धरानका हात्ति पिडितलाई राहत

धरान÷धरान उपमहानगरपालिका –६ स्थित पानवारीका हात्ती पिडितलाई धरान उप महानगरपालिकाले आइतबार राहत वितरण गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख
तारा सुब्बाले पानवारीका ६ घर
परिवारलाई राहत स्वरुप नगद वितरण गर्नुभएको हो । हात्ती पिडित ध्रुव कटुवाललाई ५ हजार नगद, जंगरानी लावती ९ हजार, अमृत वि.क.लाई ५ हजार, गोवर्धन कार्कीलाई ३ हजार, जीमन भुजेल र सनम मगरलाई १५÷१५ सय वितरण गरिएको हो ।
एक महिना अघि जंगलबाट आएका हात्तीले घर भत्काएको थियो । हात्ति पिडितहरुको क्षतिको विवरण वडा कार्यालय मार्फत संकलन गरेर राहत वितरण गरिएको हो । अहिलेपनि हात्तिले बेला बेलामा दुख दिने गरेकाले यसको दिर्घकालिन उपाय खोज्नु पर्ने वडा नम्बर ६ का अध्यक्ष भुवनसिंह बस्नेतले बताउनुभयो ।
अहिलेसम्म पानवारीमा हात्ती आक्रमणले गर्दा ७ जनाको ज्यान गईसकेको छ । पानवारी अति हात्ति प्रभावित क्षेत समेत मानिदै आएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया