दलका नेताहरुका कारण मुलुक अन्धकारतर्फ उन्मुख

जबसम्म कुनै पनि देशका नागरिकहरुले त्यस देशका दलाल र भ्रष्ट नेताहरुको पक्षपोषण गरिरहन्छन् तबसम्म त्यो देश अन्धकारतर्फ उन्मुख भइरहन्छ । यतिबेला नेपालको वस्तुस्थिति यथार्थ यस्तै देखिएको छ ।
मुलुकमा हरेक क्षेत्र यतिबेला दलाल र भ्रष्ट नेताहरुकै चंगुलमा जकडिएको छ । यिनका हाली मुहालीले ती क्षेत्रहरु तंग्रिनै नसक्ने अवस्थामा पुगेका छन् । यसको पछिल्लो उदाहरणका रुपमा काठमाण्डौ नेशनल मेडिकल कलेजलाई लिन सकिन्छ ।
सन्त चिकित्सक प्रा.डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्र सुधारका लागि एघारौ पटक आमरण अनसन बसिसक्नु भएको छ । पटक पटक दलाल र भ्रष्टका मतियार सरकार केसीसँग सम्झौता गर्छ र सम्झोताको मसी सुक्न नपाउँदै उल्लंघन गर्छ । यो भन्दा
अराजक संसारमा कहीँ पनि हुँदैन । सन्त चिकित्सक केसी अनसन बसेकै अवस्थामा प्रमुख दलका शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अयक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीको निदेशनमा कुनै पूवर्धारै नभएको पूर्वाधारविहीन विवादास्पद काठमाण्डौ नेशनल मेडिक कलेजलाई त्रिभुवन विश्व विद्यालयका भ्रष्ट उपकुलपति तीर्थ खनियाँ लगायतका पदाधिकारीले रातारात सम्बन्धन दिएर गुपचुप राखे ।
बदनियतले गरेको कुनै पनि कामलाई धेरै दिनसम्म ढाकछोप गर्न सकिदैन । अहिले काठमाण्डौ नेशनल मेडिकल कलेजको हकमा यही भएको छ । नेपाली जनताको स्वास्थ्यमा गम्भीर खेलवार्ड गरी रातारात करोडौ आर्जन गर्ने वर्तमान शासक र
राजनैतिक दलहरुको कालो कर्तुत त्यसबेला उजागर भयो विवादास्पद निर्णयमा हस्ताक्षर कर्ताहरुमध्येका एक टियुका पदाधिकारीले त्यसको रहस्य खोलिदिए । उनले दलका नेताहरुले नै सम्बन्धन दिन निर्देशन र दबाब दिएको खुलासा गरिदिएका छन् । यो रहस्योद्घाटनपश्चात दलका नेता र सत्तासीनहरु कपडाले बेरियाएका नांगा भएका छन् । बारम्बारको दबाबपश्चात त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्का एक सदस्यले निर्णय लेख्नु भन्दा अगाडि प्रधानमन्त्री, शिक्षामन्त्रीलाई जानकारी समेत गराएका थिए । तर उनीहरुले नै त्यसलाई बाहिर ल्याइ नहाल्नु भनेपछि काठमाण्डौ नेशनल मेडिकल कलेजलाई आम नेपालीको आँखामा छारो हाली चोरबाटोबाट रातारात सम्बन्धन दिइयो ।
दलका नेता र सरकार प्रमुखले नै सन्त चिकित्सक प्रा.डा. केसीको अनसन जारी भएकोले कार्यकारी परिषद्को निर्णय गोप्य राख्न समेत भनेका थिए । अपार्टमेन्ट अर्थात होटलको लागि निर्माण भएको घरलाई मेडिकल कलेजको सम्बन्धन दिएपछि त्यसलाई तीन साता सम्म गोप्य राखियो । सरकार र राजनैतिक दलका नेताहरुले सही र नियतबस त्यो काम गरेका थिए भने निर्णयलाई तीन हप्तसम्म गोप्य राख्नुपर्ने थिएन । त्सैबाट थाहा हुन्छ नेनशल मेडिकल कलेजलाई जुन सम्बन्ध दिइयो त्यसले नेपालका मेडिकल माफियाहरु कति बलिया छन् । जसले सरकार, दलका नेता, त्रिभुवन विश्व विद्यालयका पदाधिकारी सबैलाई खरिद गर्ने ल्याकत राख्छ । सर्वोच्च अदालतको निर्णयको अपव्याख्या गर्दै त्रिविविले सम्बन्धत विक्री गरेको पुष्टि भएको छ । अनियमितता र भ्रष्टाचार रोक्ने र त्यसमा संलग्नहरुलाई कारबाही गर्ने दायित्व बोकेकाहरु नै खुलेआम त्यही धन्दामा सरिक भएपछि यहाँ भन्दा विडम्बना अरु के हुन सक्छ । यस्ता सासक नेताहरुबाट नेपाली जनताले आगामी दिनमा कस्तो अपेक्षा राख्ने ?

तपाईको प्रतिक्रिया