्डारीले पनि आफ्नो मनपर्ने
राजनीतिज्ञ भनेका थिए । नेपाली जनताको उज्वल भविष्यका लागि आफ्नो जीवन अर्पण गर्ने उनि दोस्रो विश्वयुद्धपछिको

