मन्त्री समक्ष उद्योगी व्यवसायीको गुनासो

विराटनगर÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विराटनगरको समग्र विकास, औद्योगिक सुधार, एयरपोटको आधुनिकीकरण, सडकको मर्मत, सुधार एवम् विस्तारका लागि सरकार सहयोग गर्न तयारहेको बताउनु भएको छ ।
आइतबार मोरङ्ग व्यापार संघद्वारा अर्थमन्त्री कार्कीको स्वागत एवम् सम्मानमा आयोजित कार्यक्रममा मोरङ्गका उद्योगी व्यवसायीहरुको गुनासो सुनिसकेपछि उक्त कुरा बताउनु भएको हो ।
अर्थमन्त्री कार्कीले भन्नुभयो, मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड अ‍ैद्योगिककरण भएकोले उद्योगीहरुले भेग्नुपरेका समसइाहरुलाई निरुपण गर्न आफू सक्दो सहयोग गर्ने बताउनुभयो । अब मुुलुक संघीयतातर्फ गएकोले सोही अनुरुप पूर्वाधारको विकास हुने पनि उहाँको कथन थियो ।
सो अवसरमा सरकरको गलत नीतिका कारण उद्योगी व्यवसायीहरुले भोग्नुपरेको समस्याका सम्बन्धमा विराटनगरका प्रतिष्ठित उद्योगी एवम् समाजसेवी ताराचन्द खेतानले भन्नुभयो, पछिला दिनमा औचित्य र आवशयकता पुष्टि नै नगरी विभिन्न बैंक, वीमा कम्पनी र मेडिकल कलेजहरुमा राजैनैतिक पभाव र व्यक्तिको पभावमा लाइसेन्स दिने कर्य बन्द गर्नुपर्ने, व्यक्तिको नाम शेयर खरिद गरेको अवस्थामा ५ प्रतिशत लाभांश कर लाग्छ । तर त्यही शेर व्यक्तिको स्वामित्वमारहेको फर्म वा कम्पनीमपार्mत खरिद गर्दा १० पतिशत लाभ कर लगाइन्छ र अन्तमा कुल मुनाफामा जोडेर आयकर समेत लगाइन्छ । जबकी सरकार भन्छ लाभकर एकद्वार प्रणली हो । एक ठउँमा लागेपछि अर्को ठाउ“मा लाग्नु हुँदैन । उहँले भन्नुभयो, शेर बजार नेपालमा भर्खर प्रस्फुटन हुँदैछ । यसमा पनि ५ प्रतिशत पूँजीगत लाभकर लगाइएको छ । अरु देशमा १ बर्ष भन्दा पुरानो शेयर कसैसँग छ भने तयसलाई दैनिक व्यापार नमानेर इन्भेष्टमेन्ट मानिन्छ । त्यसमा कुनै पूँजीगत लाभकर लाग्दैन तर यहाँ १० बर्ष भन्दा पुरानो र र एक बर्षकोलाई पनि पूँजीगत कर लगाइछ । यो सरासर गलत हो । समाजसेवी खेतानले थप्नुभये बैंकहरुको व्याजदरका सम्बन्धमा समेत अन्यौलता छ । राष्ट्र बैंकको छाता ओढेर बैंकहरु उद्योगी व्यापारीहरुलाई शोषण गर्छन् । डिपोजिटको रेट घटाउने ऋणको व्याज बढउने गरिरहेक छन् । हउाले अगाडि भन्नुभयो सरकरक नीतिहरु धेरै ठाउँमा अव्यवहारिक छन् । आफू सञ्चालनमा रहकेो कुनै कम्पनीको नामबाट शेयर खरिद गरिएको छ । पाविवारिक कारणले अंशबण्डा गर्नुपर्ने भयो भनेत्यसलाई बिक्री सरह मानेर सबै पकारका कर लगाइन्त । जबकी आफ्ेनो सम्पत्ति आफनालार्य बाँड्न पाउनुपर्ने होइन ? तर त्यसो गरिदैन । उहँले थप्नुभयो अहिले सरकरले विदेशी कम्पनीहरुलार्य आकर्षित गर्ने नीति लिएको छ जुन सकारात्मक कुरा हो । तर विदेशी लगनी भित्र्याउदा तयसको परिणाम प्रयोजनलाई राम्ररी बुझ्नुपर्छ । पूर्वाधार विकास, जलविद्युत,दुर्गम क्षेत्रमा पर्यन प्रवद्र्धनमा स्वदेशीले नै लगानी गर्न सक्ने अवस्थामा विदेशीलाई दिनु उपयुक्त नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
मोरङ्ग व्यापार संघका अध्यक्ष पवनकुमार शारढाको अध्यक्षतामा सम्पन्न उक्त स्वागत तथा सम्मान कार्यक्रममा मोरङ्गका पभावशाली युव नेता अमृत अर्याल, उद्योगी नविन रिजाल, सीताराम अग्रवाल, नन्दकिशोर राठी लगायत चार दर्जन भन्दा बढीको उपथिति रहेको थियो ।

तपाईको प्रतिक्रिया