इटहरी÷सोमबार इटहरी स्थित पूर्व क्षेत्रीय राजस्व अनुसन्धान कार्यालयमा तीनजनाको एउटा समूहले नेकपा माओवादी वैध समूहका कार्यकर्ता हौ भन्दै कर्मचारीहरुलाई अभद्र व्यवहार
गरेर फर्किए ।
कार्यालय प्रमुख जयबहादुर भण्डारी आÏना कर्मचारीहरुसँग नियमित बैठकमा भएको र हाल भेट्न नसकिने सुरक्षाकर्मीले जानकारी गराउँदा उनीहरु जबरजस्ती बैठक कक्षमा जाने प्रयास गरेपछि कर्मचारी र सुरक्षाकर्मीले उनीहरुलाई रोक्दा अभद्र व्यवहार
गरेको कर्मचारीले बताएका छन् ।
बाहिर हो हल्ला जस्तो सुनिएपछि बैठक कक्षबाट बाहिर निस्केका कार्यालय प्रमुखले वास्तविकता बुझ्न खोज्दा उनीहरुले आफू बैध समूहका कार्यकर्ता हौ भन्ने परिचय दिएका थिए । उद्देश्यविहीन भेट्नुको औचित्य नरहने र राजनीतिक दलका कार्यकर्ताहरुसँग किन भेट्ने ? जनताका कुनै काम छन्, सरोकारका कुनै कुराहरु छन् भने भन्नोस् भनेर आग्रह गर्दा उनीहरु तथानाम भन्दै निस्किएको कर्मचारीहरुले बताए । यस सम्बन्धमा कार्यालय प्रमुख भण्डारीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो तीन जनाको एउटा समूह आएको थियो । उनीहरुले आफूलाई बैध माओवादीका कार्यकर्ता समेत बताएको तर हुन होइनन् थाहा भएन । यसै सम्बन्धमा बुझ्न सुनसरीका प्रमख जिल्ला अधिकारी गोपालप्रसाद
पराजुलीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो म पनि बाहिर गएको थिएँ । वास्तविकता बुझिसकेको छैन । राजस्वसँग सशस्त्र र नेपाल प्रहरीको फोर्स छ । उनीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने थियो । उहाँले किन त्यसो गर्नुभएन थाहा भएन । उहाँले थप्नुभयो दशैँ तिहारको बेला छ विभिन्न समूह चन्दा प्रयोजनका लागि सक्रिय हुन्छन् । अब सरकारी कार्यालय, भीड हुने स्थानहरु, व्यापारिक घरानाहरुमा बाक्लो सुरक्षाकर्मी परिचालन गर्दछौं ।
