नेपालमा हालै तराई क्षेत्रमा भएको बाढी तथा डुबानको लागि भारतले सीमा क्षेत्रमा बनाएका बाँधलाई जिम्मेवार
ठहराइएको छ । बाढीले नेपालमा मात्र होइन भारतमा पनि असर गरेको छ । र, भारतमा चाहीँ उक्त बाढीको लागि मुसालाई जिम्मेवार ठहराइएको छ ।
भारतको बिहार राज्यका जल संसाधन मन्त्री राजीव रन्जनले राज्यमा आएको बाढीका लागि मुसा जिम्मेवार
रहेको बताएका हुन् ।
बिहारमा हालैको बाढीबाट ५ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् र एक करोड भन्दा धेरै मानिस विस्थापित भएका छन् । मन्त्री रन्जनका अनुसार बाढी रोक्नका लागि जो तढबन्ध बनाइएको थियो ती तटबन्धमा मुसाले भ्वाङ पारेका कारण तटबन्ध कमजोर बन्दा बाढीले क्षति पु¥याएको हो ।
तर जनताहरुले भने सरकारले सडक तथा अन्य संरचना बनाउँदा पानीको निकासलाई ध्यान नदिएका कारण बाढीको समस्या निम्तिएको बताउँछन् । स्मरण रहोस् बिहारमा कुनै समस्याका लागि मुसालाई जिम्मेवार मानिएको यो पहिलो घटना होइन । यहीँ वर्ष सरकारी अधिकारीहरुले जफत गरेको हजारौँ लिटर रक्सी एकाएक गायब हुनुमा पनि मुसाकै दोष देखाइएको थियो ।
प्रतिबन्धित रक्सी मुसाले नै पिएर रित्याएको दाबी अधिकारीहरुले गरेका थिए ।
