धरान÷ प्रदेश नं. १ लाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने क्रममा धरानमा समेत हर्न निषेधित क्षेत्र घोषणा भएको छ । सुनसरीमा भने इटहरीलाई हर्न निषेधित क्षेत्र बनाएसंगै असोज १ गतेबाटे धरानलाई समेत निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाको सहकार्यमा धरानलाई हर्न निषेधित घोषणा गरिएको हो ।
धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको प्रमुख आतिथ्यमा भएको घोषणासभा कार्यक्रममा संघीय प्रहरी इकाइका प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाल, जिल्ला टूाफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक इन्द्र सुवेदी, इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी रामेश्वर पौडेल लगायत यातायात व्यवसायी, यातायात मजदुर तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । घोषणासभामा बोल्दै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले राम्रो कामको शुरुवात गर्दा धेरै बाधा व्यवधान आए पनि हर्न निषेधित भइसकेपछि धेरै कुरा फाइदा हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै संघीय प्रहरी इकाई कार्यालयका प्रमुख एसएसपी पालले हर्न निषेधित क्षेत्र घोषणासंगै ध्वनी प्रदुषण कम हुने त छदैछ दुर्घटनाको जोखिम समेत घटेर जाने बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांशले शुरुवात गर्न गाहूो हुने भएपनि विस्तारै कार्यान्वन हुने ्र यसले दुर्घटनाको जोखिम घटाउने बताएका थिए ।
