घण्टाघरबाट हेर्दा

कांग्रेस फुरु·
नेप्लीज काँग्रेस यतिबेला फुरुङ्ग परेको छ । स्थानीय तहको निर्वाचनमा ६ क्षेत्रमा पाका पछारिएजस्तै पछारिएको काँग्रेस २ नंं. प्रदेशमा आएर यसो खुट्टा तनक्क नन्काउननासाथ घण्टाघरलाई उदेक लागेको छ । झालेमालेलाई अरुसँगको सेटिङ्गमा छिर्नै नदिएर
न्वारानदेखिको बल लगाएर अलि बढी सिट ल्याउँदैमा कछाड उचालेर नाच्नु पर्न केही छैन । राज्यका सम्पूर्ण शक्ति आफ्नै हातमा हुँदा पनि दुई चार सिट बढी ल्याउँदैमा किन फुरुङ्ग भएको होला ? ६वटा प्रदेशमा कछाड खुस्केको पनि हेक्का राख्नुपर्छ नि । अब नेप्लिज काँग्रेस खुम्चन खोज्या हो ? जाबो २ नं. प्रदेशमा अरु भन्दा गोडा दसेक सिट जित्दैमा डवेकको जाँड खाएझै मात्तिन आवश्यकै छैन । खै कुरो बुझ्या ?
व्यांग्य त गर्नै हुन वा †
झालेमालेका अध्येक्षे खप्रओ बोल्यो कि त्यसै त्यसै पेट मिचिमिचि हाँस उठ्छ । अरुको लगौटी खुस्कने गरी व्यंग्य गर्न र उखान टुक्का भन्ने के साह«ो जान्या होला ? जुनि त पाएकै रै’छन् खप्रओ वा ले । अब हेरौ न अस्तिका दिन खै कता हो कुन्नि भाषन गर्दा नेप्लिज काँग्रेसका भकभके काजीलाई दह«ै दनक हाने । उन्ले भन्या गतिलो मान्छे चारपटक पर्धानमन्तरी हुँदैन रे । उन्ले भन्या अगतिलो मान्छे मात्र मात्र चार पटक पर्धाननमन्तरी बन्छ । हुन त नेपालमा जो अगतिलो छ यसैको हालीमुहाली चल्ने गर्छ । गतिलो भा भए सर्वोच्चकी पर्धान न्यायाधीमाथि आफ्ना नन्दीभृंगी भिडाएर महाअभियोग प्रस्ताव दर्ता गर्ने नै थिएनन् । आफ्नै मान्छेलाई जस्केलाबाट जोरलात्ती हानेर प्रचण्ड पुत्रीको शति जाने नै थिएनन्, नवराज शिलवाललाई पाखा लगाउन अदालतमा सेटिङ्ग गर्ने नै थिएनन ।
ज्यान गए नदिने रे ?
प्रहरी महानिरीक्षेक प्रकाश अर्याल वाल्वाटारे कोपभाजनमा पर्ने निश्चित जस्तै भएको छ । वाल्वाटारे काजी अमेरिका भ्रमनमा जानु अगाडि यस भन्दा अगाडि नै प्रहरी महानिरीक्षेक बनाइदिन्छु भनेर राजीनामा गर्न दबाब दे छन् । हैन हौ यो प्रहरी संगठन वाल्वाटारे काजीको बपौती हो कि क्या हो ? जस्ले दक्षिणा टक्र्यायो त्यसैलाई बनाइदिने ? अर्यालले पनि प्रहरी
महानिरीक्षेकबाट ज्यान गए राजीनामा दिने भा’छन् । जबरजस्ती हँटाए सर्वोच्च जाने रे अर्याल । सर्वोच्च गएर फुइøयाँ हुन्छ । वाल्वाटारकै निर्देशन र सेटिङ्गबाट सर्वोच्चले रेडिमेट निर्णय सुनाउने त हो नि । नबराज सिल्वालाको के दशा भयो ? लहै अर्याल बाजे के कसो गर्ने हो सोच विचार गर है ।
ओली पोइल जादै
तिर्खाको बेला नपाएको मोही र वैंशको बेला नपाएको पोइको के काम भन्थे हाम्रा गामघरतिर बूढापाकाहरु हो रै’छ । अब हेरौ न दाङकी दंगाली माने कोमल ओली राप्रपा छाडेर एमालेतिर पोइल जाने पक्का भएको छ । एकताका पोइल जान पाम भनेर कोहोहोलो मच्चाएर गाउँथिन् अहिले भने उन्को सपना साकार हुने भएको छ । राप्रपातिर अब गतिला मान्छे नै छैनन् रे । हुन पनि हो । भएको अलि अलि गतिला मान्छेहरुपनि राणा र थापातिर बाँडिएका छन् । फेरि पनि बाँडिन सक्छन् । बरु दिगो र स्थायी भन्या नै झालेमाले हो । झालेमालेतिर पोल जाँदा गतिलै घरजम हुने भएरै ओली त्यतैतिर जान खुट्टा उचालेर बस्या छिन् । हुन त कोमल ओली यस भन्दा अगाडि पनि पटक पटक पोइल गएकै हुन् । कहिले पञ्चायतमा पोइल गइन, कहिले माओवादीसँग लभ प¥यो यसभन्दा अगाडि राप्रपामा पोइल गइन् तर स्थायी भएन डिभोर्स भैहाल्यो । हेरौ झालेमालेसँग ओलीको घरजम हुन्छ कि हुँदैन ?
बाउरामलाई फसाद
यतिबेला नयाँ शक्तिका बाउराम भट्टराईलाई आपत्तमाथि विपत्त आइलाग्या छ सनक्क सन्किएर हिड्या थे अब भने जता गयो हन्टर र ठक्कर मात्र । अब हेरौ आफ्नो सुरक्षित निर्वाचन क्षेत्र
गोरखा उन्का लागि विरानो हुँदै गएको छ । अत्याधिक मतले गोरखाबाट जित्दै आएका बाउरामको प्रतिस्पर्धामा माउवादीले लारायन काजीलाई उठाइदिने भएसी उनी झस्किएर बरालिन थाल्या छन् । अगुल्टाले हान्या कुकुर विजुली चम्कँदा पनि तर्सन्छ भनेझै सबैतिरबाट स्थानीय निर्वाचनमा हात लागी शून्य भएका विचरा बाउराम झस्कने नै भए । गोरखा सुरक्षित नहुने देखेपछि अहिले उनी काठमाण्डौबाट विवेकशील र साझा पार्टीलाई सघाइदेउ भन्दै जुम्ल्याहा हात गर्दै हारगुहार
गरिरहेका छन् । विचरालाई कत्रो आपत्त ? निर्वाचन क्षेत्र नै नरहने भयो गाँठे ?
गाई बेपत्ता
राप्रपाका अध्येक्षे कमलाउको गाई यतिखेर बेपत्ता भएको छ । चटारिएको थियो होला बहर खोज्दै बुर्कुसी मारेर हिड्दा अकैै क्षेत्रमा पुग्यो कि क्या हो ? पहिलो र दो्रस्रो चरणको स्थानीय निर्वाचनमा पगाहा लगाएपनि अर्काको बाली लम्की लम्की खादैै थियो अहिले त लापत्तै भयो । दुई नं. प्रदेशको निर्वाचनम कमलाउको गाई कही देखिएन । विचरा गाई खोज्दा खोज्दै हैरान भएका छन् । यस्तो विपत्तको बेला गाईको स्याहार गर्ने कोमल ओली पनि पोइला जान बेडिया विस्तार कस्दै छिन् । एकातिर गाई हराएको छ अर्कोतिर पोइल जानेको ताँती ।
विचरा कमलाउ कम्ता संकटमा प¥या छैनन् ।
अपमान भयो रे
जस्को मानै छैन उसको अपमान कसरी हुन्छ ? अब हेरौ हाम्रा
परराष्ट्रमन्तरी कृष्णबहादुर महराको अमेरिकामा अपमान भयो रे । कृष्णबहादुर महारा जस्ता परराष्ट्रमन्तरी अमेरिकमा कौन पुछे खेसडीका दाल बराबर न हो । यहाँ पो परराष्ट्रमन्तरी उता त गुएँलाको फूल । अमेरिकी
राष्ट्रपति ट्रम्पले दिएको भोज भतेर खान देउवालाई पठाएको निमन्त्रण कार्ड बोकेर चिटिक्क परेर चमेलीको तेल, परफ्युम छर्केर पुग्या थे । तर गार्डले देख्ने बित्तिकै नाक खुम्च्याउँदै बाहिरै बस्न निर्देशन दिएछन् । अब भित्र बोलाउलान….. तब भित्र बोलाउलान अह बोलाउदै बोलाएनछन् । अरु देशका मन्त्री पर्धानमन्तरीभित्र ८४ व्यान्जन जिब्रो फट्कारी फट्कारी स्वाद लिइरहेका थिए । हाम्रा परराष्ट्र मन्त्रीलाई भने बोलाउँदै बोलाएनछन् । हिस्स बूढी हरियाँ दाँत भनेझै विचरा अन्तेमा खिस्रिक्क परेर फर्किएछन् ।
अन्तेमा
हिजो आज सुजो लापत्ता भएकै हो कि क्या हो ? त्यत्रो प्रदेश नं. २ को चुनाउ भयो त्यसभन्दा अगाडि अन्त पनि भयो तर सुजो कही कतै सुनिएन, देखिएन । देउवा नेतृत्वमा आएसी’ गन्तीबाट हराउँदै गएकी सुजोले अस्तिका दिन विराटनगरमा आएर भडास पोखिन यो शेरबहदाुर देउवाले काँग्रेस खत्तम ग¥यो, सुजोको गफ सुनेसी घण्टाघरलाई पेट मिची मिची हाँस्न मन लाग्यो । बात के भने हिजो गिर्जाउ हुँदा काँग्रेस सिध्याउने चलखेल सुजो आफैले ग¥या त हो
नि । सिध्याउने मामलामा कहिले सासुको पालो कहिले बुहारीको पालो । कि कसो हौ ?

तपाईको प्रतिक्रिया