धरान÷निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई पहिलो र भुगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरेपछि अन्योल सिर्जना भएको छ ।
क्षेत्र निर्धारण गर्दा आयोगले ९० प्रतिशत जनसंख्या र १० प्रतिशतलाई भुगोल आधार मानेको छ । संविधान अनुसार प्रतिनिधिसभाका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गरेको छ ।
आयोगले सुनसरीमा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि ८ क्षेत्र निर्धारण गरेको छ । प्रतिनिसभाका लागि धरान उपमहानगरपालिकाका २० वटै वडा, रामधुनी नगरपालिकाका वडा न. ६, ७, बराह नगरपालिकाका १, २, ३, ४ र ५ नं. वडालाई गाभेर १ नं. क्षेत्र बनाएको छ । उता प्रदेश सभाका लागि १ नं.मा धरान उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ र २ नं. क्षेत्रमा धरान उपमहानगरपालिकाका वडा नं. ११, १६, १७, १८ र २०, बराह क्षेत्र नगरपालिकाको वडा नं. १, २,३, ४, ५ र रामधुनी नगरपालिकाको ६ र ७ लाई गाभेको छ ।
यसैगरी प्रतिनिधि सभाको २ नं. क्षेत्रमा रामधुनी नगरपालिकाको वडा नं. १, २, ३, ५, ८, ९, इटहरी उपमहानगरापलिकाको वडा नं. १, २,३,४,५,१६, १७, १८, १९, २०, इनरुवा नगरपालिकाको वडा नं. १, २, ५,६, ९, १०, हरिनगरा गाउपालिकाको वडा नं. ३ र देवानगञ्ज गाउपालिकाको सबै वडा गाभेको छ । २ नं. क्षेत्रमा २ वटा प्रदेश सभा रहेका छन् । १ नं. प्रदेशसभामा इटहरी उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, १६, १७, १८ १९, २० र रामधुनी नगरपालिकाको वडा नं. ३ र ५ गाभेको छ भने २ नं. मा रामधुनी नगरपालिकाको वडा नं. १, २, ८ र ९, इनरुवा नगरपालिकाको वडा नं. १, २, ५, ६, ९, १०, हरिनगराका गाउपालिकाको वडा नं. ३ र देवानगञ्ज गाउपालिकाको सबै वडालाई गाभेको छ ।
उता ३ नंं. प्रतिनिधिसभाका लागि इटहरी उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, इनरुवा नगरपालिकाको वडा नं. ७, गढी गाउपालिका, दुहवी नगरपालिका र बर्जु गाउँ पालिकाका सबै वडा रहेका छन् । यसैगरी ३ नं. क्षेत्रमा प्रदेश सभाका लागि १ नं.मा इटहरी उपमहानगरपालिकाका वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, गढी गाउपालिकाको वडा नं. १, दुहवी नगरपालिकाको वडा नं. २, ३, ४, ८, ९ र इनरुवा नगरपालिकाको वडा नं. ७ रहेको छ भने २ नं.मा गढी गाउँपालिकाको वडा नं. २, ३, ४, ५, ६, बर्जु गाउँपालिकाको सबै वडा, दुहवी नगरपालिकाको वडा नं. १, ५, ६, ७, १०, ११ र १२ राखिएको
छ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. ४ मा रामधुनी नगरपालिकाको वडा नं. २, बराह क्षेत्र नगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, इनरुवा नगरपालिकाको वडा नं. ३, ४, ८, भोक्राहा गाउपालिका, कोशी गाउँपालिका,हरिनगरा गाउपालिकाको वडा नं. १, २, ४, ५, ६ र ७ वडा रहेका छन् । प्रदेश सभामा भने १ नं.मा बराह क्षेत्र वडा नं. ६, ७, ८, ९, १०, ११, रामधुनी नगरपालिकाको वडा नं ४,कोशी गाउँपालिकाको सबै वडा र २ नं. हरिनगरा गाउपालिकाका वडा नं. १, २, ४, ५, ६, ७, भोक्राहा गाउपालिकाको सबै वडा र इनरुवा नगरपालिकाको वडा नं. ३, ४, ८ गाँभेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीमा ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेश सभाको निर्वाचन आगामी मंसिर २१ गते हुने भएको छ ।
त्र

