बंगलादेश राजदूतावासको सहयोगमा स्वास्थ्य शिविर

धरान÷बाढीपीडितको समस्यालाई लक्षित गरी वंगलादेश राजदुतावासको सहयोगमा एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न गरिएको छ ।
गत शनिवार भोक्राहा गाउ पालिकाका बृद्ध, बालबालिकामा देखिएका समस्या तथा उक्त रक्तचाप, मधुमेहका करिब १ सय विरामीहरु यस शिविरबाट लाभान्वित भएका थिए ।
शिविरमा काठमाण्डौस्थित बंगलादेश राजदुतावासले निःशुल्क औषधि र थप औषधि बंगलादेश फ्रेन्डसीप सोसाइटी इन इष्टर्न नेपालले उपलब्ध गराएको थियो । शिविरमा नेपाल फर्मास्ुटिकलको लापेन शाखाले निःशुल्क मधुमेश विरामीहरुको रक्त परीक्षण गरेका थिए । उक्त शिविरको सञ्चालनमा सहयोग पु¥यउने बंगलादेश राजदुतावासका प्रथम चिव महबबुल हक स्वयम्े काठमाण्डैबाट आउनु भएको थियो । उहाका अनुसार बंगलादेश आफै बाढी पीडित भए नि केही सहयोग प्रदान गरी आफनो देशको सहानुभूति नेपाली जनताको साथमा रहेको बताउनुभएको थियो ।
शिविरमा स्वास्थ्य परिक्षण नेपाल वंगलादेश फ्रेन्डसिप सोसाइटीका अध्यक्ष डा. खालिद हुसैन हक, कोषाध्यक्ष डा. तपनकुमार तरफदर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विभागका चिकित्सकहरु डा. शवेताक सिंह, डा. अविनाश सिह र डा. नविन झाले गर्नुभएको थियो भने नेपाल फर्मास्युटिकलक प्रतिनिधिहरु र धरन न्यू जानु फार्मेस्क मेडिकल स्टाफहरुले सक्रिय सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया