बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियारका कारण प्रतिष्ठान धरासायी बन्दै उच्च तहका नेता देखि अख्तियारसम्म सेटि· ः कर्मचारी कल्याण समाजद्वारा आन्दोलनको घोषणा

धरान÷विगतमा आÏनै विभाग समेत सम्हाल्न नसकेका, राजनैतिक तहका केही उच्च नेतृत्व र सम्बन्धित मन्त्रालयका मन्त्रीलाई ६ महिना अगाडि करोर्डौ रुपैया मुख बुझो लगाएर यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न सफल प्रा.डा. राजकुमार रौनियारका कारण प्रतिष्ठान लथालिंग मात्र बनेको छैन उपचार, अनुसन्धान, अध्यापन सबै प्रभावित हुन थालेको छ ।
क्यान्सर र मुटुरोग भवनको ठेक्कामा ठेकेदारसँग कमिशनमा नेगोसिएनसन नहुँदा क्यान्सिल गर्ने तर कन्सल्टेन्सीलाई सात करोड भुक्तानी दिनु, एमआरआई मेसिन खरिद प्रकरणमा ६करोड घोटाला गर्न लागेको उजुरी पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले कागजात छापा मारी जफत गर्नु,
भारतीय विद्यार्थीका लागि छुट्याएको कोटा पूरा नहुँदा स्वतः नेपाली विद्यार्थीले अध्ययन गर्न पाउने विगतको परम्परालाई कुल्चेर आर्थिक प्रलोभनमा पुनः इन्ट्रान्स लिएको, अस्पताल निर्देशक नियुक्तिलाई तीन महिनासम्म गुपचुप राखेको, विशेषज्ञ चिकित्सकहरु पलायन हुँदै गएको लगायतका कारण प्रतिष्ठानको शाख समाप्त हुन लागेको ठहर गरी प्रतिष्ठानको वैध कर्मचारी कल्याण समाजले उपकुलपति रौनियारलाई तीनपटक ज्ञापनपत्र बुझाइसकेको छ ।
पछिल्लो पटक अर्थात भाद्र १६ गते बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, विधिवत रुपमा प्रतिष्ठानद्वारा आधिकारिक रुपमा मान्यता दिइएको कर्मचारी कल्याण समाजको आधिकाकारिता माथि नै प्रश्न उठाएर विभन्नि सञ्चारमाध्यममा कारबाही गर्ने धम्की दिँदै प्रकाशन गराउने र प्रकाशित धम्की सहितको समाचारलाई भिजिलान्तेहरु पं्रयोग गरी प्रतिष्ठानको विभिन्न स्थानहरुमा टास्न लगाएर उपकुलपति स्वयम् नै प्रतिष्ठानलाई द्वन्द्वतर्फ धकेल्न सक्रिय रहेको सबैमा अवगत भएकै छ । उपकुलति नियुक्ति भएको छोटो समयमै करोडौ भ्रष्टाचार गरेको समाचार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा पटक पटक प्रकाशन भएको र सम्मानित संसदमा समेत भ्रष्टाचार गरेको भनी कुरा उठेको सन्दर्भमा सत्य तथ्य के हो ? भनी प्रतिष्ठानको समाजले सोधी खोजी र चासो राख्न पाउने कि नपाउने ? असल नियतले सम्पूर्ण विधि प्रक्रिया पूरा गरेर खरिद
गरेको भए तथ्य प्रमाणसहित प्रष्ट्याउन किन आनाकानी
गरिरहेको छ । तोकिएको समयमा समाजद्वारा गठित छानविन समितिलाई एमआरआई खरिद र परामर्शदाता छनौट सम्बन्धी कागजात किन उपलब्ध गराइएन ?
विज्ञप्तीमा अगाडि भनिएको छ यति छोटो समयमा यसरी भ्रष्टाचार हुँदै जाने हो भने प्रतिष्ठानको प्रतिष्ठा र छविमा आँच आउने मात्र नभई प्रतिष्ठान आर्थिक रुपले धरासायी हुन महिना, बर्ष होइन केही हप्ता मात्र लाग्ने निश्चित छ । अवकाशपछि पाउने पेन्सन तथा उपदान आन्तरिक बढुवा र वृत्ति विकास त परै जाओस् नियमित तलब समेत नपाउने स्थिति सिर्जना हुने निश्चित छ । तत्पश्चात स्तरीय र प्रभावकारी स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा तथा अनुसन्धानका कार्यहरु गर्ने प्रतिष्ठानको उद्देश्यहरु कागजमा मात्र सीमित हुने निश्चित छ । प्रतिष्ठानको स्थापना कालदेखि कायम रहँदै आएको राष्ट्रिय अन्तर्राष्ट्रिय छविलाई तत्काल एक इन्च पनि ह्रास हुन नदिन र भविष्यमा अझ बढी उचाईमा लैजानु आवश्यक छ । यसैगरी श्रेणीविहीन कर्मचारीहरु हेल्पर, जुनियर फोरमेन, फोरमेन, हेल्थ एड तथा सहायक स्तरका कर्मचारीहरुमा सवारी चालक, अनमी, कार्पेन्टर, प्लम्बर, क्लर्क, प्रशासकीय सहायको पदोन्नति, पोसाक, भत्ता, जोखिम भत्ता, वृत्ति विकास, आवास, खानेपानी, विजुली सम्बन्धी मागहरु नियुक्ति भएको मितिदेखि नै पूरा गर्न लिखित मौखिक अनुरोध गर्दै आएको भएपनि पूरा गर्नेतर्फ कहिल्यै सम्वेदशील नभएको हुुँदा कर्मचारी र प्रतिष्ठानको हितको लागि आन्दोलनको विकल्प नरहेको जनाइएको छ । समाजले सोमबार प्रसासनिक कर्मचारी, २० गते नर्सिङ्ग कर्मचारी, आज २१ गते पारा मेडिक्स कर्मचारी, २२ गते शिक्षकहरुको पेशागत संगठनको सहयोग र समन्वयमा शिक्षकहरुसँग छलफल र अन्तरक्रिया समेत गर्ने भएको छ । आफ्ना मागहरु २३ गतेसम्म पूरा नभए प्रतिष्ठानको सेवालाई असर नपर्ने गरी कडा कदम चाल्न बाध्य हुने समेत जनाइएको छ ।
फिक्सचरको झोल आफै विक्री गर्ने
उपकुलति रौनियार प्रतिष्ठानको रेडियोलोजी विभाग प्रमुख छँदा
एक्सरेमा प्रयोग हुने झोल फिक्सर आफैले बेच्ने गरेको चिकित्सकहरु बताउँछन् । दुई बर्ष अगाडि सम्म एक्सरेको लागि डेभलपर र फिक्सर प्रयोग गरिन्थ्यो । अहिले यो प्रविधिलाई डिजिटलले विस्थापित गरिसकेको छ । उपकुलपति रौनियार २५–५० हजारमा त्यो झोल विक्री गर्थे । जसबाट चाँदी निस्कन्थ्यो । जबकि त्यो सामान प्रतिष्ठानको स्टोरमा जम्मा गर्नुपर्ने हन्थ्योे । कतिपय सामान उनी आफै मगाएर प्रतिष्ठानबाट भुक्तानी लिन्थे । प्रक्रियागत ढंगले आवश्यक सामान स्टोरबाट मगाउन त्यसबेला स्टोर इन्चार्ज रहेका सागर ताम्राकारले आग्रह गर्दा दुवै बीचमा भनाभन समेत भएको थियो । यतिमात्र होइन सिटीस्कयान लगायतका आवश्यक सामान खरिद गर्दा त्यसमा प्याक भएर आएको काठ समेत उपकुलपति रौनियार दुहवी घर पु¥याउथे रेडियोलोजीका एक कर्मचरीले बताए । उनले भने त्यति सानो सानो काममा समेत पैसा खानेले प्रतिष्ठान कसरी चलाउँछन् । उनले भने उपकुलपति रौनियारले ओपिडीमा गएर कहिल्यै विरामी
हेरेनन् तर अतिरिक्त आम्दानी हुने पेइङ्गमा आँखा कम देख्ने भएकोले अरुबाट काम
गराएर रकम असुल्थे ।
ती कर्मचारीले भने डा. रौनियारले आफ्नो डिपार्टमेन्टमा कहिल्यै राम्रा चिकित्सकलाई टिक्न दिएनन् । डा. उमेश शर्मा, डा. तिवारी, डा. कञ्चन सबैलाई तंग गरेर विस्थापित गराए । प्रंतिष्ठानका अर्का एक चिकित्सकले भने डा. अरुण गुप्तालाई आफैले ल्याए तर पछि आफूले भनेको नमानेको भन्दै तंग गरे । जसका कारण डा. गुप्ताले औषधि नै खानु परेको थियो । हाल उनी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठको पहलमा कोरियामा अध्ययन गर्दैछन् ।
रौनियारको सबैभन्दा ठूलो कमजोरी भनेको आफू काम गर्न नसक्ने अनि अरुको इष्र्या गर्ने हो । आफू अक्षम हुने अनि अरुलाई दोष दिन मिल्दैन उनले भने ।
पूर्व उपकुलपतिको अपमान
प्रतिष्ठानका पूर्व उपकुलपति एवम हाल फर्माक्लोजी विभागका प्रमुख प्रा.डा. बलभद्रप्रसाद दाशको उपकुलपति
रौनियारले अपमान गरेको चिकित्सक एवम् कर्मचारीहरु बताउँछन् । दाशले आÏनो कार्यकालमा मातृ शिशु अस्पताल निर्माणका लागि सिनेटबाट निर्णय
गराई अर्थमन्त्रालयबाट पहिलो चरणमा ७६ करोड निकासा गराएका थिए । सुविधा सम्पन्न गेष्ट हाउस, अंकुर र क्याथ हस्पिटल, एकाडेमिक भवन निर्माणमा स्रोत खोजेका थिए । गेष्ट हाउस र एकाडेमिक भवन जुन भारतीय राजदुतावासको सहयोगमा निर्माण सम्पन्न भएको छ । आफूले धेरै दुःख गरेर प्रतिष्ठानलाई यो अवस्थामा ल्याइपु¥याएको बताउने दाशको कार्यकक्षमा यो प्रतिनिधि पुग्दा असहज महसुस गर्नुप¥यो । कर्मचारीको कार्यकक्षमा एसी लगायतका उपकरणहरु जडान गरिएका छन् तर पूर्व उपकुलपति एवम् फर्माक्लोजी विभागका प्रमुखको कार्यकक्षमा एउटा फोन र एक थान कम्प्युटर भन्दा अरु कुनै सामाग्री थिएन । तपाईले उपकुलपति रौनियारलाई सहयोग गर्नु भएन भन्ने रौनियारको गुनासो छ नि भन्दा उहाँले भन्नुभयो, मसँग कुनै सहयोग र सल्लाह मागेकै छैन । म यहाँबाट गइदियोस् भन्ने मात्र उनको इन्टेसन देखिन्छ । सल्लाह र सहयोग माग्दा नदिने कुरै भएन । प्रतिष्ठान सबै मिलेर जोगाउनुपर्छ, पूर्वाधारहरु थप्दै जानुपर्छ । । विगतमा तलब खुवाउन नसक्ने अवस्थामा पुगेको प्रतिष्ठानलाई यो अवस्थामा ल्याउन मैले धेरै मेहनत गरेको छु, धेरै मन्त्री
र नेताहरुको खुट्टा समातेको छु ।
डिफिनेट्ली देखिने र सुनिने गरी
कारबाही हुन्छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका पूर्व क्षेत्रीय आयुक्त प्रेमप्रसाद भट्टराई भन्नुहुन्छ एमआरआई १.५ टेस्ला मेसिन खरिद गर्न उपकुलति रौनियारले जुन प्रक्रिया र मूल्य निर्धारण गरे त्यो नै त्रुटीपूर्ण छ । साउन दोस्रो हप्ता टेस्ला मेसिन सम्बन्धी प्रकरणको कागजात अख्तियारले छापा मारेर अनुसन्धानको लागि केन्द्रीय कार्यालय पठाएको छ । उक्त प्रकरणलाई सामसुम बनाउन व्यापारीदेखि राजनैतिक दलका उच्च नेताहरु समेत लागेको स्रोतले जानकारी दिएको छ । यसै सम्बन्धमा अख्तियारका पूर्व क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराई भन्नुहुन्छ, एमआरआइ प्रकरणमा रौनियारमाथि डिफिनेट्ली कारबाही हुन्छ र त्यो सुनिने र देखिने गरी हुन्छ । यसमा मात्र हैन अख्तियारले यतिबेला प्रतिष्ठानका अन्य गतिविधिमाथि पनि अनुसन्धान गरिरहेको छ खासगरी आर्थिक क्षेत्रसँग सम्बन्धित । यसै सम्बन्धमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका स्वास्थ्य महाशखा हेर्ने जानकी वल्लभ अधिकारीसँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन । यसै सम्बन्धमा धरानका एक व्यसायी भन्छन् ठूलाका लागि अख्तियार केही होइन । यो त साना कर्मचारीलाई फन्दामा पोर्न र ठूलालाई जोगाउने निकाय मात्र हो ।
विरामीको संख्या घट्न थाल्यो
नन् प्राक्टिसिङ्ग मेडिकल कलेजको रुपमा रहेको प्रतिष्ठानको मुख्य आम्दानीको स्रोत विरामीको उपचारवापत प्राप्त हुने शुल्क नै हो । तर विगत केही समय यता प्रतिष्ठानमा विरामीको चाप ह्वात्तै घटेको छ । यसको प्रमुख कारण उपकुलपति रौनियारको व्यवस्थापकीय कमजोरी नै हो एक चिकित्सकले आÏनो नाम उल्लेख नगर्ने शर्तमा बताए । राम्रा चिकित्सकहरुलाई प्रतिष्ठानमा ल्याउन नसक्नु र भएका चिकित्सकलाई टिकाउन नसक्नु नै विरामी घट्दै जानुको प्रमुख कारण हो । दैनिक २ हजारदेखि २ हजार ५ सयको संख्यामा आउने विरामीहरु हाल १५–१६ सयमा झरेका छन् ती चिकित्सकले भने । प्रतिष्ठानमा आउने विरामी यतिबेला विराटनगरको नोबेल, विराट मेडिकल कलेज र विभिन्न नर्सिङ्ग होमहरुमा पुग्ने गरेका छन् ।
त्र

तपाईको प्रतिक्रिया