धरान÷ नेपालदेखि चीनसम्म जोड्ने जोगबनी किमाथांकासम्मको ६ लेनको बाटो विस्तारका योजना धरानमा भने कहाबाट लाने भन्ने विषयमा विवाद चुलिएको छ
सडकको बीचबाट दुवै तर्फ २५÷२५ मिटर अर्थात ५० मिटरको बाटो निर्माण गर्ने विषयमा धरान ८ तीनकुनेदेखि सिधै धरान १ जीरो प्वान्ट निकाल्ने विषयमा यी क्षेत्रमा रहेका घरधनी, व्यापारी व्यवसायीले विरोध गरेका थिए । विरोधपश्चात सेउती खोला छेउबाट वाइपास सडक निर्माण गर्ने राष्टिूय योजना आयोगले योजनामै पारी ललितपुरमा रहेको मेदिना मे कन्टलटेन्सीले डिपिआर सर्वे गर्न धरान आएपछि भने यो विवाद अझ चुलिएको हो ।
धरान ८ सेउतीको पुलबाट सिधै सेउती किनारबाट लाने विषयमा डिपिआर शुरु गर्न धरान आएपछि आफूहरुलाई थाहै नदिई यत्रो योजना आउन लागेको भन्दै उनीहरुले आज सर्वजनिक स्थानमा पत्रकार सम्मेलको आयोजना गरी विरोध जनाएका थिए । अहिले ध्रान १५ सेउती खोला पश्चिम बसोबास गर्नेहरुले बस्ती संरक्षण समिति गठन गरी यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले यहाबाट सडक निर्माण गर्दा ५० मिटर भनेपनि सडकको मापदण्ड अनुसार ७२ मिटर छोड्नुपर्ने भएकोले यहाबाट सडक निर्माण गर्दा आध दर्जन सामुदायिक तथा नीजि विद्यालय, धरानका महत्वपूर्ण सामुदायिक वनहरु लगायतका थुप्रै ऐतिहासिक महत्व बोकेका भवनहरु भत्किने र २ हजार घर परिवार विस्थापित हुनुपर्ने अवस्था आउने उनीहरुले बताए । उनीहरुले आफूहरु विकासको विरोधी नभएको बताउदै वैकल्पिक सडकको खोजी गर्नुपर्नै संरक्षण समितिका अध्यक्ष अइन्द्र विक्रम बेघाले बताउनुभयो ।
धरानको मुख्य सडक १५ मिटरको मात्र रहेको छ । ५० मिटरको मापदण्ड भएपनि २०औ ३० औं बर्ष अगाडि बनाइएका यस्ता भवनहरु मापदण्ड विपरीत नक्सापास भइसकेका छन् । धरान उपमहानगरपालिकाले बढी क्षतिपूर्ति दिनुपर्ने व्यहोर्नुपर्ने भएकोले यस क्षेत्रबाट सडक निर्माण हुन लागेकोप्रति उनीहरु आन्दोलित बनेका हुन् ।

