सुनसरीमा मानव वेचविखन विरुद्धको अभियानलाई सशक्त बनाइने

धरान÷ सुनसरीमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको अभियानलाई तिव्रता दिन लागिएको छ ।
जिल्लास्थित सरोकारवाला तथा अधिकारकर्मीहरुको बैठकले मानव बेचबिखन तथा ओसार पसार न्यूनिकरणकालागि रणनैतिक योजना अनुरुप अघि बढ्ने निर्णय गरेको हो ।
जिल्लाको अवस्था र समिक्षा सहित थप कार्य योजना निर्माणकालागि भेडेटारमा सम्पन्न कार्यशालाले सूचना प्रवाहको सहजता, सचेतना र सरोकारवालावीच समन्वयात्मक भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउने सहमती जुटाएको हो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति सुनसरीको संयोजन तथा प्लान नेपालको सहयोगमा साझा सवालका लागि साझा मंच कोकन दुई दिने कार्यशालाको आयोजना गरेको थियो ।
कोकन संयोजक मञ्जिता उपाध्यायले जिल्लाका प्रशासनिक निकायका प्रमुख सहित सरोकारवाला र अधिकारकर्मी सहितको सामूहिक पहल र प्रतिवद्धता मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियानकालागि कोशेढुङ्गा सावित हुने विश्वास ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया