धरान÷विगत केही समय यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम
राजनैतिका कारण प्रतिष्ठान अस्तव्यस्त भएको भन्दै धरान एकता समाजले राजनीति गर्ने कर्मचारीलाई कारबाही गर्न माग गर्दै सोमबार एक ज्ञापनपत्र बुझाएका छन् ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ प्रतिष्ठानमा कार्यरत केही कर्मचारी पूर्णकालीन रुपमा पार्टीका लागेको, प्रतिष्ठानलाई बदनाम गराएकोले त्यस्ता कर्मचारीलाई कारबाही गर्न माग गरिएको छ । समाजका अध्यक्ष सन्नी श्रेष्ठ र
संरक्षक सन्दिप श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, प्रतिष्ठानमा जागिर खाने तर पार्टीको सचिव, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि भएर काम गर्नेलाई कारबाही नगरे उपकुलपति रौनियारलाई अक्षम घोषणा गर्ने चेतावनी समेत दिइएको छ । ज्ञापनपत्र बुझाउँदा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, कुल सचिव तुलबहादुर श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो । समाजको ज्ञापनपत्र बुझ्दै उपकुलपति
रौनियारले भने म प्रतिष्ठानको हित विपरीत गतिविधि गर्नेलाइ
कारबाही गर्छु । उनले प्रतिष्ठान सबैको सम्पत्ति भएको र यहाँ
राजनीति गर्नेलाई छुट दिन सकिदैन । गुणस्तरीय स्वास्थ्य सेवा, मुलुकका लागि चाहिने आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन, खोज तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने
कुरामा उनले जोड दिएका थिए ।

