सेउती खोलाका कारण बकलौरीबासी बर्षौदेखि पीडित

सेउती र सर्दु खोलाले बर्षाद्को समयमा धरानका सुकुम्बासीलाई मात्र हैन धरानदेखि दक्षिण पश्चिममा पर्ने
रामधुनी नगरपालिकाको बक्लौरीका बासिन्दालाई समेत प्रभावित बनाउने
गरेको छ ।
धरानबाट १६÷१७ किमी दूरीमा पर्ने बक्लौरीमा खासगरी सर्दु खोलाबाट गएको बाढी सिधै बक्लौरीमा जाने भएकोले पनि बर्षेनी आएको बाढीमा त्यहाको उब्जनी योग्य जमिनमा क्षति पु¥याउने, लगाएको बाली नाली सखाप बनाउने गरेको छ । यस बर्ष े अविरल बर्षापछि आएको बाढीले बक्लौरीका सम्पूर्ण क्षेत्र डुबानमा पर्दा कृषकहरुले लगाएको बाली सखाप बनाएको छ । धरानमा फालिएको फोहर बगेर बक्लौरीमा पु¥याउदा बर्षेनी हैरानी खेप्नुपरेको त्यहाका कृषकहरु सर्दु खोलाबाट आएको बाढीले थप क्षति पु¥याउदा यस बर्ष मात्र १३ विगाहामा लगाएको धानबाली नष्ट भएको
स्थानीय अग्रज रामबहादुर खड्काले बताउनुभयो ।
धनबालीमात्र हैन सिजन अनुसार लगाइने तरकारी बाली समेत साउन २७ गते आएको बाढीले सखाप पारेको खड्काको भनाई छ ।
१३ विगाहमा लगाएको बाली नाली सखाप बनाउदा १५ सय घर परिवारको गुजारा गर्न नै मुस्किल पर्ने भएको छ । बालीनाली सखाप बनाएपछि रामधुनी गाउपालिकाका नव निर्वाचित प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतलाई
निरीक्षण गरी बाढीबाट जोगाउन दीर्घकालीन समस्या समाधान गर्न बारम्बार आग्रह गर्दा पनि अहिलेसम्म त्यस स्थानमा निरीक्षणका लागि समेत नआएको उहाको आरोप छ ।
विगतमा यस क्षेत्रमा करौडौ रुपैया बराबरको धानबाली उत्पादन हुने गर्दथ्यो भने सोही बराबरको तरकारी समेत उत्पादन हुने गर्दथ्यो । तर यस बर्ष भने बाली उब्जीन नहुने भएपछि यहाका सर्वसाधारणलाई गुजारा टार्न नै धौ धौ पर्ने भएका छ ।

तपाईको प्रतिक्रिया