स्वादिष्ट थकाली खाना सबैको रोजाई
थकाली खाना भनेपछि व्यस्त जीवनशैली भएका सहरीया ग्राहकहरुको पहिलो
रोजाइमा पर्ने गरेको छ ।
एक महिना अगाडि मात्र सञ्चालनमा आएको थकाली खाना ग्राहकहरुले अत्यन्त्यै मन पराइदिनु भएको स्टोरका सञ्चालक बलराम आचार्य बताउनुुहुन्छ । स्टोरले हाल सञ्चालनमा आएका आफ्ना चारवटै शाखाबाट थकाली खाना आफ्ना ग्राहकहरुलाई पस्कन थालेको छ । थकाली खानाको स्वाद लिन ग्राहकहरु दैनिक दुईसय भन्दा बढीको संख्यमा स–परिवार सहित गोरखा किचनमा पुग्न थालेका छन् । गोरखामा पाइने थकाली खाना राजधानीका थकाली होलहरुको भन्दा स्वादिलो हुने गरेको काठमाण्डौ न्युरोडका दिवस लोहनी बताउनुहुन्छ । काम विशेषले इटहरी आउनु भएका लोहनी आइतबार
गोरखा किचनमा थकाली खानाकै स्वाद लिँदै हुनुहुन्थ्यो ।
गोरखामा थकाली खानाको बारेमा जस्तो सुनेको थिए –वास्तवमै असाध्यै स्वादिष्ट पाएँ । मुस्ताङ्गबाट मगाइएको दाल, मुस्ताङ्गकै टिम्बुर, मुस्ताङ्गबाटै मगाइएको फापरको पीठोको ढिँडो, कोदोको पिठोको ढिँडोका लागि अत्याधिक ग्राहकहरु पुग्ने गरेका छन् । थकाली खानासँगै अकबरे खोर्सानी, चार–पाँच प्रकारका अचार, सागसब्जी, गुन्द्रुक भटमास मिसाएर बनाइएको झोल, गोरखा डेरीबाट उत्पादित सुद्ध गाई भैँसीको घ्यु, दही, मोही समेत ग्राहकहरुलाई उपलब्ध गराइन्छ । थकाली खाना अन्यत्रको भन्दा सस्तो समेत
रहेको छ । सञ्चालक आचार्य भन्नुहुन्छ सादा थकाली खनाको रु २ सय २०, चिकेनसँग रु २ सय ५०, मटन र लोकलकुखुराको मासुसँग रु ३ सय कायम गरिएको छ । चीसो ठाउँमा उत्पादन भएको ढिकीमा कुटेको चामल, जातोमा पसिएकोे र्णालीइको गेडागुडीको दाल, मुस्ताङ्गी दालले थकाली खानालाई थप स्वादिष्ट बनाएको छ । खानाको स्वादसँगै वेटरहरुबाट ग्राहकहरुप्रति गरिने आतिथ्य सत्कार, रमणीय वातावरण अत्यतै सफा, स्मोकिङ्ग जोनको छुट्टै व्यवस्थाले थकाली खानाका पारखीहरुलाई थप लोभ्याएको छ ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
दशैै नकिजिएसंगै कपडामा भीड
इटहरी÷गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा शनिवार स–परिवार भेटिएकी धनकुटा पाख्रीबासकी सदिक्षा नेपाल जेब्रा क्रसिक व्यागमा ज्याकेट, स्विटर लगायतका न्याना कपडा मिलाएर राख्दै थिइन् । उनीसँगै आएका परिवारका अन्य सदस्य उनलाई सहयोग गरिरहेका थिए ।
त्यतिविघ्न कपडा खरिद गरेको देखेपछि यो पंक्तिकारलाई नसोधी चित्तै बुझेन । यतिका कपडा प्रयोगकै लागि खरिद गर्नुभएको हो या विक्रीको लागि ? प्रत्युत्तरमा उनले मुस्कुराउदै भनिन् आÏनै परिवारका लागि हो । शनिवार श्रीमानको समेत विदा भएकोले आफूलाई चाहिने आवश्यक सरसमान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टेरमा न्याना कपडा खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ ।
यसपटक जाडो केही ढिलो शुरु भएकोले मंसिर पौषमा न्याना कपडा
खरिद गर्नेहरुको खासै भीड थिएन । तर केही दिन यता एक्कासी जाडो बढ्न थालेपछि न्याना कपडा खरिद गर्नेहरुको भीड बढेको गोरखा डिपार्टमेन्ट स्टोरका सुपर भाइजर खेम खत्रीको कथन छ । स्वदेशी तथा विदेशी ब्राण्डका आफूले चाहे बमोजिम रेडिमेट स्विटर, कोट, ज्याकेट, मोजा, टोपी लगायतका न्याना कपडाहरुका लागि नेपालबाट मात्र नभएर भारतका विभिन्न स्थानबाट समेत ग्राहकहरु आएको सपुरभाइजर खत्रीले भन्नुभयो । यसका अलवा डिपर्टमेन्ट स्टोरको पाँचौ तलामा समेत ग्राहकहरुको उस्तै भीड देखिन्छ । भर्खरै जन्मिएका बच्चादेखि १४ बर्ष उमेर समुहका नानीहरुका लगि चाहिने सम्पूर्ण कपडाहरु उक्त तलामा रहेकोले अभिभावकहरु उक्त तलामा भीड हुने गरेको छ । स्वदेशीँसगै खासगरी सिंगापुर, थाइल्याण्ड, हङकङ लगायतका मुलुकबाट आयात गरिएका नानीहरुको अत्यन्तै न्यानो र भुवादार कपडमा अभिभावहरु आकर्षित हुने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोरमा अब छुट्टै सस्तो बजार सञ्चालन
इटहरी÷सामान्य आय भएका आफ्ना ग्राकहहरुलाई सेवा दिने उद्देश्यले पूर्वाञ्चलकै ब्राण्डेड गोरखा डिपार्टमेन्ट स्टोरले छुट्टै सस्तो बजार सञ्चालनमा ल्याएको छ ।
इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरको अण्डर ग्राउण्डलाई स्टोरले सस्तो बजार स्थल बनाएको छ । प्रारम्भमा अन्डरग्राउन्डमा ताजा सागसब्जी, फलफूल विक्री केन्द्रको रुपमा सञ्चालनमा ल्याइएको स्टोरले त्यसपछि च्याउ खेतिको रुमासमेत विकसित गरेको थियो । आज सोही अन्डरग्राउन्ड स्थललाइ सस्तो बजारको रुपमा सञ्चालनमा ल्याएसँगै सामान्य आय भएका ग्राहकहरुको भीड बढ्न थालेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुुन्छ, सस्तो बजार हामीले सामान्य आय आर्जन भएका ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएका हौं । डिपार्टमेन्ट स्टोर भन्नासाथ सम्भ्रान्त परिवारमात्रको पहुँच हुन्छ भन्ने मान्यतालाई चिर्न समेत यस प्रकारको बजार सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । गोरखा डिपार्टमेन्ट स्टोरका हरेक सामान बाहिरी बजारको भन्दा सस्तो, ब्राण्डेट र ग्यारेन्टेड हुन्छन नै त्यसमाथि फिक्स मूल्य भएकोले बार्गेनिङ्गको कुनै झन्झटै हुँदैन । हाल सञ्चालनमा आएको सस्तो बजारमा लत्ता कपडा, जुत्ता चप्पल, घरायसी भाँडाकुँडा, ब्लांककेट लगायतका दर्जनौ सामानहरु राखिएका छन् ।
इहरीमा पहिला पाइडवाला रिक्सा चलाउने हाल सिटी सफारी चलाउँदै आएका पकलीका तेज नारायण चौधरी सस्तो बजारले आफूहलाई सहजभएको बताउँछन् । अन्डर ग्राउन्डको सस्तो बजारमा भेटिएका उनले भने मैले भाँडाकुँडा किने । उनले आफूले खरिद गरेको सामान देखाउँदै भने यति नै सामान बाहिर खरिद गर्दा निकै महँगो पथ्र्यो , हुन त सस्तो बजारमा सामान्य आय आर्जन भएका ग्राहकहरु मात्र नभएर राम्रो आर्थिक अवस्था भएका ग्राहकहरु समेत पुग्ने गरेका छन् । सुन्दर दुलारी नगरपालिका वड नं. ५ की यसोदा अधिकारी सस्तो बजारमा कपडा छान्दै थिइन् । पेशाले शिक्षिका र श्रीमान वैदेशिक रोजगारमा भएको अधिकारीको आर्थिक अवस्था राम्रो छ । तर पनि उनी सस्तो बजारमै खरिद गर्न व्यस्त थिइन् । अहिलेका हरेक ग्राहकहरु सस्तो तर राम्रो सामानकै खोजीमा हुने गरेको प्रष्ट हुन्छ ।

